Nepal BBC
Monday, June 15, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सिरहा र सप्तरीका किसानहरू कृषि प्रसार सेवासँग जोडिँदै

महेश सिंह by महेश सिंह
२०८१ माघ ९, बुधबार २३:४७
सिरहा र सप्तरीका किसानहरू कृषि प्रसार सेवासँग जोडिँदै

Loading

महेश सिंह लहान –कृषि प्रसार सेवामा सुधारको आवश्यकताका बीच सिरहा र सप्तरीका ६ स्थानीय तहका १४ वडामा कृषि अभियान तीव्र रूपमा अघि बढाइएको छ। राष्ट्रिय कृषक समूह महासंघ, नेपालको अगुवाइमा सञ्चालन भइरहेको यस अभियानले हालसम्म १८ सय घरधुरीलाई कृषि सेवासँग जोड्न सफल भएको छ।
समावेशी र दिगो कृषि उत्पादनमा केन्द्रित यस अभियानमा ५ सय कृषक समूहका सदस्यहरू संलग्न भइसकेका छन्। महासंघले कृषक पाठशाला सञ्चालन, जैविक खेतीको प्रवर्द्धन र नीति निर्माणमा स्थानीय सरकारसँग सहकार्य गर्दै कृषकहरूको उत्पादन वृद्धि र आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य लिएको छ।

स्थानीय तहहरूमा कृषि प्रसार सेवा कमजोर हुँदै गएपछि महासंघले स्वयंसेवकहरू परिचालन गर्दै कृषि प्रणालीलाई पुनः सशक्त बनाउन विशेष योजना अघि सारेको छ। महासंघका पदाधिकारीका अनुसार, स्थानीयस्तरमा कृषक समूहहरूसँग सहकार्य गरी उत्पादन वृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याइनेछ।
“कृषि प्रसार प्रणालीलाई मजबुत बनाउन स्वयंसेवकहरू आवश्यक छन्। अहिले अभियानलाई सशक्त बनाउन विभिन्न तहमा समन्वय भइरहेको छ,” महासंघका एक पदाधिकारीले भने।

महासंघले विशेष गरी सिरहा र सप्तरीका दलित समुदायलाई लक्षित गरी करार खेतीको अवधारणा अघि सारेको छ। करार खेतीमार्फत भूमिहीन तथा साना किसानलाई संगठित गर्दै, जैविक मल उत्पादन तथा आधुनिक प्रविधिको प्रयोगमार्फत आयआर्जन बढाउने प्रयास भइरहेको महासंघले जनाएको छ।
साथै, किसानहरूलाई उन्नत बीउ-बिजन, आधुनिक कृषि यन्त्रहरू र जैविक मल उत्पादनमा सहज पहुँच दिलाउन विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएका छन्। सिरहाको भगवानपुर गाउँपालिका–२ मा लक्ष्मी नारायण महिला कृषक समूहले ‘शून्य खनजोत प्रविधि’ अपनाएर गहुँ खेती गर्दा उल्लेख्य सफलता हासिल गरेको छ।
स्थानीय कृषकहरूका अनुसार, परम्परागत रूपमा गहुँ खेती गर्दा प्रति कट्टा ८० केजी उत्पादन हुने गरेकोमा शून्य खनजोत प्रविधि अपनाउँदा ७० केजी उत्पादन भएको छ। तथापि, उत्पादन लागतमा आएको कमीले किसानहरूलाई आर्थिक रूपमा फाइदा पुगेको उनीहरूको भनाइ छ।

कृषकहरूको आयवृद्धि र उत्पादन वृद्धि सुनिश्चित गर्न महासंघले नीति निर्माण तथा संशोधनमा समेत सक्रिय सहभागिता जनाएको छ। महासंघका अनुसार, कृषक पाठशालामार्फत स्थानीय सरकारलाई दिगो कृषि नीति निर्माणका लागि सुझाव दिँदै आएको छ।
“स्थानीय सरकारसँग समन्वय गरी कृषि ऐन तर्जुमा तथा संशोधन प्रक्रियामा पहल भइरहेको छ। कृषक पाठशालामार्फत कृषकहरूलाई जलवायु मैत्री कृषि अभ्यासका बारेमा प्रशिक्षित गराइनेछ,” महासंघका एक पदाधिकारीले भने।
राष्ट्रिय कृषक समूह महासंघ, नेपाल विगत १२ वर्षदेखि कृषकहरूको हकहित संरक्षण, नीति निर्माणमा पैरवी तथा समन्वय गर्दै आएको छ। महासंघले किसानको हक अधिकारका लागि ‘किसानद्वारा, किसानका लागि’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम अघि बढाएको छ।

