![]()
महेश सिंह सिरहा-सनराईज युथ सिरहा सञ्जाल (SYSS) द्वारा आयोजित रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा कुल ३७ जना स्वयंसेवी रक्तदाताहरूले रक्तदान गरेका छन्।
कार्यक्रमलाई ब्लड फर नेपाल (BFN) र अम्बिका अफसेट प्रेसले सहयोग गरेका थिए भने, नेपाल रेडक्रस सोसाइटी, लहानले प्राविधिक सहयोग प्रदान गरेको थियो।
रक्तदान कार्यक्रममा स्थानीय युवाहरू, समाजसेवी तथा विभिन्न संस्थाका प्रतिनिधिहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रायोजक राहुल सिंहले रक्तदानलाई मानवीय सेवा र समाजप्रतिको जिम्मेवारीको प्रतिविम्ब भनेका छन्।
त्यस्तै, सन्क्राइज युथ सिरहा सञ्जालका प्रतिनिधि सन्तोष यादवले रक्तदाताहरूले देखाएको योगदान र सहभागिताले समुदायमा सकारात्मक ऊर्जा र प्रेरणा फैलाएको बताउँदै सबैप्रति आभार व्यक्त गरे।
उनले भने, “हामी सबैको सानो सहयोगले अरूको जीवनमा ठूलो फरक पार्न सक्छ। यो कार्यक्रम त्यसको ज्वलन्त उदाहरण हो।” कार्यक्रमले युवा पुस्तामा सेवाभाव, मानवता र सामाजिक उत्तरदायित्वप्रति चेतना जगाउने अवसर दिएको सहभागीहरूको भनाइ छ।












Discussion about this post