Nepal BBC
Wednesday, October 28, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सिरहा र सप्तरीका किसानहरू कृषि प्रसार सेवासँग जोडिँदै

महेश सिंह by महेश सिंह
२०८१ माघ ९, बुधबार २३:४७
सिरहा र सप्तरीका किसानहरू कृषि प्रसार सेवासँग जोडिँदै

Loading

महेश सिंह लहान –कृषि प्रसार सेवामा सुधारको आवश्यकताका बीच सिरहा र सप्तरीका ६ स्थानीय तहका १४ वडामा कृषि अभियान तीव्र रूपमा अघि बढाइएको छ। राष्ट्रिय कृषक समूह महासंघ, नेपालको अगुवाइमा सञ्चालन भइरहेको यस अभियानले हालसम्म १८ सय घरधुरीलाई कृषि सेवासँग जोड्न सफल भएको छ।
समावेशी र दिगो कृषि उत्पादनमा केन्द्रित यस अभियानमा ५ सय कृषक समूहका सदस्यहरू संलग्न भइसकेका छन्। महासंघले कृषक पाठशाला सञ्चालन, जैविक खेतीको प्रवर्द्धन र नीति निर्माणमा स्थानीय सरकारसँग सहकार्य गर्दै कृषकहरूको उत्पादन वृद्धि र आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य लिएको छ।


स्थानीय तहहरूमा कृषि प्रसार सेवा कमजोर हुँदै गएपछि महासंघले स्वयंसेवकहरू परिचालन गर्दै कृषि प्रणालीलाई पुनः सशक्त बनाउन विशेष योजना अघि सारेको छ। महासंघका पदाधिकारीका अनुसार, स्थानीयस्तरमा कृषक समूहहरूसँग सहकार्य गरी उत्पादन वृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याइनेछ।
“कृषि प्रसार प्रणालीलाई मजबुत बनाउन स्वयंसेवकहरू आवश्यक छन्। अहिले अभियानलाई सशक्त बनाउन विभिन्न तहमा समन्वय भइरहेको छ,” महासंघका एक पदाधिकारीले भने।


महासंघले विशेष गरी सिरहा र सप्तरीका दलित समुदायलाई लक्षित गरी करार खेतीको अवधारणा अघि सारेको छ। करार खेतीमार्फत भूमिहीन तथा साना किसानलाई संगठित गर्दै, जैविक मल उत्पादन तथा आधुनिक प्रविधिको प्रयोगमार्फत आयआर्जन बढाउने प्रयास भइरहेको महासंघले जनाएको छ।
साथै, किसानहरूलाई उन्नत बीउ-बिजन, आधुनिक कृषि यन्त्रहरू र जैविक मल उत्पादनमा सहज पहुँच दिलाउन विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएका छन्। सिरहाको भगवानपुर गाउँपालिका–२ मा लक्ष्मी नारायण महिला कृषक समूहले ‘शून्य खनजोत प्रविधि’ अपनाएर गहुँ खेती गर्दा उल्लेख्य सफलता हासिल गरेको छ।
स्थानीय कृषकहरूका अनुसार, परम्परागत रूपमा गहुँ खेती गर्दा प्रति कट्टा ८० केजी उत्पादन हुने गरेकोमा शून्य खनजोत प्रविधि अपनाउँदा ७० केजी उत्पादन भएको छ। तथापि, उत्पादन लागतमा आएको कमीले किसानहरूलाई आर्थिक रूपमा फाइदा पुगेको उनीहरूको भनाइ छ।


कृषकहरूको आयवृद्धि र उत्पादन वृद्धि सुनिश्चित गर्न महासंघले नीति निर्माण तथा संशोधनमा समेत सक्रिय सहभागिता जनाएको छ। महासंघका अनुसार, कृषक पाठशालामार्फत स्थानीय सरकारलाई दिगो कृषि नीति निर्माणका लागि सुझाव दिँदै आएको छ।
“स्थानीय सरकारसँग समन्वय गरी कृषि ऐन तर्जुमा तथा संशोधन प्रक्रियामा पहल भइरहेको छ। कृषक पाठशालामार्फत कृषकहरूलाई जलवायु मैत्री कृषि अभ्यासका बारेमा प्रशिक्षित गराइनेछ,” महासंघका एक पदाधिकारीले भने।
राष्ट्रिय कृषक समूह महासंघ, नेपाल विगत १२ वर्षदेखि कृषकहरूको हकहित संरक्षण, नीति निर्माणमा पैरवी तथा समन्वय गर्दै आएको छ। महासंघले किसानको हक अधिकारका लागि ‘किसानद्वारा, किसानका लागि’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम अघि बढाएको छ।


