![]()
महेश सिंह सिरहा लहान-शुभ दीपावली र छठ पर्वको अवसरमा लहान–३ रघुनाथपुरस्थित लक्ष्मण ललिता कुञ्ज माध्यमिक विद्यालयमा बिहीबार शुभकामना आदानप्रदान तथा देउसी–भैलो कार्यक्रम सम्पन्न गरिएको छ।
विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.)को उपस्थितिमा सम्पन्न कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक र स्थानीयवासीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रममा वि.व्य.स. अध्यक्ष महेश्वर कुमार कुशवाहाले विद्यार्थीहरूलाई अनुशासन र नियमित अध्ययनमा अग्रसर रहन आग्रह गर्दै पर्वहरूले ल्याउने उज्यालोले समाजमा सहयोग, एकता र सद्भावको सन्देश दिने बताए।
यस अवसरमा २०८२ साल वैशाखदेखि असोज मसान्तसम्म सबैभन्दा बढी विद्यालय उपस्थित हुने विद्यार्थी युवराज महतोलाई वि.व्य.स. तर्फबाट सम्मानपत्र र शुभकामना प्रदान गरिएको थियो। साथै, उच्च उपस्थितिका अन्य विद्यार्थीहरूलाई पनि पुरस्कृत गरिएको विद्यालयले जनाएको छ।
कार्यक्रममा दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नगरवासी, शिक्षाप्रेमी, अभिभावक, व्यापारी, राजनीतिकर्मी र शुभेच्छुकहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गरिएको थियो।














Discussion about this post