Nepal BBC
Monday, August 3, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

पैदलै काठमाडौंतिर मिटरब्याज पीडित

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ चैत्र ११, शनिबार ०८:४१
पैदलै काठमाडौंतिर मिटरब्याज पीडित

Loading

मिटरब्याजका कारण पीडित बनेका विभिन्न जिल्लाका ७२ जना पैदलै हिँडेर संघीय राजधानी काठमाडौं गइरहेका छन्। उनीहरूको एउटै लक्ष्य हो, ‘प्रधानमन्त्रीलाई पीडा सुनाउने र समस्या समाधानमा सरकारलाई दबाब दिने।’ ९ दिनअघि झापा, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही र कैलालीबाट एकसाथ जम्मा भई उनीहरूले बर्दिबासबाट काठमाडांैका लागि पैदलयात्रा तय गरेका थिए। शुक्रबार उनीहरू मकवानपुरको इन्द्रसरोवर गाउँपालिका आइपुगेका थिए।

उनीहरू बिहीबार मकवानपुरको भीमफेदीस्थित धोर्सिङमा बास बसेका थिए। धोर्सिङबाट करिब ४० किलोमिटर उकालो यात्रा गर्दै उनीहरू शुक्रबार साँझ इन्द्रसरोवर गाउँपालिका—२ स्थित पञ्चकन्या विद्यालयमा बास बसे। उनीहरू बिहान सबेरैबाट उठेर हिँड्छन्। बेलुका जहाँ पुग्छन् त्यही आफैं खाना पकाएर खान्छन्, बास बस्छन्। ७ लाख रुपैयाँ ऋण लिएर मिटरब्याजीले २१ लाखसम्म पु¥याएकादेखि घरबार उठीबास लागेकासम्म यो यात्रामा रहेका छन्।

सप्तरी जिल्ला शम्भुनाथ गाउँपालिकाका मिटरब्याज पीडित महोमद मुस्तकिमका बाबुले घरजग्गा बन्धकी राखेर साहुसँग ७ लाख रुपैयाँ लिएका थिए। उक्त रकमको सावाँ, ब्याजसहित २१ लाख रुपैयाँ फिर्ता गर्दासमेत साहुले घर जग्गा फिर्ता नगरेपछि उनीसँग थप पैसा बुझाउन सक्ने अवस्था भएन। ‘अझै साहुले ६० लाख रुपैयाँ दिनुपर्ने भनेपछि मसँग अब केही बाँकी रहेन’, यसै यात्रमा रहेका मुस्तकिमले भने, ‘यही कुरा प्रधानमन्त्रीलाई सुनाउने हिँडेको हुँ।’

सिरहा जिल्ला अनवा गाउँपालिका घर भएका पीडित मायादेव चौधरीले पनि साहुसँग २ लाख ८१ हजार रुपैयाँ लिएका थिए। उक्त रकम साहुसँग २४ कठ्ठा १४ धुर जग्गा बन्धकी राखेर लिए पनि साहुको सावाँ, ब्याजसहित सबै रकम फिर्ता गर्दा समेत उनले जग्गा फिर्ता पाएका छैनन्। ‘अब हामीसँग कुनै विकल्प बाँकी छैन। साहुले भएको घरबारी र पैसा पनि खाएर सकाइदियो’, उनले भने, ‘हामी कानुनी लडाइँ गर्दा पनि बोलिदिने कोही छैन। अब राज्यले नै हाम्रो कुरा सुनिदिनुपर्छ।’

पीडितहरूले पछिल्लो ९ महिनादेखि स्थानीय जनप्रतिनिधि, जिल्लास्थित सरकारी निकाय र सरोकारवाला निकायहरूसमक्ष आफ्नो पीडा सुनाउँदै आएका थिए। तर, सबैतिरबाट आश्वासनबाहेक केही नपापछि चुलोचौका छाडेर अधिकांश पीडित महिलाहरूसमेत पैदलयात्रा पीडाको पोका लिएर काठमाडौं हिँडेका हुन्। अन्नपूर्ण पाेस्टबाट

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ चैत्र ११, शनिबार ०८:४१
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ चैत्र ११, शनिबार ०८:४१
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ चैत्र ११, शनिबार ०८:४१
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ चैत्र ११, शनिबार ०८:४१
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ चैत्र ११, शनिबार ०८:४१
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ चैत्र ११, शनिबार ०८:४१
Next Post
सल्टिएन करमा दोहोरोपन

सल्टिएन करमा दोहोरोपन

हेटौँडा सिमेन्ट उद्योगले आजदेखि उत्पादन बन्द

हेटौँडा सिमेन्ट उद्योगले आजदेखि उत्पादन बन्द

उपेन्द्र घुमाउरो ढंगले संसद् छिर्न खोजेको भन्दै बिरोध

उपेन्द्र घुमाउरो ढंगले संसद् छिर्न खोजेको भन्दै बिरोध

Discussion about this post

ताजा समाचार

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

२०७९ चैत्र ११, शनिबार ०८:४१
सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०७९ चैत्र ११, शनिबार ०८:४१
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०७९ चैत्र ११, शनिबार ०८:४१
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०७९ चैत्र ११, शनिबार ०८:४१
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०७९ चैत्र ११, शनिबार ०८:४१
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०७९ चैत्र ११, शनिबार ०८:४१
विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

२०७९ चैत्र ११, शनिबार ०८:४१
नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

२०७९ चैत्र ११, शनिबार ०८:४१
गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

२०७९ चैत्र ११, शनिबार ०८:४१

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.