Nepal BBC
Sunday, July 26, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

महेश सिंह by महेश सिंह
२०८२ फाल्गुन १९, मंगलवार ०७:५९
अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

Loading

महेश सिंह, लहान – नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र यादवले सिरहा निर्वाचन क्षेत्र नम्बर–२ मा चुनावी प्रचारप्रसारको अन्तिम दिन शक्ति प्रदर्शनसहित व्यापक मोटरसाइकल र्याली सम्पन्न गरेका छन्। हजारौँ समर्थकको सहभागितामा जिरोमाइल हुँदै औरही, बरियारपट्टी र नवराजपुरसम्म फैलिएको र्यालीले निर्वाचन क्षेत्रको माहोल तातेको छ।
र्यालीका क्रममा “अबकीपटक गगन सरकार”, “रामचन्द्र यादव जिन्दावाद”, “नेपाली कांग्रेस जिन्दावाद” जस्ता नाराले वातावरण गुन्जायमान बनेको थियो। समर्थकहरूले सिरहा–२ मा “निष्ठा र इमानदारीको राजनीति”को निरन्तरताका लागि यादवलाई जिताउनुपर्ने धारणा व्यक्त गरेका थिए।
‘विश्वास पुनर्निर्माण’ अभियानमा जोड
उम्मेदवार यादवले आफ्नो चुनावी अभियानलाई ‘विश्वास पुनर्निर्माण’को अवधारणासँग जोड्दै अघि बढाएका छन्। घरदैलो कार्यक्रम मात्र नभई मतदातासँगको भावनात्मक सम्बन्ध सुदृढ गर्ने रणनीतिमा उनी केन्द्रित देखिएका छन्। “जनताको अहोरात्र सेवामा समर्पित प्रतिनिधित्व नै मेरो प्रतिबद्धता हो,” उनले संक्षिप्त सम्बोधनमा भने।
सुखीपुर–५ मा भव्य स्वागत, दल परित्याग
सिरहाको सुखीपुर नगरपालिका–५ अन्तर्गत विद्यानगरमा आयोजित घरदैलो तथा भेटघाट कार्यक्रममा यादवलाई स्थानीय बासिन्दाले भव्य स्वागत गरेका थिए। कार्यक्रममा केही स्थानीयले जनमत पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। नवप्रवेशीहरूलाई स्वागत गर्दै यादवले राजनीतिक प्रतिस्पर्धाभन्दा स्थायित्व र विकासको एजेन्डा महत्वपूर्ण भएको उल्लेख गरे।
“लोकतन्त्रको सुदृढीकरण, पारदर्शी शासन र समावेशी विकासका लागि कांग्रेस अपरिहार्य शक्ति हो,” उनले भने।
जनताको प्राथमिकता : शिक्षा, स्वास्थ्य र कृषि
घरदैलोका क्रममा मतदाताहरूले शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार, कृषि आधुनिकीकरण, सिंचाइ पूर्वाधार र रोजगारी सिर्जनालाई प्राथमिक एजेन्डा बनाउन आग्रह गरेका छन्। केही वृद्ध मतदाताले जीवनभर कांग्रेसप्रति आस्था राखेको उल्लेख गर्दै आफ्नो विचारबाट नडिग्ने प्रतिबद्धता समेत जनाएका थिए।
संगठन विस्तारमा तीव्रता
निर्वाचन क्षेत्रमा कांग्रेसको सम्पर्क कार्यालय उद्घाटनसँगै संगठन विस्तारलाई तीव्रता दिइएको छ। टोल–टोलमा प्रत्यक्ष संवाद गर्दै स्थानीय आवश्यकताहरूको सूचीकृत संकलन सुरु गरिएको अभियान टोलीले जनाएको छ। समर्थकहरूको बढ्दो सहभागिताले कांग्रेसप्रति जनलहर देखिएको दाबी गरिएको छ।
चुनावी समीकरणमा परिवर्तन संकेत
स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार पछिल्लो समय विभिन्न दलका कार्यकर्ता कांग्रेसमा प्रवेश गर्ने क्रम बढ्नुले सिरहा–२ मा चुनावी समीकरण परिवर्तनको संकेत दिएको छ। यद्यपि अन्तिम निर्णय भने मतपेटिकाबाटै हुने भएकाले सबै राजनीतिक दलहरू सक्रिय रूपमा मैदानमा उत्रिएका छन्।
चुनावी प्रचारप्रसारको अन्तिम दिन देखिएको मोटरसाइकल र्याली र जनसागरले सिरहा–२ मा कांग्रेसको उपस्थिति बलियो रहेको सन्देश दिएको समर्थकहरूको दाबी छ। अबको निर्णय भने मतदाताको विवेक र मतपेटिकाको परिणामले तय गर्ने हो ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ फाल्गुन १९, मंगलवार ०७:५९
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ फाल्गुन १९, मंगलवार ०७:५९
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ फाल्गुन १९, मंगलवार ०७:५९
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ फाल्गुन १९, मंगलवार ०७:५९
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ फाल्गुन १९, मंगलवार ०७:५९
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ फाल्गुन १९, मंगलवार ०७:५९
Next Post
सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

बहिरा विद्यार्थीमा वित्तीय पहुँच विस्तारको पहल: सिराहामा समावेशी साक्षरता कार्यक्रम

बहिरा विद्यार्थीमा वित्तीय पहुँच विस्तारको पहल: सिराहामा समावेशी साक्षरता कार्यक्रम

Discussion about this post

ताजा समाचार

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

२०८२ फाल्गुन १९, मंगलवार ०७:५९
भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

२०८२ फाल्गुन १९, मंगलवार ०७:५९
कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

२०८२ फाल्गुन १९, मंगलवार ०७:५९
मधेसलाई शैक्षिक केन्द्र बनाउने लक्ष्यसहित हिम्स कलेजको पहिलो स्नातक ब्याच बिदाइ

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

२०८२ फाल्गुन १९, मंगलवार ०७:५९
कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

२०८२ फाल्गुन १९, मंगलवार ०७:५९
विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

२०८२ फाल्गुन १९, मंगलवार ०७:५९

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.