Nepal BBC
Wednesday, October 28, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सप्तरी–४ मा राप्रपा उम्मेदवार रुपकुमार न्यौपानेको चुनावी दौड तीव्र

महेश सिंह by महेश सिंह
२०८२ फाल्गुन २, शनिबार ०८:१४
सप्तरी–४ मा राप्रपा उम्मेदवार रुपकुमार न्यौपानेको चुनावी दौड तीव्र

Loading

महेश सिंह लहान –सप्तरी निर्वाचन क्षेत्र नम्बर–४ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रुपकुमार न्यौपानेले चुनावी अभियानलाई तीव्रता दिएका छन्। विशेषगरी बोदेबरसाईन नगरपालिका–९ देउरीसहित आसपासका बस्तीमा घरदैलो कार्यक्रम गर्दै उनी मतदातासँग प्रत्यक्ष संवादमा जुटेका छन्।
घरदैलोका क्रममा न्यौपानेले देशमा राजनीतिक अस्थिरता, बेरोजगारी, भ्रष्टाचार र आर्थिक संकट बढ्दै गएको उल्लेख गर्दै वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता औंल्याएका छन्। “राजा आउ, देश बचाउ” नारासहित उनले सुशासन, समृद्धि र राष्ट्रिय पहिचानको संरक्षणलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन्। सनातन धर्मको संरक्षण र नेपाललाई पुनः हिन्दू राष्ट्रका रूपमा स्थापना गर्ने विषयमा जनमत निर्माण आवश्यक रहेको उनको भनाइ छ।
उनले कृषक, युवा र साना व्यवसायीका समस्यालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्। कृषि उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने, सिँचाइ र मलबीउ व्यवस्थापनमा सुधार ल्याउने तथा स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने योजनाबारे उनले मतदातालाई जानकारी दिएका छन्।
न्यौपानेले ‘हलो’ चुनाव चिन्हमा मतदान गर्न आग्रह गर्दै विदेशी प्रभाव र दलाली प्रवृत्तिबाट देशलाई मुक्त गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। उनका समर्थकहरूका अनुसार सप्तरी–४ मा धार्मिक आस्था बोकेका तथा इमानदार छविका उम्मेदवारका रूपमा उनीप्रति आकर्षण बढ्दै गएको छ।
यता, अन्य राजनीतिक दलका उम्मेदवारहरू पनि आ–आफ्ना एजेन्डासहित चुनावी मैदानमा सक्रिय छन्। निर्वाचन मिति नजिकिँदै जाँदा सप्तरी–४ मा चुनावी सरगर्मी बढेको छ। मतदाताहरू विकास, सुशासन र स्थायित्वका मुद्दालाई केन्द्रमा राख्दै उम्मेदवारको मूल्यांकनमा जुटेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ फाल्गुन २, शनिबार ०८:१४
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ फाल्गुन २, शनिबार ०८:१४
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ फाल्गुन २, शनिबार ०८:१४
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ फाल्गुन २, शनिबार ०८:१४
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ फाल्गुन २, शनिबार ०८:१४
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ फाल्गुन २, शनिबार ०८:१४
Next Post
औरही–५ मा काङ्ग्रेसको घरदैलो अभियान तीव्र, उम्मेदवार रामचन्द्र यादवको सुशासन प्रतिवद्धता

औरही–५ मा काङ्ग्रेसको घरदैलो अभियान तीव्र, उम्मेदवार रामचन्द्र यादवको सुशासन प्रतिवद्धता

धार्मिक पहिचान र सुशासनको मुद्दा बोकेर न्यौपाने मतदातामाझ

धार्मिक पहिचान र सुशासनको मुद्दा बोकेर न्यौपाने मतदातामाझ

लक्ष्मीपुर पतारीमा कांग्रेसको चुनावी सम्पर्क कार्यालय उद्घाटन, उत्साहजनक सहभागिता

लक्ष्मीपुर पतारीमा कांग्रेसको चुनावी सम्पर्क कार्यालय उद्घाटन, उत्साहजनक सहभागिता

Discussion about this post

ताजा समाचार

लहानमा जय महाकाल युवा समूहको निःशुल्क भोजन वितरण महाअभियान सुरु

लहानमा जय महाकाल युवा समूहको निःशुल्क भोजन वितरण महाअभियान सुरु

२०८२ फाल्गुन २, शनिबार ०८:१४
ग्रामीण नागरिकको आँखाको उपचारमा पहुँच बढाउँदै बर्छवा सामुदायिक युवा मञ्च

ग्रामीण नागरिकको आँखाको उपचारमा पहुँच बढाउँदै बर्छवा सामुदायिक युवा मञ्च

२०८२ फाल्गुन २, शनिबार ०८:१४
नरहा–२ मा जसपा नेपालको ११ सदस्यीय वडा इकाई कमिटी गठन

नरहा–२ मा जसपा नेपालको ११ सदस्यीय वडा इकाई कमिटी गठन

२०८२ फाल्गुन २, शनिबार ०८:१४
सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको निगरानी तीव्र,साढे सात लाखभन्दा बढीका अवैध सामान बरामद

सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको निगरानी तीव्र,साढे सात लाखभन्दा बढीका अवैध सामान बरामद

२०८२ फाल्गुन २, शनिबार ०८:१४
नेसनल लघुवित्तका सीईओ यादवद्वारा पीडित परिवारलाई राहत, लघुवित्तको ऋण शोषणमाथि प्रश्न

नेसनल लघुवित्तका सीईओ यादवद्वारा पीडित परिवारलाई राहत, लघुवित्तको ऋण शोषणमाथि प्रश्न

२०८२ फाल्गुन २, शनिबार ०८:१४
नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

२०८२ फाल्गुन २, शनिबार ०८:१४
नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

२०८२ फाल्गुन २, शनिबार ०८:१४
लहानमा सिरहा प्रहरीको संरक्षणमा बलि प्रर्था सुरु नेपाल प्रहरीले सलामी दिएर बलि प्रर्थालाई बढावा दिदै

लहानमा सिरहा प्रहरीको संरक्षणमा बलि प्रर्था सुरु नेपाल प्रहरीले सलामी दिएर बलि प्रर्थालाई बढावा दिदै

२०८२ फाल्गुन २, शनिबार ०८:१४
लहानको एभरेस्ट डिजिटलमा दसैँ-तिहार अफर, निश्चित खरिदमा दैनिक र बम्पर उपहार जित्ने मौका

लहानको एभरेस्ट डिजिटलमा दसैँ-तिहार अफर, निश्चित खरिदमा दैनिक र बम्पर उपहार जित्ने मौका

२०८२ फाल्गुन २, शनिबार ०८:१४

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.