Nepal BBC
Thursday, January 29, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सेवाग्राहीको पीडामाथि थप पीडा: नापी कार्यालयमा सेवाभन्दा सास्ती,प्रश्न गर्ने दुई पत्रकारलाई दुव्र्यवहार

महेश सिंह by महेश सिंह
२०८२ माघ १५, बिहीबार २१:०५
सेवाग्राहीको पीडामाथि थप पीडा: नापी कार्यालयमा सेवाभन्दा सास्ती,प्रश्न गर्ने दुई पत्रकारलाई दुव्र्यवहार

Loading

महेश सिंह सिरहा – देशमा सुशासन र पारदर्शिताको नारा जति जोडतोडका साथ उठाइए पनि सरकारी कार्यालयमा त्यसको अनुभूति अझै टाढै देखिन्छ। सिरहास्थित नापी कार्यालयमा सेवाग्राहीले सेवा होइन, सास्ती पाउने गरेको गुनासो बढ्दो छ।
नापी कार्यालयमा सामान्य प्रशासनिक काम गराउन समेत अनावश्यक ढिलाइ, झन्झट र अप्रत्यक्ष दबाबको सामना गर्नुपरेको सेवाग्राहीहरू बताउँछन्। जग्गा एकीकृत, कित्ताकाट, ब्लु प्रिन्ट जस्ता नियमित काम कानुनी प्रक्रिया पूरा हुँदाहुँदै पनि समयमै नहुने, बहानाबाजी गरिने र सेवाग्राहीलाई हैरान पारिने गरेको उनीहरूको आरोप छ।
गोलबजार नगरपालिकाका सेवाग्राही ज्ञान सिंहका अनुसार, आफ्नै नाममा रहेको दुई कित्ता एकीकृत गराउन पटक–पटक कार्यालय धाउनुपरेको थियो। “कागजात सबै मिलेको थियो, तर प्रक्रिया अघि बढेन,” उनले भने, “काम किन रोकिएको हो भन्ने प्रष्ट जवाफ कसैले दिएन।”
यस्तै अर्का सेवाग्राही गणेश यादवले पनि कार्यालयमा घण्टौँ अलमलाइएको अनुभव सुनाए। उनले भने, “कहिले नाप मिलेन, कहिले चौडाइ ठीक छैन भन्दै अनावश्यक झुलाइयो। समयमा काम नहुँदा जग्गा पाससमेत रोकियो।”
सेवाग्राहीहरूका अनुसार, नापी कार्यालयमा ढिलासुस्तीले आर्थिक र मानसिक दुवै किसिमको क्षति व्यहोर्नु परेको छ।

नापी र मालपोत कार्यालयमा दैनिक ठूलो संख्यामा सेवाग्राही आउने भएकाले त्यसको व्यवस्थापनमा गम्भीरता देखिँदैन। लेखापढी व्यवसायीहरूकै अनुसार, भीडको अवस्था र सेवाग्राहीको बाध्यतालाई ध्यानमा राखेर काम ढिलो गर्ने प्रवृत्ति मौलाएको छ।

यही विषयमा सेवाग्राहीको गुनासो बुझ्न नापी कार्यालय पुगेका पत्रकारमाथि कार्यालय प्रमुखबाटै दुव्र्यवहार भएको घटनाले थप चिन्ता पैदा गरेको छ।
कार्यालयमा देखिएको सेवाग्राहीको समस्याबारे प्रतिक्रिया लिन पुगेका सञ्चारकर्मी आशिष विश्वकर्मा र मुकेश कुमार यादवलाई कार्यालय प्रमुख जनक राज ओझाले कार्यकक्षमै अपमानजनक व्यवहार गरेका थिए।
पत्रकारहरूले कार्यालयमा अनियमितता सम्बन्धी सूचना आएको भन्दै प्रतिक्रिया लिन खोज्दा प्रमुख ओझा आक्रोशित हुँदै “प्रमाण के छ?” भन्दै जङ्गिएको र प्रतिक्रिया दिन अस्वीकार गर्दै कार्यालयबाट बाहिर जान आदेश दिएको पत्रकारहरूको भनाइ छ।
पत्रकार यादवका अनुसार, “प्रश्न गर्न खोज्दा नै यस्तो व्यवहार भयो। जिम्मेवार पदमा बसेका व्यक्तिबाट यस्तो प्रतिक्रिया आउनु प्रेस स्वतन्त्रतामाथि नै प्रश्न हो।”

