Nepal BBC
Friday, November 13, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

रक्सी–रुपैयाँको राजनीति विरुद्ध अभियान चर्काउँदै उम्मेदवार साह

महेश सिंह by महेश सिंह
२०८२ फाल्गुन ७, बिहीबार १३:५३
रक्सी–रुपैयाँको राजनीति विरुद्ध अभियान चर्काउँदै उम्मेदवार साह

Loading

महेश सिंह, लहान सिरहा – सिरहा निर्वाचन क्षेत्र नम्बर–१ मा नेपालका लागि नेपाली पार्टीका उम्मेदवार राम कुमार साह ‘सनातनी’ले आफ्नो चुनावी अभियानलाई फरक शैलीमा अघि बढाइरहेका छन्। परम्परागत आमसभा र नाराभन्दा बढी उनी प्रत्यक्ष भेटघाट, सानो समूह संवाद र टोलस्तरीय अन्तरक्रियालाई प्राथमिकता दिँदै देखिएका छन्।

घरदैलोका क्रममा साहले केवल धार्मिक एजेन्डा मात्र होइन, स्थानीय विकास, रोजगारी र सुशासनका विषय पनि उठाउँदै आएका छन्। “राजनीति सेवाको माध्यम हो, व्यापारको होइन,” भन्ने सन्देश दिँदै उनले युवापुस्तालाई राजनीति प्रति सचेत र सक्रिय हुन आग्रह गरेका छन्।
उनले मतदातासँग खुला छलफल गर्दै शिक्षा, स्वास्थ्य, कृषि र साना व्यवसाय प्रवर्द्धनका विषयमा आफ्ना योजना प्रस्तुत गरेका छन्। विशेषगरी वैदेशिक रोजगारीका कारण गाउँ खाली हुँदै गएको अवस्थालाई रोक्न स्थानीय स्तरमै अवसर सिर्जना गर्नुपर्नेमा उनले जोड दिएका छन्।
युवा र पहिलोपटकका मतदाता लक्षित अभियान
साहको अभियानमा युवा स्वयंसेवकहरूको उल्लेख्य उपस्थिति देखिन्छ। सामाजिक सञ्जालमार्फत सन्देश प्रवाह, सानो–सानो छलफल कार्यक्रम र सांस्कृतिक भेला मार्फत उनले पहिलोपटक मतदान गर्ने मतदातालाई आकर्षित गर्ने प्रयास गरेका छन्।
उनी “रक्सी र पैसाको राजनीति अन्त्य गरौं” भन्ने नारासहित स्वच्छ निर्वाचनको पक्षमा उभिएका छन्। मतदातालाई विवेकपूर्ण निर्णय लिन आग्रह गर्दै उनले राजनीतिक संस्कार परिवर्तनको आवश्यकता औंल्याएका छन्।
पहिचान र स्थानीय नेतृत्वको सवाल
सिरहाको सितापुर क्षेत्रसहित विभिन्न बस्तीमा पुगेर साहले स्थानीय पहिचान, परम्परा र सांस्कृतिक मूल्य संरक्षणलाई विकाससँग जोडेर प्रस्तुत गरेका छन्। राष्ट्रिय मुद्दालाई स्थानीय आवश्यकता र जनजीवनसँग कसरी समन्वय गर्ने भन्ने प्रश्नमा उनले वैकल्पिक दृष्टिकोण राख्ने प्रयास गरेका छन्।

सिरहा–१ मा विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारबीच कडा प्रतिस्पर्धा भइरहेका बेला साहले ठूला शक्ति र परम्परागत संरचनालाई चुनौती दिने शैली अपनाएका छन्। सानो तर प्रतिबद्ध टोलीसहित उनी मतदातासँग सीधा सम्पर्क बढाउँदै छन्।
निर्वाचन नजिकिँदै जाँदा उनको फरक शैली र मुद्दामुखी प्रस्तुति मतदातामाझ कति प्रभाव पार्छ भन्ने चासो बढ्दै गएको छ। सिरहा–१ को चुनावी प्रतिस्पर्धामा यसपटक मतदाताको विवेक, मुद्दा र मूल्य–मान्यताको बहस केन्द्रीकृत बन्दै गएको देखिन्छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८३ जेष्ठ २१, बिहीबार २२:११
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८३ जेष्ठ २१, बिहीबार ११:४५
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८३ जेष्ठ १९, मंगलवार १६:४८
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८३ जेष्ठ १९, मंगलवार १५:१५
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८३ जेष्ठ १८, सोमबार १६:५८
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८३ जेष्ठ १८, सोमबार १५:५६
Next Post
लोटस युनिक एकेडेमीको पहलमा लोकतान्त्रिक चेतना अभिवृद्धि कार्यक्रम