कृषकहरूको उत्पादन वृद्धिका लागि आधुनिक प्रविधि हस्तान्तरण, अनुदानमा पारदर्शिता, र संस्थागत विकासमा महासंघले जोड दिँदै आएको छ। हाल महासंघले सेवा प्रदायक निकायहरूसँग किसानहरूको पहुँच वृद्धि गरी उत्पादन वृद्धिमा योगदान पुर्याउने लक्ष्य लिएको छ।
महासंघले स्थानीय सरकारसँग सहकार्य गर्दै कृषि बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ। विशेष गरी जलवायु परिवर्तनसँग जुध्नका लागि अनुकूल कृषि अभ्यासहरू अपनाउनु अपरिहार्य रहेको महासंघको धारणा छ।
“स्थानीय सरकारले कृषक अनुकूल नीति तथा कार्यक्रम ल्याउनुपर्नेछ। बजेट विनियोजनमा प्राथमिकता दिनुपर्छ,” महासंघका प्रतिनिधिले भने।
महासंघले कृषि प्रसार सेवामा देखिएका समस्याहरूलाई सम्बोधन गर्दै कृषकहरूलाई सहुलियत ऋण, आधुनिक प्रविधि र उन्नत बीउ-बिजनको व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ।
महासंघका अनुसार, किसानहरूलाई उत्पादनमुखी बनाउन तथा उनीहरूको हकअधिकार सुनिश्चित गर्न दीर्घकालीन रणनीति आवश्यक रहेको छ।

महासंघद्वारा सञ्चालित अभियानका कारण किसानहरू उत्पादन वृद्धि गर्न उत्साहित भएका छन्। सिरहा र सप्तरीका किसानहरू जैविक मल उत्पादन, करार खेती र जलवायु अनुकूल खेती प्रणाली अपनाउँदै आत्मनिर्भर बन्ने दिशामा अघि बढिरहेका छन्।
कृषि विकासमा सहकार्य, नीति निर्माणमा सुझाव तथा थप जानकारीका लागि राष्ट्रिय कृषक समूह महासंघ, नेपालले सबै सरोकारवालालाई समन्वय र सहयोग गर्न आग्रह गरेको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८१ माघ ९, बुधबार २३:४७
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८१ माघ ९, बुधबार २३:४७
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८१ माघ ९, बुधबार २३:४७
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८१ माघ ९, बुधबार २३:४७
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८१ माघ ९, बुधबार २३:४७
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८१ माघ ९, बुधबार २३:४७
Next Post
लहान क्यान्सर केयर सेन्टरको ब्यवस्थापन र स्तरोन्नतिका लागी बैठक

लहान क्यान्सर केयर सेन्टरको ब्यवस्थापन र स्तरोन्नतिका लागी बैठक

मधेश प्रदेशको भाषा विधेयकमाथि थारू समुदायको कडा विरोध, थारू भाषा समावेश गर्न माग

मधेश प्रदेशको भाषा विधेयकमाथि थारू समुदायको कडा विरोध, थारू भाषा समावेश गर्न माग

दुर्गापुरका किसानले अनौठो काउली उत्पादन गर्दै उपभोक्तालाई चकित पारे

दुर्गापुरका किसानले अनौठो काउली उत्पादन गर्दै उपभोक्तालाई चकित पारे

Discussion about this post

ताजा समाचार

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०८१ माघ ९, बुधबार २३:४७
सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

२०८१ माघ ९, बुधबार २३:४७
बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

२०८१ माघ ९, बुधबार २३:४७
वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

२०८१ माघ ९, बुधबार २३:४७
औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

२०८१ माघ ९, बुधबार २३:४७
भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

२०८१ माघ ९, बुधबार २३:४७
दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

२०८१ माघ ९, बुधबार २३:४७
भगवानपुरमा १५ दिने मुढा बनाउने सीपमूलक तालिम सम्पन्न, १६ महिला लाभान्वित

भगवानपुरमा १५ दिने मुढा बनाउने सीपमूलक तालिम सम्पन्न, १६ महिला लाभान्वित

२०८१ माघ ९, बुधबार २३:४७
सखुवानान्कारकट्टीमा जलवायुमैत्री कृषि अभ्यासबारे अन्तरक्रिया, किसानहरूलाई सचेत बनाउने प्रयास

सखुवानान्कारकट्टीमा जलवायुमैत्री कृषि अभ्यासबारे अन्तरक्रिया, किसानहरूलाई सचेत बनाउने प्रयास

२०८१ माघ ९, बुधबार २३:४७

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...