Nepal BBC
Friday, April 17, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सिरहा–सप्तरीमा जलवायु मैत्री कृषि प्रवर्द्धनः करार खेतीदेखि सोलार सिँचाइसम्म उल्लेखनीय प्रगति

महेश सिंह by महेश सिंह
२०८२ चैत्र १७, मंगलवार ०९:०१
सिरहा–सप्तरीमा जलवायु मैत्री कृषि प्रवर्द्धनः करार खेतीदेखि सोलार सिँचाइसम्म उल्लेखनीय प्रगति

Loading

महेश सिंह लहान, सिरहा -जलवायु परिवर्तनका चुनौतीसँग जुध्दै दिगो कृषि प्रणाली विकास र किसान सशक्तीकरण गर्ने उद्देश्यले सञ्चालन भइरहेको “जलवायु मैत्री गाउँ परियोजना–२०८२” अन्तर्गत लहानमा प्रगति समीक्षा तथा योजना निर्माण कार्यशाला सम्पन्न भएको छ।
चैत १६ र १७ गते सम्पन्न उक्त कार्यशालामा सिरहा र सप्तरीका विभिन्न स्थानीय तहका जनप्रतिनिधि, कृषि शाखा प्रमुख, कृषक समूह तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा विगत केही वर्षदेखि सञ्चालनमा रहेका कार्यक्रमहरूको समीक्षा गर्दै आगामी रणनीति तय गरिएको थियो।
सिरहा जिल्लामा सबैभन्दा पहिला करार खेती (Contract Farming) सञ्चालन गरिएको भगवानपुर गाउँपालिका का कृषि शाखा प्रमुख बलबिन्द्र कुमार यादव ले जानकारी दिए। उनका अनुसार भूमिहीन किसानलाई लक्षित गर्दै गोठ सुधार, झोल मल प्रयोग, विषादी उन्मूलनका लागि सुधारिएको चुलो जस्ता कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गरिएको छ।
त्यस्तै सखुवानान्कारकट्टी गाउँपालिका का कृषि शाखा प्रमुख हरि नारायण यादव ले पनि कृषकको जीवनस्तर सुधारमा गोठ व्यवस्थापन र वातावरणमैत्री अभ्यासहरू प्रभावकारी देखिएको बताए।
लक्ष्मीपुरपतारी गाउँपालिका का कृषि शाखा प्रमुख चतुरानन्द चौधरी का अनुसार जैविक तथा गड्यौला मल प्रयोग, सोलार सिँचाइ, तरकारी खेती विस्तार, सरस्वती खोलाको संरक्षण, वृक्षारोपण तथा कृषिमा प्रविधिको पहुँच विस्तारले किसानलाई बचत र आम्दानी वृद्धि गर्न सहयोग पुगेको छ।
सप्तरीको रुपनी गाउँपालिका का कृषि शाखा प्रमुख ओम सागर यादव ले करार खेती, जलवायु उत्थानशील कार्यक्रम तथा महिलामैत्री कृषि औजार वितरणले कृषकलाई थप सशक्त बनाएको बताए।
यस्तै अग्नीसाइर कृष्णसवरण गाउँपालिका मा विगत दुई वर्षमा ८७ वटा कृषक समूह गठन गरिएको जानकारी दिँदै स्थानीय प्रतिनिधिहरूले गोठ मल, टनेल खेती, गाईपालन, सोलार सिँचाइ तथा नदी नियन्त्रणका लागि जाली प्रविधि प्रयोग जस्ता कार्यक्रम प्रभावकारी रहेको बताएका छन्।
विगत केही वर्षदेखि राष्ट्रिय कृषक समूह महासंघ नेपाल ले CARE Nepal को आर्थिक सहयोगमा मधेस प्रदेशका विभिन्न जिल्लामा किसानको जीवनस्तर परिवर्तन र सबलीकरणका लागि कार्यक्रम सञ्चालन गर्दै आएको छ।
परियोजनाअन्तर्गत सिरहा र सप्तरीका ६ वटा पालिकामा उल्लेखनीय प्रगति हासिल भएको निभा साक्य ले जानकारी दिइन्।
कार्यक्रममा महासंघका केन्द्रीय तथा मधेस प्रदेशका सचिव यामुन प्रसाद यादव लगायतको उपस्थिति रहेको र समग्र कार्यक्रमको व्यवस्थापन तथा जानकारी दिलीप साह ले दिएका थिए। जलवायु परिवर्तनको प्रभाव बढ्दै गएको अवस्थामा सिरहा र सप्तरीका स्थानीय तहमा सञ्चालन भएका यस्ता कार्यक्रमले दिगो कृषि, वातावरण संरक्षण र किसानको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्‍याएको देखिएको छ। आगामी दिनमा यस्ता पहललाई अझ विस्तार गर्नुपर्नेमा सहभागीहरूको जोड रहेको छ।

