Nepal BBC
Monday, September 14, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

महेश सिंह by महेश सिंह
२०८३ श्रावण १२, मंगलवार १६:२२
शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

Loading

महेश सिंहसिरहा लहान – बालविवाह र विद्यालय छोड्ने समस्या अझै पनि चुनौतीका रूपमा रहेको अवस्थामा सिरहाको गोलबजारमा २२ जना जोखिममा रहेका किशोरीलाई शैक्षिक सामग्री वितरण गर्दै उनीहरूको शिक्षा निरन्तरताका लागि सामुदायिक अभियान अघि बढाइएको छ।

मुक्ति नेपालको आयोजनामा श्री जनता माध्यमिक विद्यालय (प्राविधिक), गोलबजार–४ मा सम्पन्न कार्यक्रममा विद्यालय झोला, कापी, ज्यामिती बक्स, डटपेनलगायतका सामग्री वितरण गरिएको हो। कार्यक्रमको मुख्य उद्देश्य आर्थिक तथा सामाजिक कारणले विद्यालय छोड्ने जोखिममा रहेका किशोरीलाई विद्यालयमै टिकाइराख्नु र बालविवाहको सम्भावना घटाउनु रहेको आयोजकले जनाएको छ।

कार्यक्रममा बोल्दै गोलबजार नगरपालिका–४ का वडा अध्यक्ष सकलदेव यादवले किशोरीको शिक्षा सुनिश्चित गर्नु स्थानीय सरकारको पनि जिम्मेवारी भएको बताउनुभयो। उहाँले बालविवाह अन्त्यका लागि कानुनी कारबाही मात्र पर्याप्त नहुने उल्लेख गर्दै शिक्षा, अभिभावकको सचेतना र समुदायको सक्रिय सहभागिता आवश्यक रहेको धारणा राख्नुभयो।

विद्यालयका प्रधानाध्यापक भरत प्रसाद साहले सामान्य शैक्षिक सामग्रीको अभावकै कारण कतिपय विद्यार्थीको पढाइ प्रभावित हुने गरेको यथार्थ औँल्याउँदै यस्ता सहयोगले विद्यालयमा नियमित उपस्थित हुन प्रेरणा मिल्ने बताउनुभयो।

मुक्ति नेपालकी कोषाध्यक्ष बबिता मिश्रले संस्थाले शिक्षा, सुरक्षा र अधिकारलाई केन्द्रमा राखेर किशोरीमैत्री कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिँदै शैक्षिक सामग्री वितरणलाई केवल सहयोग नभई बालविवाह रोकथाम र शिक्षा संरक्षण अभियानको एक हिस्सा भएको बताउनुभयो।

कार्यक्रममा सहभागी अभिभावकहरूले आर्थिक अवस्था कमजोर भएका परिवारका लागि यस्तो सहयोग राहतमात्र नभई छोरीहरूको भविष्य सुरक्षित गर्ने माध्यम बनेको प्रतिक्रिया दिएका थिए। सामग्री प्राप्त गरेका किशोरीहरूले पढाइलाई निरन्तरता दिँदै आफ्नो लक्ष्य हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

मुक्ति नेपालले समुदाय, विद्यालय, स्थानीय तह र अभिभावकबीच समन्वय गर्दै बालविवाह न्यूनीकरण, विद्यालय छोड्ने जोखिममा रहेका किशोरीको पहिचान तथा शिक्षा निरन्तरताका कार्यक्रम आगामी दिनमा पनि विस्तार गर्ने जनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

Next Post
गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

Discussion about this post

ताजा समाचार

युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

२०८३ श्रावण १२, मंगलवार १६:२२
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

२०८३ श्रावण १२, मंगलवार १६:२२
लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०८३ श्रावण १२, मंगलवार १६:२२
मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०८३ श्रावण १२, मंगलवार १६:२२
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०८३ श्रावण १२, मंगलवार १६:२२
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

२०८३ श्रावण १२, मंगलवार १६:२२
लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.