Nepal BBC
Wednesday, November 19, 2025
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहान नगर अधिवेशनमा सहिदहरूको अपमान: जसपाको कार्यक्रमप्रति तीव्र आलोचना

महेश सिंह by महेश सिंह
२०८१ चैत्र ३१, आईतवार १०:११
लहान नगर अधिवेशनमा सहिदहरूको अपमान: जसपाको कार्यक्रमप्रति तीव्र आलोचना

Loading

सहिद रमेश महतोका दाजु राम शोभित महतो भन्छन्, “हामीले भाइ गुमायौं, नेताहरूले पद पाए। तर सहिद परिवारहरू आज पनि उपेक्षित छन्। वर्षको एकपल्ट लाजले आउँछन्, त्यो पनि औपचारिकताका लागि मात्र।”

महेश सिंह लहान, सिरहा- जनता समाजवादी पार्टी (जसपा) नेपालले सिरहाको लहानमा आयोजना गरेको पहिलो नगर अधिवेशनले तीव्र आलोचना सामना गरिरहेको छ। मधेस आन्दोलनका सहिदहरूप्रति कुनै पनि श्रद्धाञ्जली कार्यक्रम नगरी अधिवेशन संचालन गरिएको आरोपले पार्टीप्रति गम्भीर असन्तुष्टि उत्पन्न भएको छ।
लहानलाई मधेस आन्दोलनको उद्गम स्थल मानिन्छ। यहीं २०६३ माघ ५ गते तत्कालीन मधेसी जनअधिकार फोरमका नेता उपेन्द्र यादवको नेतृत्वमा आन्दोलनको थालनी भएको थियो, जहाँ सहिद रमेश महतोले ज्यान गुमाएका थिए। सोही ऐतिहासिक सन्दर्भलाई बेवास्ता गर्दै जसपाले नगर अधिवेशनमा सहिदको सम्झना नगरेकोमा परिवारजनदेखि स्थानीय जनसमुदायसम्म आक्रोशित देखिएका छन्।

सहिद रमेश महतोका दाजु राम शोभित महतो भन्छन्, “हामीले भाइ गुमायौं, नेताहरूले पद पाए। तर सहिद परिवारहरू आज पनि उपेक्षित छन्। वर्षको एकपल्ट लाजले आउँछन्, त्यो पनि औपचारिकताका लागि मात्र।”

कार्यक्रममा जसपाका नेता राजकुमार गुप्ता ‘राजु’, दिनेश महतो, ललिता दास शत्रधन मण्डल, सुभक लाल यादव,राम उदगार महतो,लगायत सयौं नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। तथापि, सहिदको नामसम्म नलिइएको भन्दै धेरैले आपत्ति जनाएका छन्। राजनीतिक विश्लेषकहरू भन्छन्, “मधेसी जनअधिकार फोरमबाट उदाएका जसपाले आफ्नै आन्दोलनका सहिदलाई बिर्सिनु दुर्भाग्यपूर्ण छ।”

कार्यक्रममा आन्तरिक विवाद पनि चुलिएको देखियो। लहान नगर अध्यक्ष पदका लागि नेताहरूबीच भनाभन, झगडा र हुलहुज्जतसमेत भएको बताइएको छ। निर्वाचन समितिको असमर्थताले गर्दा शनिबार हुने भनिएको अधिवेशन अब आइतबार निर्वाचन प्रक्रियामार्फत नगर प्रतिनिधि चयन गरी सम्पन्न गरिने भएको छ।

जसपाका अध्यक्ष उपेन्द्र यादवमाथि आरोप लागेको छ कि उनले मधेसको मसिहा भनिँदा पनि सहिदहरूको सम्मानमा निरन्तर उपेक्षा गर्दै आएका छन्। परिवारका सदस्यहरू तथा स्थानीय नागरिकहरूले यस्तो व्यवहारलाई ‘दु:खद, निन्दनीय र लाजास्पद’ भनेका छन्।

 जसपा नेपालले सहिदहरूको सम्मानमा लहानजस्तो ऐतिहासिक भूमिमा समेत मौन रहनु पार्टीको मूल्य र सिद्धान्तप्रतिको बेवास्ता हो भन्ने सन्देश प्रवाह भएको छ। सहिदको बलिदानबाट बनेको पार्टी आज त्यही बलिदानलाई विस्मरण गर्दै अगाडि बढ्न खोज्नु आफैँमा गम्भीर राजनीतिक विचलन हो।

महेश सिंह

महेश सिंह

Related Posts

चन्द्रा शत्रुघ्न क्याम्पसमा नयाँ ४ कोठे भवनको शिलान्यास

चन्द्रा शत्रुघ्न क्याम्पसमा नयाँ ४ कोठे भवनको शिलान्यास

२०८१ चैत्र ३१, आईतवार १०:११
भगवानपुरमा पाँचौं अन्तरवडा क्रिकेट प्रतियोगिता : खेलप्रेमीहरूलाई उपस्थितिका लागि आग्रह

