महेश सिंह लहान –जेनजी आन्दोलनमा सहादत प्राप्त गरेका महान् सहितहरूको १० औं दिनको पुण्यतिथिमा लहानस्थित पूर्व–पश्चिम राजमार्गमा मैनबत्ती प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरिएको छ।
आमा समूहका सदस्यहरूद्वारा आयोजित कार्यक्रममा सहभागीहरूले मृतक आत्माको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरेका थिए। उक्त अवसरमा आमा समूहले राज्यले निर्दोष आमाको कोख उजाड्नु ठूलो घात भएको उल्लेख गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई हत्यारा घोषित गर्दै न्यायको कठघरामा उभ्याउनुपर्ने माग गरेको थियो।
जानकी यादव, कविता जेसवाल, पुनम महतो, गीता साह, रेनु कर्ण, एलिना हिङ्गमाङ, यौनिक अल्पसंख्यक लक्ष्मेश्वर यादव, कृष्ण यादवलगायतले मैनबत्ती प्रज्वलन गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए।
Discussion about this post