![]()
महेश सिंह, लहान सिरहा –सिरहाको लहान नगरपालिका–२, मिलनचोकस्थित गोल्डेन फ्युचर एकेडेमीले नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।
विद्यालयमा आयोजित कार्यक्रममा अध्ययनरत विद्यार्थी तथा कार्यरत शिक्षक–शिक्षिकालाई विद्यालयका प्रिन्सिपल उपेन्द्र यादवले टीका र जमरा लगाइदिँदै दसैँको शुभकामना व्यक्त गर्नुभएको थियो। टीका र जमरासहित आशीर्वाद ग्रहण गरेपछि विद्यार्थी तथा शिक्षक–शिक्षिका दसैँ मनाउन आ–आफ्नो घर फर्किएका थिए।
विजया दशमी सत्य, न्याय, सदाचार र सद्भावको प्रतीकका रूपमा लिइन्छ। हिन्दु धार्मिक मान्यताअनुसार देवी दुर्गाले महिषासुरमाथि र भगवान् श्रीरामले रावणमाथि विजय प्राप्त गरेको प्रसङ्गसँग जोडिएको यस पर्वले असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजय हुने सन्देश दिन्छ।
दसैँको अवसरमा विद्यालयमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमले विद्यार्थी तथा शिक्षक–शिक्षिकाबीच आत्मीयता, आपसी सद्भाव र सांस्कृतिक परम्पराप्रतिको सम्मान अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
गोल्डेन फ्युचर एकेडेमीले विद्यालयको शैक्षिक वातावरणलाई व्यवस्थित, सुन्दर र विद्यार्थीमैत्री बनाउँदै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। विद्यार्थीको शैक्षिक विकाससँगै नैतिक मूल्य, अनुशासन र संस्कृतिप्रतिको सम्मान अभिवृद्धिलाई समेत प्राथमिकता दिँदै आएको विद्यालयले चाडपर्वका अवसरमा यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ।














Discussion about this post