Nepal BBC
Thursday, September 17, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

यातायात सवारी चालकका प्रमुख गौतम मालामाल, नियमनकारी निकाय मौन

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ चैत्र १४, मंगलवार ०२:३९
यातायात सवारी चालकका प्रमुख गौतम मालामाल, नियमनकारी निकाय मौन

Loading

वीरगंज । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र वीरगंजमा आउदो १९ गते देखि अनुमतिपत्र (लाईसेन्स) दिने प्रक्रिया निश्चित भए लगतै कार्यालय प्रमुख कमल गौतमले सेवाग्रहीहरुबाट रकम असुल्ने बिचौलिया परिचालन गरेको समाचार प्राप्त हुन आएको छ ।

वीरगंजमा अनुमतिपत्र (लाईसेन्स) रकममा विक्री हुने गरेको बदनामी कमाएका सवारी चालक अनुमतिपत्र कार्यालयले गत माघ महिनामा करोडौं करोड रकम असुल गरी फागुन महिनामा बन्द गरी यही आउदो १९ गते देखि लाईसेन्स विक्री गर्ने बिचौलियाहरु परिचालन गरेको स्रोतले जनाएको छ ।

प्रमुख गौतमको विश्वासपात्र मानिएका सह–लेखापाल मनोज निरौला र कार्यालय सहयोगी शम्भु गुरुङ्ग लगायतकालाई रकम असुल्ने बिचौलियाको रुपमा परिचालन गरेको स्रोतले जनाएको छ । वर्षौ वर्ष देखि शम्भु गुरुङ्ग करारका रुपमा कार्यरत्त कार्यालय सहयोगी भए पनि उनको म्याद जो सुकै कार्यालय प्रमुख आए पनि थप्ने गरेको बताईन्छ । गुरुङ्ग कार्यालय सहयोगी भए पनि उनी वीरगंजदेखि चितवनसम्म घडेरी र आलिशान महल जोडन सफल व्यक्तिको रुपमा परिचित रहेका छन् ।

गत माघ महिनामा फेल हुने सेवाग्रहीहरुलाई पास गराई करोडौ करोड दम्पच गरेका गौतमको कालाकर्तुतहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ट्रायलमा राखिएका सिसिटिभी क्यामराको फुटेज चेक गरी अनुसन्धान गरेमा सहजै प्रमाण भेटन सकिने छ । ट्रायल सेन्टरमा ट्रायल भईरहेको कतिपय अवस्थामा सिसिटिभी क्यामरा बन्द गरी वा बिगारे जस्तो गरी गौतमका भ्रष्टाचारी दुतहरु विभिन्न बहाना बनाउने गरेको स्रोतको कथन रहेको छ ।

वीरगंजमा लाईसेन्स विक्री हुने गरेको सर्वत्र चर्चा हुन थाले पछि यस आसपास लगायत बारा, रौतहट, हेटौडा, सिन्धुपालचोक, चितवन लगायत भित्रि पहाडी भेगबाट सेवाग्रहीहरु आउने गरेको बताईन्छ । मोटरसाईकल, कार, जिप, हेभी लगायतका अनुमतिपत्रहरु कार्यालयले आन्तरिक रुपमा तोके बमोजिमको घुुसको रकम तिरेर सहजै तरिकाले सेवाग्रहीहरु पाउने भए पछि भिडभाड बाक्लो नै हुने गरेको पाईन्छ । प्रमुख गौतमले यस भन्दा अगाडि सोही कार्यालयमा भारतीय अनुमतिपत्रहरु नेपालीकरण गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट निलम्बनमा परी विभिन्न शक्ति केन्द्र धाई निलम्बन फुकुवा गराई पुनः भ्रष्टाचारको कार्यलाई तिब्रता दिएको स्रोतले जनाएको छ ।

भ्रष्टाचार गर्नमा सिपालु मानिएका गौतमले जिल्ला प्रशसान कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा, भौतिक पूर्वाधार विकास मन्त्रालय मधेश प्रदेश, यातायात व्यवस्था विभाग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतको नियमनकारी गर्ने निकायमा गौतमले गर्दै गरेका कालाकर्तुतहरुको भागवण्डा दिने गरेको सोही कार्यालयमा कार्यरत्त एक कर्मचारीले नाम नछाप्ने शर्तमा बताए ।

यस सन्दर्भमा प्रमुख गौतम संग पटक–पटक मोबाईल फोन सम्पर्क गरी प्रतिक्रिया लिन खोज्दा मोबाईलको स्विच अफ रहेको पाईयो ।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ चैत्र १४, मंगलवार ०२:३९
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ चैत्र १४, मंगलवार ०२:३९
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ चैत्र १४, मंगलवार ०२:३९
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ चैत्र १४, मंगलवार ०२:३९
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ चैत्र १४, मंगलवार ०२:३९
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ चैत्र १४, मंगलवार ०२:३९
Next Post
भगवानपुर तताउदै कलाकार प्रीती पासवान

भगवानपुर तताउदै कलाकार प्रीती पासवान

भगवानपुर तताउदै कलाकार प्रीती पासवान

भगवानपुर तताउदै कलाकार प्रीती पासवान

गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ

गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ

Discussion about this post

ताजा समाचार

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०७९ चैत्र १४, मंगलवार ०२:३९
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०७९ चैत्र १४, मंगलवार ०२:३९
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०७९ चैत्र १४, मंगलवार ०२:३९
मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०७९ चैत्र १४, मंगलवार ०२:३९
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०७९ चैत्र १४, मंगलवार ०२:३९
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

२०७९ चैत्र १४, मंगलवार ०२:३९
लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०७९ चैत्र १४, मंगलवार ०२:३९

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.