Nepal BBC
Thursday, June 18, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

गुल्मीको सत्यवतीमा तामा र फलाम खानीको अध्ययन सुरु

महेश सिंह by महेश सिंह
२०७९ पुष ८, शुक्रबार ०५:३३
गुल्मीको सत्यवतीमा तामा र फलाम खानीको अध्ययन सुरु

Loading

काठमाडौं -पुष ८ – भूगर्भविद्हरुले गुल्मीमा तामा, फलाम र सिसा खानी रहे–नरहेको बारे अनुसन्धान सुरु गरेका छन् । त्रिभुवन विश्वविद्यालयअन्तर्गत भूगर्भ शास्त्र विभागका प्राध्यापक डा. कविराज पौडेलको नेतृत्वमा ९ जनाको समूहले सत्यवती गाउँपालिका–८ भार्सेमा तामा, फलाम र सिसा खानीको अनुसन्धान सुरु गरेको हो ।

गुल्मीको रुरुक्षेत्र गाउँपालिका–६ रिमुवा निवासी पौडेलले आफूले भूगर्भ शास्त्र पढाइरहेका विद्यार्थीमार्फत अध्ययन/अनुसन्धान सुरु गरेको जानकारी दिए । ‘मेरो प्राध्यापनको विषय नै यही भएकाले विद्यार्थीहरूसहित अध्ययनमा लागेको हुँ,’ उनले भने, ‘विद्यार्थीहरु फिल्डवर्क क्रममा भार्सेमा खटिएको र खानीको सम्भाव्यताबारे अध्ययन गर्नेछौं ।’

भार्सेमा राणा शासनकालमा तामा, फलामलगायतका खानीको उत्खनन गरिएको स्थानीयको भनाइ छ । त्यतिबेला खानी उत्खनन गर्दा देउराली, चाहारे, भैंसे, झुलेनी, चालपात, लुराङ्ग, पैयाँपाटा, खैरेनी र खाडा गाउँमा बनेका ठूल्ठूला खाडल र सुरुङहरू अहिले पनि देख्न सकिन्छ । ‘भार्सेको भैंसेदेउरालीका पुराना मान्छेले पहिले तामा निकालेका खाडल देखाउँछन्,’ पौडेलले भने, ‘अहिले पनि ती ठाउँमा ठूल्ठूला खाडल देख्न सकिन्छ ।’ सो क्षेत्रमा खनिज उत्खननको सम्भावना रहेकाले त्यसको अवस्था, सम्भावना र खनिज पदार्थको परिणाम पत्ता लगाउन अध्ययन जरुरी रहेको उनको भनाइ छ ।

भूगर्भविद्हरूले खानीको अध्ययन सुरु गरेपछि गाउँपालिकाले पनि चासो राखेको छ । अध्ययन टोलीले प्रारम्भिक अध्ययन गरेपछि सम्भावना राम्रो देखिएमा विस्तृत अध्ययन र परीक्षणका लागि आफूहरूले पहल गर्ने सत्यवती गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेले बताए । ‘अनुसन्धानका क्रममा तामा, फलाम र सिसा रहेको साबित भएमा गाउँपालिकाले उत्खनन सुरु गर्नेछ,’ उनले भने, ‘यहाँको खानी उत्खनन गर्न सकियो भने उत्पादन र रोजगारीमार्फत आर्थिक रूपमा सम्पन्न बनाउन सकिनेछ ।’ अहिले नमुना परीक्षणको मात्रै काम सुरु भएकाले अनुसन्धानले तामा र फलामको गुणस्तर पनि पत्ता लाग्ने उनले बताए । अनुसन्धानपछि तामा र फलाम खानीको गहिराई पहिचान हुनुका साथै त्यसको मात्रा पनि निर्धारण हुने उनले जनाए ।

‘अहिले सामान्य नमुना मात्रै परीक्षणका लागि लगिएको छ, त्यसको नतिजा आइसकेपछि पुनः अनुसन्धान हुनेछ,’ उनले भने, ‘यदी गुणस्तरीय तामा र फलाम खानी भेटियो भने केन्द्र सरकारको अनुमतिमा गाउँपालिकाले आफैं वा निजी क्षेत्रलाई उत्खननका लागि दिन पनि सक्छौं ।’ खानी पत्ता लागेमा गाउँपालिकाले रोयल्टी लिने गरी खानीको जिम्मा केन्द्र सरकारलाई नै दिन पनि सक्ने उनको भनाइ छ ।

तत्कालीन गुल्मी राज्यअन्तर्गतको अर्कुलका लागि तामा र फलाम उत्खनन गर्न विसं १७५० को दशकमा मगर समुदायका ३ परिवार भार्सेमा आई बसेको इतिहास छ । तर, सरकारले खानीजन्य गतिविधिमा प्रतिबन्ध लगाएपछि यहाँ भइरहेको उत्खननकार्य बन्द भएको थियो । सम्भार कान्तिपुर 

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ पुष ८, शुक्रबार ०५:३३
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ पुष ८, शुक्रबार ०५:३३
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ पुष ८, शुक्रबार ०५:३३
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ पुष ८, शुक्रबार ०५:३३
बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

२०७९ पुष ८, शुक्रबार ०५:३३
अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

२०७९ पुष ८, शुक्रबार ०५:३३
Next Post
लहानका दर्जनौं बिधालयका विद्यार्थीलाई मनोपरामर्श तालीम

लहानका दर्जनौं बिधालयका विद्यार्थीलाई मनोपरामर्श तालीम

नव निर्बाचित सांसद ढकालद्वारा आभार ब्यक्त

नव निर्बाचित सांसद ढकालद्वारा आभार ब्यक्त

मधेस प्रदेश सभा सदस्य गुप्ताद्वारा कुस्तीको उदघाटन

मधेस प्रदेश सभा सदस्य गुप्ताद्वारा कुस्तीको उदघाटन

Discussion about this post

ताजा समाचार

महिला सशक्तीकरणका लागि ७ दिने लेडिज चप्पल बनाउने तालिम सुरु

महिला सशक्तीकरणका लागि ७ दिने लेडिज चप्पल बनाउने तालिम सुरु

२०७९ पुष ८, शुक्रबार ०५:३३
आर्थिक सशक्तीकरणका लागि वित्तीय साक्षरतामा मुक्ति नेपालको पहल

आर्थिक सशक्तीकरणका लागि वित्तीय साक्षरतामा मुक्ति नेपालको पहल

२०७९ पुष ८, शुक्रबार ०५:३३
सिरहामा कृषि र पोषण सचेतना बढाउन मेला आयोजना

सिरहामा कृषि र पोषण सचेतना बढाउन मेला आयोजना

२०७९ पुष ८, शुक्रबार ०५:३३
जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

२०७९ पुष ८, शुक्रबार ०५:३३
योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

२०७९ पुष ८, शुक्रबार ०५:३३
लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०७९ पुष ८, शुक्रबार ०५:३३
सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

२०७९ पुष ८, शुक्रबार ०५:३३
बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

२०७९ पुष ८, शुक्रबार ०५:३३
वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

२०७९ पुष ८, शुक्रबार ०५:३३

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.