![]()
महेश सिंह लहान सिराहा- जनता समाजवादी पार्टी (जसपा) नेपालले संगठन विस्तार तथा आगामी निर्वाचनसम्बन्धी रणनीति तय गर्न लक्ष्मीपुर पतारी गाउँपालिका–३, हरिनगरमा प्रतिनिधिसभा क्षेत्र नम्बर–१ स्तरीय बैठक सम्पन्न गरेको छ।
२०८२ मंसिर ७ गते बसेको बैठकमा केन्द्रीय कार्यकारिणी सदस्य, केन्द्रीय सल्लाहकार समिति सदस्य, मधेस प्रदेश समिति, तथा प्रतिनिधिसभा–१ क्षेत्रअन्तर्गत पर्ने चारै पालिकाका अध्यक्ष र जिल्ला पदाधिकारीहरू सहभागी रहे।
बैठकले संगठन सुदृढीकरण तथा निर्वाचन तयारीलाई प्राथमिकतामा राख्दै २०८२ मंसिर १३ गते विशेष राजनीतिक कार्यक्रम गर्ने निर्णय सर्वसम्मत रूपमा पारित गरेको छ। उक्त कार्यक्रमको समन्वय जिम्मेवारी जसपा नेपालका केन्द्रीय सदस्य सत्यनारायण यादवलाई तोकिएको बैठकपछि जारी सूचनामा उल्लेख गरिएको छ।
जसपाका नेताहरूले स्थानीय संरचना–स्तरदेखि केन्द्रीय तहसम्म संगठनलाई प्रभावकारी बनाउन आवश्यक योजनाहरू अघि सारे। बैठकले क्षेत्रीय तहमा पार्टी संरचना विस्तार, सदस्य अभियान, संगठनात्मक मूल्यांकन र आगामी निर्वाचनका तयारीहरुलाई तीव्रता दिने निष्कर्ष निकालेको छ।
पार्टीका जिल्ला पदाधिकारीका अनुसार प्रतिनिधिसभा–१ मा संगठन विस्तारको गति तीव्र बनाउनु र स्थानीय नेतृत्वलाई सक्रिय भूमिकामा व्यवस्थित रूपमा उभ्याउनु अहिलेको मुख्य एजेन्डा रहेको छ।














Discussion about this post