Nepal BBC
Saturday, June 13, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

नापी कार्यालय भ्रष्टाचारको अखडा,बिना घुस हुँदैन्न काम

महेश सिंह by महेश सिंह
२०८१ जेष्ठ ३, बिहीबार २१:४१
नापी कार्यालय भ्रष्टाचारको अखडा,बिना घुस हुँदैन्न काम

Loading

३सिराह । प्रधानमन्त्री, मन्त्रीदेखि सरकारी निकायका उच्च अधिकारीहरु सम्मले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कुरा पटक-पटक गर्ने गर्छन् । नागरिकलाई सहज सेवाको प्रतिबद्धता दोहोर्‍याउन छाड्दैनन् । तर, सरकारी कार्यालयमा भने भ्रष्टाचार र अनियमितताको अवस्था उस्तै छ । अझ नापी, मालपोतजस्ता कार्यालय त झन् घुसको अखडाकै रुपमा बदनाम छन् । नापी कार्यालय सिरहाका कर्मचारीले हाकाहाकी घुस लिने गरेको फेला परेका छन् ।

नापी कार्यालय, सिरहामा विना घुस कामै नहुने व्यापक जनगुनासोपछि हामी बुधबार कार्यालयमै गयौं । सेवाग्राहीसँग कुरा गर्दै जाँदा हामीले एकजना यस्तै पीडित भेटायौं । एक जना सेबाग्राहिलाई कित्ताकाट गराउनुपर्ने थियो । अंश मुद्दामा मिलापत्र भएपछि कित्ताकाटका लागि उहाँ एक महिनादेखि नापी धाइरहनुभएको छ । तर, उहाँको कामै भएको छैन । कारण हो- घुस दिन नसक्नु ।

नापी सर्वेक्षक जितेन्द्रकुमार ठाकुरले उहाँलाई कित्ताकाटका लागि ४० हजार खर्च लाग्ने बताउनुभयो । तर, उहाँले आफू गरिब भएको भन्दै यसै काम गरिदिन अनुनय गरिरहनुभयो । तर, कर्मचारी मानेनन् । बार्गेनिङपछि उहाँ २० हजारमा काम गरिदिन तयार हुनुभयो ।

आज उहाँ २० हजार बोकेर काम गराउन नापी आउनुभएको थियो । हामीले उहाँलाई पैसा दिन रोक्यौं र घुस माग गरेको कुरा रेकर्ड गर्न लगायौं । हाम्रो योजनाअनुरुप पीडित सेवाग्राहीले कर्मचारीलाई २० हजारभन्दा पनि कम गरिदिन आग्रह गर्छन् । तर, कर्मचारीले भने त्योभन्दा कम हुँदै नहुने भनेका छन् । र, उहाँलाई जतिबेला पनि २० हजार लिएर आउनु अनि काम गराउनु भनेका छन् ।

यो स्टिङ अपरेशनपछि हामीले ती कर्मचारीलाई यसरी घुसबाट उठाउने पैसा आफैँले राख्ने गरेको कि बाँडफाँट गर्ने गरेको छ भनेर सोध्यौं । तर, उनी कार्यालय प्रमुख विशालकुमार झाको मुखतिर हेर्दै केही पनि भनेन् । यस विषयमा कार्यालय प्रमुख झा हाम्रो क्यामेरामा प्रतिक्रिया दिनै तयार हुनुभएन । बरु उहाँले हामीलाई समाचार रोकिदिन आग्रह गरिरहनुभयो ।

सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले यो अख्तियारसँग सम्बन्धित विषय भएको र आफ्नो क्षेत्राधिकारको विषय नभएको गैरजिम्मेवार प्रतिक्रिया दिँदै पन्छिनुभयो ।

नापी कार्यालयलगायत सिरहाका सरकारी अड्डाहरूमा घुसबिना कामै नहुने कुरा ओपन सेक्रेट जस्तै छ । जसलाई यो घटनाले पुष्टि नै गरेको छ । यस विषयमा सरोकारवाला निकायका जिम्मेवार भनिएका पदाधिकारीहरुको गैरजिम्मेवार रबैया र जवाफले उनीहरूको भूमिकामाथि शंका गर्ने ठाउँ दिएको छ ।

महेश सिंह

महेश सिंह

Related Posts

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८१ जेष्ठ ३, बिहीबार २१:४१
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८१ जेष्ठ ३, बिहीबार २१:४१
बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

२०८१ जेष्ठ ३, बिहीबार २१:४१
अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

२०८१ जेष्ठ ३, बिहीबार २१:४१
सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

२०८१ जेष्ठ ३, बिहीबार २१:४१
राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०८१ जेष्ठ ३, बिहीबार २१:४१
Next Post
मिटर ब्याज पीडित संघर्ष समितिद्वारा सरकारलाई चेतावनी

मिटर ब्याज पीडित संघर्ष समितिद्वारा सरकारलाई चेतावनी

नेपालको उच्चस्तरीय सहजकर्ता प्रदीप बिष्टद्वारा भासण कलाको तालीम सम्पन्न

नेपालको उच्चस्तरीय सहजकर्ता प्रदीप बिष्टद्वारा भासण कलाको तालीम सम्पन्न

नशा ईन्स्टिच्युट द्वारा उत्कृष्ट विद्यार्थीलाई सम्मान

नशा ईन्स्टिच्युट द्वारा उत्कृष्ट विद्यार्थीलाई सम्मान

Discussion about this post

ताजा समाचार

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०८१ जेष्ठ ३, बिहीबार २१:४१
सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

२०८१ जेष्ठ ३, बिहीबार २१:४१
बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

२०८१ जेष्ठ ३, बिहीबार २१:४१
वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

२०८१ जेष्ठ ३, बिहीबार २१:४१
औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

२०८१ जेष्ठ ३, बिहीबार २१:४१
भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

२०८१ जेष्ठ ३, बिहीबार २१:४१
दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

२०८१ जेष्ठ ३, बिहीबार २१:४१
भगवानपुरमा १५ दिने मुढा बनाउने सीपमूलक तालिम सम्पन्न, १६ महिला लाभान्वित

भगवानपुरमा १५ दिने मुढा बनाउने सीपमूलक तालिम सम्पन्न, १६ महिला लाभान्वित

२०८१ जेष्ठ ३, बिहीबार २१:४१
सखुवानान्कारकट्टीमा जलवायुमैत्री कृषि अभ्यासबारे अन्तरक्रिया, किसानहरूलाई सचेत बनाउने प्रयास

सखुवानान्कारकट्टीमा जलवायुमैत्री कृषि अभ्यासबारे अन्तरक्रिया, किसानहरूलाई सचेत बनाउने प्रयास

२०८१ जेष्ठ ३, बिहीबार २१:४१

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.