Nepal BBC
Tuesday, June 16, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

शिक्षा विधेयकविरुद्ध निजी विद्यालयहरूको संयुक्त आन्दोलन : देशभर खबरदारीसभा घोषणा

महेश सिंह by महेश सिंह
२०८२ भाद्र १३, शुक्रबार ११:१९
शिक्षा विधेयकविरुद्ध निजी विद्यालयहरूको संयुक्त आन्दोलन : देशभर खबरदारीसभा घोषणा

Loading

महेश सिंह लहान – शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिबाट हालै पारित शिक्षा विधेयक निजी विद्यालयको हितविपरीत रहेको भन्दै निजी विद्यालय सञ्चालक संघ (प्याब्सन), नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका छन्। संगठनहरूले शुक्रबार विज्ञप्ति जारी गर्दै विधेयक संशोधन नभएसम्म चरणबद्ध आन्दोलन सञ्चालन हुने चेतावनी दिएका छन्।
संयुक्त विज्ञप्तिमा भनिएको छ, “विधेयकमा राखिएका प्रावधानले निजी विद्यालय सञ्चालन नै संकटमा पार्ने अवस्था बनाएको छ। यसका विरुद्ध एकजुट भई आन्दोलनमा उत्रनु अहिलेको आवश्यकता हो।”
संयुक्त संगठनहरूले विधेयक संशोधन गर्न सरकारसँग पाँच प्रमुख माग अघि सारेका छन् :
कम्पनी ऐनअनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयलाई “गैरनाफामूलक” बनाउने प्रावधान खारेज गर्नुपर्ने। विधेयकमा उल्लेख गरिएको “पूर्ण छात्रवृत्ति” भन्ने शब्द हटाउनुपर्ने।विद्यालयसँग प्रत्यक्ष उत्पादन नभएका पोशाक, पाठ्यपुस्तक, शैक्षिक सामग्री, यातायात, खाना–खाजा जस्ता प्रावधान खारेज गर्नुपर्ने।
छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमा नै रहने व्यवस्था मिलाउनुपर्ने, तर पालिका प्रतिनिधिको सहभागितामा पारदर्शी समिति गठन गर्न सकिने व्यवस्था गर्नुपर्ने।
२०२१ को ऐन, २०६० को नियमावली र २०७७ को संशोधनमार्फत लागू गरिएको आरक्षण छात्रवृत्ति तथा विश्वविद्यालय प्रवेशमा गरिएको भेदभावपूर्ण प्रावधान खारेज गर्नुपर्ने।
संगठनहरूले भदौ १३ गतेदेखि सुरु हुने गरी देशभर आन्दोलनको कार्यक्रम तय गरेका छन्।
भदौ १३ : हरेक जिल्ला सदरमुकाममा खबरदारीसभा,उपत्यकामा माइतीघर मण्डलादेखि प्यालीसम्म कोणसभा।भदौ १४–१५ : आगामी कार्यक्रमबारे तयारी बैठक।भदौ १६ : स्कुल बसहरूमा कालो झण्डा र ब्यानरसहित काठमाडौं चक्रपथ वरिपरि याली तथा जिल्लामा नगर परिक्रमा।भदौ १७ : आन्दोलनको समीक्षा तथा तयारी बैठक। भदौ १८ : पुनः खबरदारीसभा। सो अवधिसम्म माग सम्बोधन नभए अनिश्चितकालीन विद्यालय बन्दको घोषणा गर्ने चेतावनी। शिक्षा विधेयक पारित भएपछि लामो समयदेखि विवादमा रहेका निजी विद्यालयको अवस्था झन् अनिश्चित बनेको छ।
सरकारले विद्यालयलाई गैरनाफामूलक बनाउने प्रावधानमार्फत निजी क्षेत्रलाई नियन्त्रण गर्ने प्रयास गरेको भन्दै सञ्चालकहरू असन्तुष्ट छन्। यसअघि पनि शिक्षा नीतिमा आएको परिवर्तनका कारण निजी विद्यालय सञ्चालक र सरकारबीच पटक–पटक तनाव उत्पन्न हुँदै आएको थियो।
संयुक्त संगठनहरूले सरकारलाई स्पष्ट सन्देश दिँदै भनेका छन् –“हाम्रो माग सम्बोधन नभए विद्यालय बन्द गर्नेसम्मको कठोर निर्णय लिन बाध्य हुनेछौँ। त्यसबाट विद्यार्थीको अध्ययन प्रभावित भए त्यसको सम्पूर्ण जिम्मेवारी सरकारकै हुनेछ।”

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ भाद्र १३, शुक्रबार ११:१९
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ भाद्र १३, शुक्रबार ११:१९
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ भाद्र १३, शुक्रबार ११:१९
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ भाद्र १३, शुक्रबार ११:१९
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ भाद्र १३, शुक्रबार ११:१९
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ भाद्र १३, शुक्रबार ११:१९
Next Post
मिर्चैयामा भूमिसम्बन्धी विधेयकविरुद्ध जसपाको प्रदर्शन

मिर्चैयामा भूमिसम्बन्धी विधेयकविरुद्ध जसपाको प्रदर्शन

प्रेस मंच नेपालको मधेस प्रदेश अध्यक्षमा पुनः अभरेन्द्र यादव निर्वाचित

प्रेस मंच नेपालको मधेस प्रदेश अध्यक्षमा पुनः अभरेन्द्र यादव निर्वाचित

लहानमा जेन्जिज आन्दोलनको समर्थनमा विद्यार्थीहरुको प्रदर्शन, काठमाडौंमा १९ जनाको मृत्यु

लहानमा जेन्जिज आन्दोलनको समर्थनमा विद्यार्थीहरुको प्रदर्शन, काठमाडौंमा १९ जनाको मृत्यु

Discussion about this post

ताजा समाचार

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०८२ भाद्र १३, शुक्रबार ११:१९
सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

२०८२ भाद्र १३, शुक्रबार ११:१९
बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

२०८२ भाद्र १३, शुक्रबार ११:१९
वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

२०८२ भाद्र १३, शुक्रबार ११:१९
औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

२०८२ भाद्र १३, शुक्रबार ११:१९
भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

२०८२ भाद्र १३, शुक्रबार ११:१९
दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

२०८२ भाद्र १३, शुक्रबार ११:१९
भगवानपुरमा १५ दिने मुढा बनाउने सीपमूलक तालिम सम्पन्न, १६ महिला लाभान्वित

भगवानपुरमा १५ दिने मुढा बनाउने सीपमूलक तालिम सम्पन्न, १६ महिला लाभान्वित

२०८२ भाद्र १३, शुक्रबार ११:१९
सखुवानान्कारकट्टीमा जलवायुमैत्री कृषि अभ्यासबारे अन्तरक्रिया, किसानहरूलाई सचेत बनाउने प्रयास

सखुवानान्कारकट्टीमा जलवायुमैत्री कृषि अभ्यासबारे अन्तरक्रिया, किसानहरूलाई सचेत बनाउने प्रयास

२०८२ भाद्र १३, शुक्रबार ११:१९

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.