भगवानपुरमा पाँचौं अन्तरवडा क्रिकेट प्रतियोगिता : खेलप्रेमीहरूलाई उपस्थितिका लागि आग्रह

२०८१ चैत्र ३१, आईतवार १०:११
प्रहरीकै संलग्नतामा धनुषामा किशोरी बलात्कार

प्रहरीकै संलग्नतामा धनुषामा किशोरी बलात्कार

२०८१ चैत्र ३१, आईतवार १०:११
लहान नगरपालिकाद्वारा सहिद बिजय चौधरी परिवारलाई राहत, रोजगारी र शिक्षा सुविधा दिने

लहान नगरपालिकाद्वारा सहिद बिजय चौधरी परिवारलाई राहत, रोजगारी र शिक्षा सुविधा दिने

२०८१ चैत्र ३१, आईतवार १०:११
माओवादी नेता महतोको घरमा भव्य बिश्वकर्मा पूजा

माओवादी नेता महतोको घरमा भव्य बिश्वकर्मा पूजा

२०८१ चैत्र ३१, आईतवार १०:११
मुक्ति नेपालद्वारा ६१औं राष्ट्रिय बाल दिवस, हाजिरी जवाफ प्रतियोगिता मनायो

मुक्ति नेपालद्वारा ६१औं राष्ट्रिय बाल दिवस, हाजिरी जवाफ प्रतियोगिता मनायो

२०८१ चैत्र ३१, आईतवार १०:११
Next Post
जसपाको लहान नगर अधिबेशनमा पदको लागी हातपात , अधिबेशन बिवादमा

जसपाको लहान नगर अधिबेशनमा पदको लागी हातपात , अधिबेशन बिवादमा

दर्जनौं प्रकाशन छँदा किन केही सीमितका मात्र पुस्तक? प्याब्सन सिरहाको आपती

दर्जनौं प्रकाशन छँदा किन केही सीमितका मात्र पुस्तक? प्याब्सन सिरहाको आपती

जसपा नेपालको लहान नगर अध्यक्षमा महतो निर्वाचित

जसपा नेपालको लहान नगर अध्यक्षमा महतो निर्वाचित

Discussion about this post

ताजा समाचार

बिष्णुपुरमा अध्ययन–संस्कृति विकासका लागि जेनजी पुस्ताको पुस्तकालय अभियान

बिष्णुपुरमा अध्ययन–संस्कृति विकासका लागि जेनजी पुस्ताको पुस्तकालय अभियान

२०८१ चैत्र ३१, आईतवार १०:११
ऋण लिएर विदेश गएका ठाकुर रोगसँगै घर फर्किए, समुदायको पहलमा आर्थिक सहारा

ऋण लिएर विदेश गएका ठाकुर रोगसँगै घर फर्किए, समुदायको पहलमा आर्थिक सहारा

२०८१ चैत्र ३१, आईतवार १०:११
विद्यालयमै आत्मरक्षा प्रशिक्षण : अर्नमाका किशोरीहरू व्यवहारिक सीपमा सुदृढ

विद्यालयमै आत्मरक्षा प्रशिक्षण : अर्नमाका किशोरीहरू व्यवहारिक सीपमा सुदृढ

२०८१ चैत्र ३१, आईतवार १०:११
राजर्षि विश्वविद्यालय सम्बन्धन सहित BBA–BCA सञ्चालन,विद्यार्थी–अभिभावकको उत्साहजनक उपस्थिति

राजर्षि विश्वविद्यालय सम्बन्धन सहित BBA–BCA सञ्चालन,विद्यार्थी–अभिभावकको उत्साहजनक उपस्थिति

२०८१ चैत्र ३१, आईतवार १०:११
मधेसमा स्वास्थ्य रूपान्तरण : लहानमा ‘सम्पूर्ण कान स्वास्थ्य केन्द्र’ सञ्चालन

मधेसमा स्वास्थ्य रूपान्तरण : लहानमा ‘सम्पूर्ण कान स्वास्थ्य केन्द्र’ सञ्चालन

२०८१ चैत्र ३१, आईतवार १०:११
समस्या नघटे व्यापारी पलायन हुनुपर्छ’—अध्यक्ष सारडाको चेतावनी

समस्या नघटे व्यापारी पलायन हुनुपर्छ’—अध्यक्ष सारडाको चेतावनी

२०८१ चैत्र ३१, आईतवार १०:११
मधेस प्रदेशमा जनमत पार्टीको विरोध प्रदर्शन: पूर्ण स्वायत्तता र अधिकारको माग

मधेस प्रदेशमा जनमत पार्टीको विरोध प्रदर्शन: पूर्ण स्वायत्तता र अधिकारको माग

२०८१ चैत्र ३१, आईतवार १०:११
सिरहामा एमालेको विशाल मोटरसाइकल र्याली: हजारौं कार्यकर्ताको सहभागिता

सिरहामा एमालेको विशाल मोटरसाइकल र्याली: हजारौं कार्यकर्ताको सहभागिता

२०८१ चैत्र ३१, आईतवार १०:११
सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

२०८१ चैत्र ३१, आईतवार १०:११

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.