Nepal BBC
Friday, September 11, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

महेश सिंह by महेश सिंह
२०८३ जेष्ठ १०, आईतवार १३:४४
सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

Loading

महेश सिंह सिरहा लहान – सिरहाको भगवानपुर गाउँपलिका वडा नं. २ को नरहा गाउँमा सार्वजनिक सडकमै घर निर्माण गरिएको विषयले स्थानीय तहमा विवाद चर्किएको छ। गाउँका स्थानीयवासीले नहरदेखि लरहा–गेरुवाहा जोड्ने मुख्य सडक अवरुद्ध हुँदा दैनिक जीवन नै प्रभावित भएको बताएका छन्।

स्थानीयका अनुसार गाउँपालिका अध्यक्ष उग्रनारायण यादवका ड्राइभर शिवकुमार यादवले सडक क्षेत्रमै संरचना निर्माण गरेका हुन्। उक्त विषय सामाजिक सञ्जालमा भाइरल भएपछि घटनाले थप चर्चा पाएको छ। स्थानीयहरूले सडक बन्द हुँदा पैदल यात्रु, मोटरसाइकल तथा आकस्मिक सेवासमेत प्रभावित भएको बताएका छन्।

गाउँका बासिन्दाले सडक अतिक्रमणमा राजनीतिक संरक्षण रहेको आरोप लगाएका छन्। उनीहरूका अनुसार वडा सदस्य कुन्देश्वर यादवको आडमा सार्वजनिक बाटो बन्द गरिएको हो। “पहिलेदेखि सञ्चालनमा रहेको बाटो नै बन्द भएपछि गाउँभित्र आउजाउ गर्न समस्या भएको छ,” एक स्थानीयले बताए।

स्थानीयवासीले उक्त क्षेत्रमा पुरानै बस्ती रहेको र वर्षौंदेखि प्रयोग हुँदै आएको बाटो अचानक अवरुद्ध गरिनु दुःखद भएको बताएका छन्। उनीहरूले विकासको नाममा गाउँमा राजनीतिक विभाजन र प्रतिशोधको वातावरण सिर्जना भइरहेको आरोपसमेत लगाएका छन्।

यसैबीच, गाउँपालिका उपाध्यक्ष रेखा यादवका श्रीमान् दुनियालाल यादवमाथि पनि गाउँमा विवाद बढाउन भूमिका खेलेको आरोप लागेको छ। केही युवाहरूलाई प्रभावमा पारेर पक्ष–विपक्ष बनाउने प्रयास भइरहेको स्थानीयको दाबी छ।

घटनापछि स्थानीय युवाहरूले सार्वजनिक सडक तत्काल खुला गर्न माग गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। उनीहरूले घटनास्थलको निष्पक्ष अनुगमन गरी वास्तविकता सार्वजनिक गर्न सञ्चारकर्मीहरूसँग आग्रह गरेका छन्।

यस विषयमा अध्यक्ष उग्रनारायण यादव तथा सम्बन्धित पक्षसँग प्रतिक्रिया लिन खोजिए पनि समाचार तयार पार्दासम्म आधिकारिक धारणा प्राप्त हुन सकेको छैन।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८३ जेष्ठ १०, आईतवार १३:४४
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८३ जेष्ठ १०, आईतवार १३:४४
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८३ जेष्ठ १०, आईतवार १३:४४
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८३ जेष्ठ १०, आईतवार १३:४४
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८३ जेष्ठ १०, आईतवार १३:४४
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८३ जेष्ठ १०, आईतवार १३:४४
Next Post
अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

Discussion about this post

ताजा समाचार

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

२०८३ जेष्ठ १०, आईतवार १३:४४
नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०८३ जेष्ठ १०, आईतवार १३:४४
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०८३ जेष्ठ १०, आईतवार १३:४४
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०८३ जेष्ठ १०, आईतवार १३:४४
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०८३ जेष्ठ १०, आईतवार १३:४४
लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

२०८३ जेष्ठ १०, आईतवार १३:४४
विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

२०८३ जेष्ठ १०, आईतवार १३:४४
नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

२०८३ जेष्ठ १०, आईतवार १३:४४
विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०८३ जेष्ठ १०, आईतवार १३:४४

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.