![]()
महेश सिंह लहान सिरहा – जनमत पार्टी जिल्ला कार्य समितिले सिरहाले मधेस प्रदेशमा पूर्ण स्वायत्तता घोषणा गर्न, प्रदेशका प्रहरी र कर्मचारी पूर्ण रूपमा प्रदेश मातहत ल्याउन र संघीय हस्तक्षेप बन्द गर्न माग गर्दै सिरहामा विरोध प्रदर्शन गरेको छ।
प्रदर्शनकारीहरूले संघीय तहका CDO, SP फिर्ता बोलाउन, दमन र शोषण रोक्नुपर्ने र अधिकारको हनन नगर्नुपर्ने विषयमा जोड दिएका छन्। यसक्रममा पार्टीले डा. सीके राउत जीवित रहोस् भन्ने नारासहित पनि समर्थन जनाएका थिए।
जिल्ला कार्य समिति सिरहाले आयोजना गरेको विरोध प्रदर्शनमा सयौं समर्थकहरूको सहभागिता रहेको थियो। सहभागीहरूले प्रदेशको अधिकार सुनिश्चित गर्न र संघीय हस्तक्षेपविरुद्ध आवाज उठाउन ऐक्यबद्धता जनाएका छन्।
पार्टीका नेता अनुसार यो प्रदर्शन मधेस प्रदेशका जनताको स्वाभिमान र अधिकारको सुनिश्चितताका लागि भएको हो।














Discussion about this post