![]()
महेश सिंह सिरहा- सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सिरहाको नवराजपुर गाउँपालिका–३, जगतपुर थानचोक क्षेत्रमा पर्ने हुलाकी सडकमा अस्थायी ट्राफिक व्यवस्थापन कार्य सुरु गरिएको छ।
हालसालै उक्त क्षेत्रमा सवारीसाधनको तीव्र गतिका कारण दुर्घटनाको घटना बढ्दै गएको पृष्ठभूमिमा सिमा प्रहरी कार्यालय झाझपट्टीका विद्वान् सई पोम्बर यादवको अगुवाइमा अस्थायी ट्राफिक प्रहरी चौकी नवराजपुर, जनपद प्रहरी कर्मचारीहरू र स्थानीय युवाहरूको सहयोगमा सडक सुरक्षाका उपायहरू लागू गरिएको हो।
पहल अन्तर्गत सडकका संवेदनशील स्थानहरूमा डराम (स्पिड ब्रेकर) राखी सवारीको गति नियन्त्रणमा ल्याउने कार्य सम्पन्न गरिएको प्रहरीले जनाएको छ।
सई यादवका अनुसार,“हुलाकी सडकमा तीव्र गतिका कारण दुर्घटनाको जोखिम अत्यधिक बढेको थियो। स्थानीय युवाको सक्रिय सहभागितामा सडकलाई सुरक्षित र व्यवस्थित बनाउन सकिएको छ।”
स्थानीयवासीहरूले यो कदमलाई स्वागत गर्दै भनेका छन् —
“अब सडक पार गर्न सहज भएको छ, दुर्घटनाको सम्भावना घट्नेछ। प्रहरी र युवाहरूको सामूहिक प्रयासले हाम्रो बस्ती थप सुरक्षित भएको महसुस भइरहेको छ।”
नवराजपुर गाउँपालिकाका युवा समर्थक समूहले पनि सडक सुरक्षालाई निरन्तर प्राथमिकतामा राख्ने र आगामी दिनमा सडक चिन्ह, संकेत बोर्ड र चेतनामूलक अभियान सञ्चालन गर्ने तयारी गरिरहेको जनाएको छ।
यो संयुक्त पहललाई स्थानीयहरूले “जनसहभागितामार्फत सुरक्षित सडक अभियानको उत्कृष्ट उदाहरण”का रूपमा सराहना गरेका छन्।














Discussion about this post