Nepal BBC
Thursday, September 17, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहान-१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत लहान नगरपालिका–१५ मा र्‍याली र कोण सभा

महेश सिंह by महेश सिंह
२०८२ मंसिर १७, बुधबार ००:५९
लहान-१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत लहान नगरपालिका–१५ मा र्‍याली र कोण सभा

Loading

महेश सिंह लहान सिरहा – लहान नगरपालिका–१५ मा ‘लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान’ अन्तर्गत विभिन्न सरोकारवालाको संयुक्त सहभागितामा सोमबार जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। सगरमाथा माध्यमिक विद्यालय, संरक्षण परियोजना, SOS बाल ग्राम नेपाल र सामुदायिक वन उपभोक्ता महासंघ सिरहाको संयुक्त आयोजनामा राजदेवी मन्दिर प्रांगणबाट सुरु भएको र्‍याली महादेव चौक, विराटनगरमा कोण सभासहित सम्पन्न भएको हो।

लकार्यक्रम केयर नेपालको आर्थिक सहयोग, राष्ट्रिय कृषक समूह महासंघ नेपालको समन्वय र लहान नगरपालिकाको सहकार्यमा सम्पन्न गरिएको आयोजकले जानकारी दिएको छ। कार्यक्रममा अधिकारकर्मी, विद्यार्थी, स्थानीय महिला र हिंसा प्रभावित व्यक्तिहरूको उल्लेखनीय उपस्थिति थियो।

महासंघका दिलिप कुमार साह, सोभा कुमारी पासवान, बेदा अधिकारीलगायतको सहभागिता रहेको कार्यक्रमलाई सगरमाथा माविका प्रधानाध्यापक बलराम सिंह, हातीदह पर्यटक क्षेत्रका प्रबन्धक रुद्र नारायण चौधरी, सामुदायिक वन उपभोक्ता महासंघ सिरहाका अध्यक्ष चन्देश्वर साह तथा महिला अधिकारकर्मी रामकुमारी दासले सम्बोधन गरेका थिए।
कार्यक्रममा विद्यालयका विद्यार्थी तथा ग्रामीण महिलाहरूको समेत उत्साहजनक सहभागिता रहेको आयोजक समितिले बतायो।

मधेस प्रदेशमा मात्रै पछिल्लो वर्ष ५५६ वटा लैङ्गिक हिंसासम्बन्धी उजुरी दर्ता भएको तथ्यांक सार्वजनिक कार्यक्रममा प्रस्तुत गरिएको थियो। प्रदेशभरि सबैभन्दा बढी महिला हिंसाका घटना यसै क्षेत्रमा भएको वक्ताहरूले बताए।

सन १९८० दशकदेखि विभिन्न मुलुकमा महिला माथि हुने हिंसा विरुद्ध दिवसहरू मनाइँदै आएपनि १९९९ मा संयुक्त राष्ट्रसंघले आधिकारिक रूपमा अनुमोदन गरेपछि विश्वव्यापी रूपमा अभियान सुरु भएको हो। नेपालमा १९९८ देखि विभिन्न कार्यक्रम गर्दै मनाउन थालिएको यो अभियानलाई सरकारले २०७५ कार्तिक २९ गते मन्त्रिपरिषद्को निर्णयमार्फत प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म औपचारिक रूपमा मनाइने व्यवस्था गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि तेज नारायण चौधरीले लैङ्गिक हिंसा घरभित्रै लुकेर रहने समस्याको पहिचान गर्न नसकिएको बताए। “हिंसा आफैँलाई थाहै नभएर आफ्नै घरभित्रबाट सुरु हुन्छ। त्यसलाई चिर्न र समाजबाट उन्मूलन गर्न सामूहिक प्रयास आवश्यक छ,” उनले भने।

अभियानले लैङ्गिक समानता, न्यायमा पहुँच, समावेशी सहभागिता र सुरक्षित समाज निर्माणको सन्देश दिन सफल भएको आयोजकहरूले बताए।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ मंसिर १७, बुधबार ००:५९
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ मंसिर १७, बुधबार ००:५९
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ मंसिर १७, बुधबार ००:५९
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ मंसिर १७, बुधबार ००:५९
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ मंसिर १७, बुधबार ००:५९
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ मंसिर १७, बुधबार ००:५९
Next Post
लहानमा निजी विद्यालय स्तरिय क्रिकेट प्रतियोगितामा २८ विद्यालयको सहभागिता

लहानमा निजी विद्यालय स्तरिय क्रिकेट प्रतियोगितामा २८ विद्यालयको सहभागिता

पूर्वमन्त्री चौधरीको सहयोगमा खडक–३ बनरझुलामा अपाङ्ग, दलित–असहायलाई ब्लाङ्केट वितरण

पूर्वमन्त्री चौधरीको सहयोगमा खडक–३ बनरझुलामा अपाङ्ग, दलित–असहायलाई ब्लाङ्केट वितरण

जनमत पार्टी सिरहाले पवन कुमार यादवलाई जिल्ला सूचना प्रमुख नियुक्त

जनमत पार्टी सिरहाले पवन कुमार यादवलाई जिल्ला सूचना प्रमुख नियुक्त

Discussion about this post

ताजा समाचार

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०८२ मंसिर १७, बुधबार ००:५९
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८२ मंसिर १७, बुधबार ००:५९
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०८२ मंसिर १७, बुधबार ००:५९
मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०८२ मंसिर १७, बुधबार ००:५९
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०८२ मंसिर १७, बुधबार ००:५९
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

२०८२ मंसिर १७, बुधबार ००:५९
लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०८२ मंसिर १७, बुधबार ००:५९

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.