![]()
महेश सिंह लहान सिरहा- मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण कुमार यादव तथा वडा अध्यक्ष राम प्रकाश महासेठको विशेष उपस्थितिमा मधेस प्रदेशमा परेको अत्यधिक जाडोको कठिन अवस्थालाई मध्यनजर गर्दै जाडो प्रभावित दलित तथा विपन्न परिवारलाई राहत सामग्री वितरण गरिएको छ।
नगर प्रमुख यादवको नेतृत्वमा सम्पन्न उक्त राहत वितरण कार्यक्रमअन्तर्गत बिनदा साहसहित अन्य १० घरधुरी विपन्न परिवारलाई खाद्य सामग्री र न्यानो कम्बल वितरण गरिएको हो। जाडोका कारण दैनिक जीवन कष्टकर बन्दै गएको अवस्थामा राहत सामग्रीले प्रभावित परिवारलाई तत्कालीन सहारा मिलेको छ।
राहत वितरणका क्रममा नगर प्रमुख यादवले प्राप्त विभिन्न सूचनाका आधारमा आवश्यकता अनुसार सहयोग गरिएको बताउँदै विपद् र संकटका समयमा स्थानीय सरकार नागरिकको साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले मानवता, सहकार्य र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि यस्ता राहत कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो।
स्थानीयवासीहरूले नगरपालिकाको यो पहलले जाडोबाट प्रभावित दलित समुदायलाई ठूलो राहत मिलेको प्रतिक्रिया दिएका छन्। कार्यक्रममा वडा तहका जनप्रतिनिधि तथा स्थानीय व्यक्तिहरूको समेत सहभागिता रहेको थियो।














Discussion about this post