लोटस युनिक एकेडेमीको पहलमा लोकतान्त्रिक चेतना अभिवृद्धि कार्यक्रम

लोकतन्त्र र विकासको नारासहित यादवको घरदैलो तीव्र, स्थानीयको व्यापक समर्थन

लोकतन्त्र र विकासको नारासहित यादवको घरदैलो तीव्र, स्थानीयको व्यापक समर्थन

वार्षिक खेलकुदले शिक्षा दीप विद्यालयमा थप्यो उत्साह र प्रतिस्पर्धात्मक ऊर्जा

वार्षिक खेलकुदले शिक्षा दीप विद्यालयमा थप्यो उत्साह र प्रतिस्पर्धात्मक ऊर्जा

Discussion about this post

ताजा समाचार

गरिबीले रोक्न पाएन बालबालिकाको पढाइ, वडा अध्यक्षले लिए उच्च शिक्षासम्मको जिम्मेवारी

गरिबीले रोक्न पाएन बालबालिकाको पढाइ, वडा अध्यक्षले लिए उच्च शिक्षासम्मको जिम्मेवारी

२०८३ कार्तिक २६, बिहीबार १४:२२
लहानमा विकास कुमार सारडाद्वारा ‘राधे राधे ज्वेलर्स’ सञ्चालनमा, उद्घाटनकै दिन ग्राहकको भीड

लहानमा विकास कुमार सारडाद्वारा ‘राधे राधे ज्वेलर्स’ सञ्चालनमा, उद्घाटनकै दिन ग्राहकको भीड

२०८३ कार्तिक १९, बिहीबार १४:१३
सामाजिक सेवामा सक्रिय डा. कासिन्द्र मेहरा विश्व हिन्दु परिषद् नेपालद्वारा सम्मानित

सामाजिक सेवामा सक्रिय डा. कासिन्द्र मेहरा विश्व हिन्दु परिषद् नेपालद्वारा सम्मानित

२०८३ कार्तिक १९, बिहीबार ९:०५
जसपा नेपाल मधेश प्रदेश समितिका नवनियुक्त सदस्यद्वारा शपथ ग्रहण, निर्वाचनमा राम्रो नतिजा ल्याउने दाबी

जसपा नेपाल मधेश प्रदेश समितिका नवनियुक्त सदस्यद्वारा शपथ ग्रहण, निर्वाचनमा राम्रो नतिजा ल्याउने दाबी

२०८३ कार्तिक १९, बिहीबार ८:१९
धार्मिक पर्यटन प्रवर्द्धनका लागि विश्व हिन्दू परिषद् नेपालको धार्मिक यात्रा,सलहेश फूलबारीमा टोलीलाई स्वागत

धार्मिक पर्यटन प्रवर्द्धनका लागि विश्व हिन्दू परिषद् नेपालको धार्मिक यात्रा,सलहेश फूलबारीमा टोलीलाई स्वागत

२०८३ कार्तिक १८, बुधबार ८:४०
सिरहामा कुशवाहा समुदायको शुभकामना आदानप्रदान, एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड

सिरहामा कुशवाहा समुदायको शुभकामना आदानप्रदान, एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड

२०८३ कार्तिक १८, बुधबार ७:४५
जेन्जीलाई तुरुन्तै जागिर, द्वन्द्वपीडितलाई न्याय र रोजगारी खोइ ?’ लहानमा संक्रमणकालीन न्यायबारे छलफल

जेन्जीलाई तुरुन्तै जागिर, द्वन्द्वपीडितलाई न्याय र रोजगारी खोइ ?’ लहानमा संक्रमणकालीन न्यायबारे छलफल

२०८३ कार्तिक १८, बुधबार ६:२१
लहानमा जय महाकाल युवा समूहको निःशुल्क भोजन वितरण महाअभियान सुरु

लहानमा जय महाकाल युवा समूहको निःशुल्क भोजन वितरण महाअभियान सुरु

२०८३ कार्तिक १०, मंगलवार २२:१०
ग्रामीण नागरिकको आँखाको उपचारमा पहुँच बढाउँदै बर्छवा सामुदायिक युवा मञ्च

ग्रामीण नागरिकको आँखाको उपचारमा पहुँच बढाउँदै बर्छवा सामुदायिक युवा मञ्च

२०८३ कार्तिक ९, सोमबार १३:१९

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.