महेश सिंह

महेश सिंह

Related Posts

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०८२ चैत्र १७, मंगलवार ०९:०१
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

२०८२ चैत्र १७, मंगलवार ०९:०१
लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०८२ चैत्र १७, मंगलवार ०९:०१
सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

२०८२ चैत्र १७, मंगलवार ०९:०१
धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

२०८२ चैत्र १७, मंगलवार ०९:०१
घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

२०८२ चैत्र १७, मंगलवार ०९:०१
Next Post
पूर्व विद्यार्थी मञ्चद्वारा कार्यक्रम व्यवस्थापनका लागि मिति र समय निर्धारणमा सुझाव आह्वान

पूर्व विद्यार्थी मञ्चद्वारा कार्यक्रम व्यवस्थापनका लागि मिति र समय निर्धारणमा सुझाव आह्वान

एसईई २०८२ आजदेखि सुरु, पिडरबानी विद्यालयसहित देशभरका विद्यार्थीलाई शुभकामना

एसईई २०८२ आजदेखि सुरु, पिडरबानी विद्यालयसहित देशभरका विद्यार्थीलाई शुभकामना

ओरेकको ३५औँ वार्षिकोत्सव: महिलावादी अभियानमार्फत सामाजिक रूपान्तरणमा जोड

ओरेकको ३५औँ वार्षिकोत्सव: महिलावादी अभियानमार्फत सामाजिक रूपान्तरणमा जोड

Discussion about this post

ताजा समाचार

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०८२ चैत्र १७, मंगलवार ०९:०१
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

२०८२ चैत्र १७, मंगलवार ०९:०१
लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०८२ चैत्र १७, मंगलवार ०९:०१
सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

२०८२ चैत्र १७, मंगलवार ०९:०१
धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

२०८२ चैत्र १७, मंगलवार ०९:०१
घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

२०८२ चैत्र १७, मंगलवार ०९:०१
लैङ्गिक हिंसा न्यूनीकरणदेखि सुशासनसम्म: सामाजिक परीक्षणमा सकारात्मक संकेत

लैङ्गिक हिंसा न्यूनीकरणदेखि सुशासनसम्म: सामाजिक परीक्षणमा सकारात्मक संकेत

२०८२ चैत्र १७, मंगलवार ०९:०१
बालविवाह अन्त्य र स्थानीय सहकार्यमा जोड दिँदै गोलबजारमा मुक्ति नेपालको समिक्षा बैठक सम्पन्न

बालविवाह अन्त्य र स्थानीय सहकार्यमा जोड दिँदै गोलबजारमा मुक्ति नेपालको समिक्षा बैठक सम्पन्न

२०८२ चैत्र १७, मंगलवार ०९:०१
जन्मदिनमा वृक्षारोपण गर्दै नागेश्वर महतोद्वारा सामाजिक सन्देश

जन्मदिनमा वृक्षारोपण गर्दै नागेश्वर महतोद्वारा सामाजिक सन्देश

२०८२ चैत्र १७, मंगलवार ०९:०१

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.