महेश सिंह लहान –Gen Z आन्दोलनका क्रममा घाइते भएकाहरूलाई रगत अभाव नहोस् भन्ने उद्देश्यले लहान क्यान्सर केयर सेन्टरले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। नेपाल रेडक्रस सोसाइटी उपशाखाको समन्वयमा गरिएको सो कार्यक्रमसँगै वृक्षारोपण अभियान पनि सञ्चालन गरिएको छ।
कार्यक्रममा क्यान्सर केयरका अध्यक्ष अशोक अमात्यले अध्यक्षता गरेका थिए। उनले संकटको घडीमा समाजसँग प्रत्यक्ष जोडिएर जिम्मेवारी बहन गर्नु नै संस्थाको ध्येय रहेको बताए।
लहान क्यान्सर केयर सेन्टरले विगतदेखि नै क्यान्सर रोगीहरूलाई निःशुल्क सेवा दिँदै आएको छ। गरिब, विपन्न र उपचार खर्च धान्न नसक्ने परिवारका लागि यो केन्द्र आस्थाको थलो बनेको छ।
संस्थाका पदाधिकारीहरूले देशभर रक्त अभाव नहोस् भन्ने सन्देश दिन व्यापक रक्तदान अभियान निरन्तर सञ्चालन गरिने जानकारी दिएका छन्।
Discussion about this post