![]()
महेश सिंह लहान मधेस–मधेसीको पहिचान, स्वाभिमान र सुशासनका लागि जनतामाझ निरन्तर संवाद
सिरहा — सिरहा निर्वाचन क्षेत्र नं. १ मा जनता समाजवादी पार्टी (ज.स.पा.) नेपालका उम्मेदवार सत्यनारायण यादव दिनानुदिन बलियो राजनीतिक विकल्पका रूपमा स्थापित हुँदै गएका छन्। उनी निरन्तर गाउँ–टोलमा पुगेर आम नागरिक, युवा, महिला तथा विभिन्न समुदायसँग प्रत्यक्ष भेटघाट र संवाद गर्दै जनसमर्थन विस्तार गरिरहेका छन्।
उम्मेदवार यादवले आफ्नो उम्मेदवारी मधेस र मधेसी समुदायको पहिचान, स्वाभिमान र अधिकारको रक्षा तथा स्थापनाका लागि भएको स्पष्ट पार्दै आएका छन्। उनले मधेस र मधेसी जनतालाई वर्षौंदेखि उत्पीडनमा पार्दै आएको शासकीय प्रवृत्तिको अन्त्य गर्दै सामाजिक न्यायसहितको सुशासन र समृद्ध मधेस निर्माण नै आफ्नो मूल उद्देश्य रहेको बताए।
भेटघाटका क्रममा यादवले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, सिँचाइ तथा आधारभूत पूर्वाधार जस्ता जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयलाई प्राथमिकतामा राख्दै आफ्ना योजनाहरू प्रस्तुत गरिरहेका छन्। स्थानीय समस्या सुन्ने र समाधानका लागि आवाज उठाउने प्रतिबद्धताले जनतामा भरोसा बढ्दै गएको स्थानीयहरूको भनाइ छ।
स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूका अनुसार सत्यनारायण यादवको सरल, जनमैत्री र संघर्षशील राजनीतिक छविले सिरहा क्षेत्र नं. १ मा ज.स.पा. नेपालको जनाधार थप मजबुत बन्दै गएको छ। उनीप्रतिको बढ्दो जनसमर्थनले आगामी निर्वाचनमा परिणाम प्रभावकारी हुने संकेत देखिएको छ।














Discussion about this post