लहान ६ जेठ – युवाहरूलाई भासण कलामा दक्ष बनाउन लहान सिटी जेसिजको बर्तमान अध्यक्ष उमेश कुमार यादवले भासण कला अर्थात ईफेकटीभ पब्लिक स्पिङ्ग तालीमको आयोजना गरेको हो।एक औपचारिक कार्यक्रमको आयोजना गरी सिरहाको लहान ३ स्थित रहेको लहान प्यारागन स्कुलको सभा हलमा कार्यक्रमको उदघाटन गरेको हो।
लहान सिटी जेसिजको अध्यक्ष उमेश कुमार यादवको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि संस्थापक अध्यक्ष बसन्त साह रहनु भएको थियोे भने बिशिस्ट अतिथिमा महासचिब देवन लाल ठाकुर,कार्यकारणी उपाध्यक्ष नित्यान्द साह निबर्तमान अध्यक्ष फिरोज शेख लगायतका अतिथिहरुको उल्लेखनीय उपस्तिथि रहेको थियोे।
प्रमुख अतिथि साहले ब्यानर पढेर कार्यक्रमको उदघाटन गर्दै नेपालको चर्चित प्रशिक्षक सहजकर्ता बौद्धिक विद्ववान प्रदीप बिष्टलाई तालिम संचालन गर्न अध्यक्ष र प्रमुख अतिथिले अनुमती दिएका थिए।
जेसिजमा आवद्ध सयौं युवा जेसिज मनहरुको तालीममा सहभागिता रहेको उमेश यादवले जानकारी दिनु भयो।जेसिज राकेश झाका अनुसार युवाहरूलाई दक्ष जनशक्ति बनाउन जेसिजको महत्त्वपुर्ण भुमिका रहेको छ।जनशक्ति निर्माण गर्न एक मात्र अन्तर्राष्ट्रिय संस्थाको रूपमा चिनिएका हुन् ।
Discussion about this post