नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० का लागि चार वटा मुख्य सडकका योजनाहरूमा बजेट बिनियोजन गरेको छ । नवलपुर तर्फ ३० किलोमिटर रहेको दुम्किवास – सर्दी – धुर्कोट सडक कालोपत्रे गर्न चार करोड ५० लाख रुपैयाँ बिनियोजन गरेको छ ।
यस्तै राजमार्ग गुम्बा देखि सिसेनी प्रतीक्षालय सडक निर्माण गर्न २ करोड बिनियोजन गरेको छ । यसलाई महत्वाकांक्षी योजनाका रुपमा राखेर द्रुत रुपमा सम्पन्न गर्न खोजिएको गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताए । ६ किलोमिटर लामो सर्दी कनिकेसाल – चिसापानी – चुकाहा हुँदै भैँसीखोलासम्मको सडक स्तरोन्नति गर्न एक करोड ५० लाख बिनियोजन गरेको छ ।
यसैगरी दुम्किवास त्रिवेणी सडक खण्डको राजमार्ग देखि बघुबनसम्मको ७ किलोमिटर बाटोलाई ठूलीटाँडी र बगुवन जोड्ने साढे २ किलोमिटर तत्काल सुधारर्नुपर्ने भएकाले ५० लाख बिनियोजन गरेको अध्यक्ष गिरीले बताए ।
गाउँपालिका अध्यक्ष घनश्याम गिरीले गाउँपालिकाको मुख्य सडकका रुपमा यी चार वटा सडकलाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गरेको बताए ।
Discussion about this post