महेश सिंह सिरहा लहान २ पौष – सिरहाको लहानमा पछिल्लो करिब ३ महिना अगाडी संचालन भएको कृतिम अंग नाप शिविरमा नाप दिएका अपाङ्ग अर्थात फरक क्षमता भएका ब्यक्तीहरुलाई पौष ११ गते कृतिम अंङ्ग वितरण हुने भएको छ्।
नेपाल राष्ट्रिय मारवाडी युवा संगठन द्वारा आयोजित तथा नारायण सेवा संस्थान उदयपुर,(भारत)को प्राविधिक सहयोग तथा मारवाडी युवा मञ्च लाहानको सहकार्यमा भदौ २४ गते गरिएको कृतिम अंगको नापजाँच पश्चातको निःशूल्क रूपमा पौष ११ गते बुधबार वितरण गरिने राष्ट्रिय अध्यक्ष मनोज अग्रवालले जानकारी दिनुभयो।
नारायण सेवा संस्थानले नि :शुल्क रूपमा बिगत लामो समय बर्ष नेपाल लगायत भारतका बिभिन राज्यमा नि:शुल्क शिबिर संचालन गरी लाखौं करोडौं मानिसहरुलाई सेवा प्रदान गरेको राष्ट्रिय संयोजक यज्ञराज अग्रवालले बताए।वितरण शिबिर बिहान ८ बजे सुरु हुने शिबिर सहयोगी चेतन मुरारकाले जनाए।
वितरण कार्यक्रममा परिचय पत्र र दर्ता पत्र समेत ल्याउन अनूरोध गरेका छन।सिरहाको लहान ७ स्थित रहेको मारवाडी सेवा सदनमा वितरण गरिने महासचिव बिनीत बेरीवाल र लहानको कार्यक्रम संयोजक रूपेश खेतान र विवेक अग्रवालले जानकारी दिनु भयो।
समय : विहान ८:०० बजे देखि
स्थान : लाहान-७ लाहान कार्यक्रम संयोजक*
श्री रूपेश खेतान 9803719962
श्री चेतन मुरारका 9801666888
श्री विवेक अग्रवाल 9807720879
Discussion about this post