कृषकहरूको उत्पादन वृद्धिका लागि आधुनिक प्रविधि हस्तान्तरण, अनुदानमा पारदर्शिता, र संस्थागत विकासमा महासंघले जोड दिँदै आएको छ। हाल महासंघले सेवा प्रदायक निकायहरूसँग किसानहरूको पहुँच वृद्धि गरी उत्पादन वृद्धिमा योगदान पुर्याउने लक्ष्य लिएको छ।
महासंघले स्थानीय सरकारसँग सहकार्य गर्दै कृषि बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ। विशेष गरी जलवायु परिवर्तनसँग जुध्नका लागि अनुकूल कृषि अभ्यासहरू अपनाउनु अपरिहार्य रहेको महासंघको धारणा छ।
“स्थानीय सरकारले कृषक अनुकूल नीति तथा कार्यक्रम ल्याउनुपर्नेछ। बजेट विनियोजनमा प्राथमिकता दिनुपर्छ,” महासंघका प्रतिनिधिले भने।
महासंघले कृषि प्रसार सेवामा देखिएका समस्याहरूलाई सम्बोधन गर्दै कृषकहरूलाई सहुलियत ऋण, आधुनिक प्रविधि र उन्नत बीउ-बिजनको व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ।
महासंघका अनुसार, किसानहरूलाई उत्पादनमुखी बनाउन तथा उनीहरूको हकअधिकार सुनिश्चित गर्न दीर्घकालीन रणनीति आवश्यक रहेको छ।


महासंघद्वारा सञ्चालित अभियानका कारण किसानहरू उत्पादन वृद्धि गर्न उत्साहित भएका छन्। सिरहा र सप्तरीका किसानहरू जैविक मल उत्पादन, करार खेती र जलवायु अनुकूल खेती प्रणाली अपनाउँदै आत्मनिर्भर बन्ने दिशामा अघि बढिरहेका छन्।
कृषि विकासमा सहकार्य, नीति निर्माणमा सुझाव तथा थप जानकारीका लागि राष्ट्रिय कृषक समूह महासंघ, नेपालले सबै सरोकारवालालाई समन्वय र सहयोग गर्न आग्रह गरेको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८१ माघ ९, बुधबार २३:४७
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८१ माघ ९, बुधबार २३:४७
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८१ माघ ९, बुधबार २३:४७
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८१ माघ ९, बुधबार २३:४७
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८१ माघ ९, बुधबार २३:४७
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८१ माघ ९, बुधबार २३:४७
Next Post
लहान क्यान्सर केयर सेन्टरको ब्यवस्थापन र स्तरोन्नतिका लागी बैठक

लहान क्यान्सर केयर सेन्टरको ब्यवस्थापन र स्तरोन्नतिका लागी बैठक

मधेश प्रदेशको भाषा विधेयकमाथि थारू समुदायको कडा विरोध, थारू भाषा समावेश गर्न माग

मधेश प्रदेशको भाषा विधेयकमाथि थारू समुदायको कडा विरोध, थारू भाषा समावेश गर्न माग

दुर्गापुरका किसानले अनौठो काउली उत्पादन गर्दै उपभोक्तालाई चकित पारे

दुर्गापुरका किसानले अनौठो काउली उत्पादन गर्दै उपभोक्तालाई चकित पारे

Discussion about this post

ताजा समाचार

लहानमा जय महाकाल युवा समूहको निःशुल्क भोजन वितरण महाअभियान सुरु

लहानमा जय महाकाल युवा समूहको निःशुल्क भोजन वितरण महाअभियान सुरु

२०८१ माघ ९, बुधबार २३:४७
ग्रामीण नागरिकको आँखाको उपचारमा पहुँच बढाउँदै बर्छवा सामुदायिक युवा मञ्च

ग्रामीण नागरिकको आँखाको उपचारमा पहुँच बढाउँदै बर्छवा सामुदायिक युवा मञ्च

२०८१ माघ ९, बुधबार २३:४७
नरहा–२ मा जसपा नेपालको ११ सदस्यीय वडा इकाई कमिटी गठन

नरहा–२ मा जसपा नेपालको ११ सदस्यीय वडा इकाई कमिटी गठन

२०८१ माघ ९, बुधबार २३:४७
सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको निगरानी तीव्र,साढे सात लाखभन्दा बढीका अवैध सामान बरामद

सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको निगरानी तीव्र,साढे सात लाखभन्दा बढीका अवैध सामान बरामद

२०८१ माघ ९, बुधबार २३:४७
नेसनल लघुवित्तका सीईओ यादवद्वारा पीडित परिवारलाई राहत, लघुवित्तको ऋण शोषणमाथि प्रश्न

नेसनल लघुवित्तका सीईओ यादवद्वारा पीडित परिवारलाई राहत, लघुवित्तको ऋण शोषणमाथि प्रश्न

२०८१ माघ ९, बुधबार २३:४७
नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

२०८१ माघ ९, बुधबार २३:४७
नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

२०८१ माघ ९, बुधबार २३:४७
लहानमा सिरहा प्रहरीको संरक्षणमा बलि प्रर्था सुरु नेपाल प्रहरीले सलामी दिएर बलि प्रर्थालाई बढावा दिदै

लहानमा सिरहा प्रहरीको संरक्षणमा बलि प्रर्था सुरु नेपाल प्रहरीले सलामी दिएर बलि प्रर्थालाई बढावा दिदै

२०८१ माघ ९, बुधबार २३:४७
लहानको एभरेस्ट डिजिटलमा दसैँ-तिहार अफर, निश्चित खरिदमा दैनिक र बम्पर उपहार जित्ने मौका

लहानको एभरेस्ट डिजिटलमा दसैँ-तिहार अफर, निश्चित खरिदमा दैनिक र बम्पर उपहार जित्ने मौका

२०८१ माघ ९, बुधबार २३:४७

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...