पत्रकारसँगै सेवाग्राहीप्रति पनि यस्तै व्यवहार भइरहेको हुनसक्ने आशंका स्थानीयहरू व्यक्त गर्छन्। उनीहरू भन्छन्, “प्रश्न उठाउनेलाई दबाउने होइन, समस्या सुन्ने र समाधान गर्ने जिम्मेवारी प्रशासनको हो।”
नापी कार्यालयमा देखिएको ढिलासुस्ती, सेवाग्राहीको पीडा र सञ्चारकर्मीमाथि भएको दुव्र्यवहारले सरकारी सेवा प्रणालीप्रति आम नागरिकको विश्वास झन् कमजोर बनाएको छ। अब सम्बन्धित निकायले यो विषयलाई गम्भीर रूपमा लिएर निष्पक्ष छानबिन र सुधारतर्फ कदम चाल्ने कि नचाल्ने, त्यो हेर्न बाँकी छ।

महेश सिंह

महेश सिंह

Related Posts

लहानमा आम जनता पार्टीको नगरस्तरीय भेला, चुनावी रणनीतिबारे गहिरो छलफल

लहानमा आम जनता पार्टीको नगरस्तरीय भेला, चुनावी रणनीतिबारे गहिरो छलफल

२०८२ माघ १५, बिहीबार २१:०५
जीवन बीमा आर्थिक सुरक्षा र स्थायित्वको भरपर्दो आधार :सम्मान तथा रणनीतिक छलफल

जीवन बीमा आर्थिक सुरक्षा र स्थायित्वको भरपर्दो आधार :सम्मान तथा रणनीतिक छलफल

२०८२ माघ १५, बिहीबार २१:०५
सिरहा क्षेत्र नं. १ मा ज.स.पाका सत्यनारायण यादव बलियो उम्मेदवारका रूपमा उदाउँदै

सिरहा क्षेत्र नं. १ मा ज.स.पाका सत्यनारायण यादव बलियो उम्मेदवारका रूपमा उदाउँदै

२०८२ माघ १५, बिहीबार २१:०५
पार्टी कार्यालय उद्घाटनसँगै राजनीतिक गतिविधि तीव्र हुने अपेक्षा

पार्टी कार्यालय उद्घाटनसँगै राजनीतिक गतिविधि तीव्र हुने अपेक्षा

२०८२ माघ १५, बिहीबार २१:०५
शव हराएको घटनाको सत्य सार्वजनिक गर्न माग गर्दै गोलबजारमा पीडित परिवारको सडक अवरोध

शव हराएको घटनाको सत्य सार्वजनिक गर्न माग गर्दै गोलबजारमा पीडित परिवारको सडक अवरोध

२०८२ माघ १५, बिहीबार २१:०५
राजविराज–९ मा न्यू होराइजन ईङ्गलिश एकेडेमीले निःशुल्क शिक्षाको नयाँ पहल

राजविराज–९ मा न्यू होराइजन ईङ्गलिश एकेडेमीले निःशुल्क शिक्षाको नयाँ पहल

२०८२ माघ १५, बिहीबार २१:०५

Discussion about this post

ताजा समाचार

सोनवर्षामा शैक्षिक मेला तथा विज्ञान प्रदर्शनी हुने

सोनवर्षामा शैक्षिक मेला तथा विज्ञान प्रदर्शनी हुने

२०८२ माघ १५, बिहीबार २१:०५
लहान २२ बर्छवामा संचालित १५औँ पञ्चशील्ड फुटबल प्रतियोगिता सम्पन्न

लहान २२ बर्छवामा संचालित १५औँ पञ्चशील्ड फुटबल प्रतियोगिता सम्पन्न

२०८२ माघ १५, बिहीबार २१:०५

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.