Nepal BBC
Wednesday, March 4, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

थारु समुदायमा रमझमका साथ अटवारी मनाइँदै

महेश सिंह by महेश सिंह
२०७९ भाद्र १२, आईतवार १२:३८
थारु समुदायमा रमझमका साथ अटवारी मनाइँदै

Loading

धनगढी । तराई क्षेत्रमा बसोवास गर्ने चौधरी–डंगौरा समुदायले आज ‘अटवारी’ पर्व मनाइ रहेका छन् । आपसी सद्भाव, एकता र सम्बन्ध सुदृढ पार्ने पर्वको रुपमा लिइने ‘अटवारी’ पर्व खास गरी सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुरसहित दाङ, बाँके र बर्दियामा बसोवास गर्ने चौधरी–डंगौरा समुदाय निकै उत्साहपूर्वक मनाइन्छ ।

यो समुदायमा आइतवारलाई ‘अटवार’ ले चिनिन्छ । यसकारण आज (आइतवार) यो पर्व प्रारम्भ हुन्छ । हरेक वर्ष श्रीकृष्ण जन्माष्टमी पछिको पहिलो आइतवार प्रारम्भ हुने यो पर्वमा नाचगान एवं सांस्कृतिक कार्यक्रम गरी मनाइन्छ ।

वर्षा ऋतुमा खेतीको काममा निकै व्यस्त रहने यो समुदायका मानिस अटवारी पर्वपछि भने कामको बोझ हटेर फुर्सद हुने र यही फुर्सदलाई सदुपयोग गर्दै टोलटोलमा सँस्कृतिक कार्यक्रम गरेर रमाइलो गर्छन् ।

अटवारी पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज तराईका दुई जिल्लामा सार्वजनिक बिदा दिएको छ । यसअघि १९ भदौमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर, तिथिअनुसार अटवारी पर्व १२ भदौमा पर्ने भएकाले सोही दिन सार्वजनिक बिदा दिएको थारु कल्याणकारिणी सभा (थाकस) ले जनाएको छ ।

मिति संशोधन गरी प्रदेश सरकारले १२ भदौमा बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय धनगढीले जनाएको हो । अटवारी थारु समुदायको मौलिक पर्व हो । अटवारी पर्वमा थारु समुदायले महाभारतका प्रमुख पात्र पाँच पाण्डवमध्येका माइलो भाई भीमको श्रद्धापूर्वक पूजाआजा गर्छन् ।

ऐतिहासिक पक्ष

किंवदन्तीअनुसार कुनै बेला भेवा (भीम) घुम्दै जाँदा तराई (थारु बसोबास गरेको ठाउँ) मा पुगेका थिए । तराई क्षेत्रमा एउटा राक्षसले उत्पात मच्चाउने, दुःख दिने, चेलीहरूमाथि जबर्जस्ती गर्ने गरिरहेको थियो ।

उक्त राक्षसलाई मारेर ती सबै समस्याबाट भीमले मुक्त गरेको हुँदा उनको सम्झनामा अटवारी पर्व मनाउने प्रचलन सुरु भएको हो ।

महेश सिंह

महेश सिंह

Related Posts

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

२०७९ भाद्र १२, आईतवार १२:३८
सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

२०७९ भाद्र १२, आईतवार १२:३८
अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

२०७९ भाद्र १२, आईतवार १२:३८
सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

२०७९ भाद्र १२, आईतवार १२:३८
सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

२०७९ भाद्र १२, आईतवार १२:३८
निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

२०७९ भाद्र १२, आईतवार १२:३८
Next Post
अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पलाई ५ वर्षको जेल सजाय !

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पलाई ५ वर्षको जेल सजाय !

कैलाश दर्शनका लागि भदौ १९ गते भारतीय सदगुरु नेपाल आउने

कैलाश दर्शनका लागि भदौ १९ गते भारतीय सदगुरु नेपाल आउने

टिकटक अकाउन्ट ब्याण्ड भएपछी दिदीबहिनी दुवै डिप्रेशनमा

टिकटक अकाउन्ट ब्याण्ड भएपछी दिदीबहिनी दुवै डिप्रेशनमा

Discussion about this post

ताजा समाचार

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

२०७९ भाद्र १२, आईतवार १२:३८
सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

२०७९ भाद्र १२, आईतवार १२:३८
अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

२०७९ भाद्र १२, आईतवार १२:३८
सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

२०७९ भाद्र १२, आईतवार १२:३८
सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

२०७९ भाद्र १२, आईतवार १२:३८
निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

२०७९ भाद्र १२, आईतवार १२:३८
शंख’ चिन्हलाई जागरण र परिवर्तनको प्रतीकका रूपमा व्याख्या : राम कुमार साह

शंख’ चिन्हलाई जागरण र परिवर्तनको प्रतीकका रूपमा व्याख्या : राम कुमार साह

२०७९ भाद्र १२, आईतवार १२:३८
जनमत पार्टी का रामस्वरुप चौधरीको फरक चुनावी शैली, भीडभन्दा संवादमा जोड

जनमत पार्टी का रामस्वरुप चौधरीको फरक चुनावी शैली, भीडभन्दा संवादमा जोड

२०७९ भाद्र १२, आईतवार १२:३८
सिरहा २ मतदाता भन्छन राम चन्द्र यादव जस्तो दु:ख सुखमा साथ दिने उमेदवार जस्तो कुनै उमेदवार छैन

सिरहा २ मतदाता भन्छन राम चन्द्र यादव जस्तो दु:ख सुखमा साथ दिने उमेदवार जस्तो कुनै उमेदवार छैन

२०७९ भाद्र १२, आईतवार १२:३८

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.