Nepal BBC
Wednesday, October 28, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

आज सभा सम्बोधन गर्न दुर्गा प्रसाईं लहान आउदै

महेश सिंह by महेश सिंह
२०८२ माघ १६, शुक्रबार ०७:१८
आज सभा सम्बोधन गर्न दुर्गा प्रसाईं लहान आउदै

Loading

महेश सिंह लहान,सिरहा –राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक अधिकार संरक्षणको मागसहित “नागरिक बचाउ महाअभियान नेपाल”को आयोजनामा माघ १६ गते लहानस्थित पशुपति माध्यमिक विद्यालयको प्राङ्गणमा विशाल नागरिक सभा आयोजना हुने भएको छ।
सभालाई महाअभियानका अभियन्ता दुर्गा प्रसाईंले सम्बोधन गर्ने कार्यक्रम रहेको जिल्ला अध्यक्ष राम कुमार महतोले जनाएको छ। बिहीबार लहानमा आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमबारे जानकारी दिँदै आयोजकहरूले नागरिकको आर्थिक, सामाजिक र राष्ट्रिय सरोकारका मुद्दा सभामार्फत उठाइने बताएका छन्।

महाअभियानले अघि सारेका मुख्य मागहरूमा
बौद्ध, किरात र हिन्दू धर्म समेटिएको वैदिक सनातन हिन्दू अधिराज्यसहित संवैधानिक राजसंस्थाको पुनःस्थापना, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, रु. २० लाख मुनिका अन्यायपूर्ण ऋण मिनाहा, मध्यम वर्गीय नागरिकका ऋण पुनर्संरचना, मिटरब्याज पीडितलाई न्याय, कालोसूची फुकुवा, घरजग्गा लिलाम रोक्का खारेजी, सुकुम्बासी समस्याको दिगो समाधान तथा रोजगारीको ग्यारेन्टी लगायत विषय समावेश छन्।

त्यसैगरी, राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि, वैदेशिक रोजगारबाट फर्किएका नागरिकलाई सहुलियतपूर्ण बिना धितो ऋण उपलब्ध गराउने, बैंक तथा वित्तीय संस्थाबाट विस्थापित नागरिकलाई पुनःस्थापना गराउने विषयमा समेत सरकारको ध्यानाकर्षण गराइने जनाइएको छ।
महाअभियानका जिल्ला अध्यक्षले जानकारी दिँदै दुर्गा प्रसाईं लहानमा स्वयं उपस्थित भई जनतालाई सम्बोधन गर्ने स्पष्ट पारे। उनले लोकतान्त्रिक व्यवस्थामा नागरिकको बोल्ने अधिकार सुरक्षित हुनुपर्ने उल्लेख गर्दै कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न गरिने बताए।

पत्रकार सम्मेलनमा बोल्दै महाअभियानका समर्थकहरूले कार्यक्रम रोक्न खोजिए पनि शान्तिपूर्ण रूपमा सभा आयोजना गरिने अडान व्यक्त गरेका छन्। “लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता सबैको अधिकार हो,” उनीहरूको भनाइ थियो। आयोजकका अनुसार नागरिकको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने मुद्दाहरू उठाइने उक्त सभामा ठूलो जनसहभागिता रहने अपेक्षा गरिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ माघ १६, शुक्रबार ०७:१८
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ माघ १६, शुक्रबार ०७:१८
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ माघ १६, शुक्रबार ०७:१८
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ माघ १६, शुक्रबार ०७:१८
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ माघ १६, शुक्रबार ०७:१८
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ माघ १६, शुक्रबार ०७:१८
Next Post
निर्वाचनको औचित्य नभएको दुर्गा प्रसाईंको दाबी, निर्वाचनको दिन सडकमै कार्यक्रम गर्ने घोषणा

निर्वाचनको औचित्य नभएको दुर्गा प्रसाईंको दाबी, निर्वाचनको दिन सडकमै कार्यक्रम गर्ने घोषणा

महाअभियानको जिल्ला अध्यक्ष महतोको नेतृत्वमा लहानमा बिशाल जन सहभागीता

महाअभियानको जिल्ला अध्यक्ष महतोको नेतृत्वमा लहानमा बिशाल जन सहभागीता

लहान सिटी जेसीजको २४औँ पदस्थापना भब्य

लहान सिटी जेसीजको २४औँ पदस्थापना भब्य

Discussion about this post

ताजा समाचार

लहानमा जय महाकाल युवा समूहको निःशुल्क भोजन वितरण महाअभियान सुरु

लहानमा जय महाकाल युवा समूहको निःशुल्क भोजन वितरण महाअभियान सुरु

२०८२ माघ १६, शुक्रबार ०७:१८
ग्रामीण नागरिकको आँखाको उपचारमा पहुँच बढाउँदै बर्छवा सामुदायिक युवा मञ्च

ग्रामीण नागरिकको आँखाको उपचारमा पहुँच बढाउँदै बर्छवा सामुदायिक युवा मञ्च

२०८२ माघ १६, शुक्रबार ०७:१८
नरहा–२ मा जसपा नेपालको ११ सदस्यीय वडा इकाई कमिटी गठन

नरहा–२ मा जसपा नेपालको ११ सदस्यीय वडा इकाई कमिटी गठन

२०८२ माघ १६, शुक्रबार ०७:१८
सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको निगरानी तीव्र,साढे सात लाखभन्दा बढीका अवैध सामान बरामद

सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको निगरानी तीव्र,साढे सात लाखभन्दा बढीका अवैध सामान बरामद

२०८२ माघ १६, शुक्रबार ०७:१८
नेसनल लघुवित्तका सीईओ यादवद्वारा पीडित परिवारलाई राहत, लघुवित्तको ऋण शोषणमाथि प्रश्न

नेसनल लघुवित्तका सीईओ यादवद्वारा पीडित परिवारलाई राहत, लघुवित्तको ऋण शोषणमाथि प्रश्न

२०८२ माघ १६, शुक्रबार ०७:१८
नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

२०८२ माघ १६, शुक्रबार ०७:१८
नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

२०८२ माघ १६, शुक्रबार ०७:१८
लहानमा सिरहा प्रहरीको संरक्षणमा बलि प्रर्था सुरु नेपाल प्रहरीले सलामी दिएर बलि प्रर्थालाई बढावा दिदै

लहानमा सिरहा प्रहरीको संरक्षणमा बलि प्रर्था सुरु नेपाल प्रहरीले सलामी दिएर बलि प्रर्थालाई बढावा दिदै

२०८२ माघ १६, शुक्रबार ०७:१८
लहानको एभरेस्ट डिजिटलमा दसैँ-तिहार अफर, निश्चित खरिदमा दैनिक र बम्पर उपहार जित्ने मौका

लहानको एभरेस्ट डिजिटलमा दसैँ-तिहार अफर, निश्चित खरिदमा दैनिक र बम्पर उपहार जित्ने मौका

२०८२ माघ १६, शुक्रबार ०७:१८

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.