Nepal BBC
Wednesday, November 19, 2025
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

विद्यालयको मुद्दा टुङ्गिएको दाबीबीच सञ्चारमा ‘चरित्र हत्या’को आरोप

महेश सिंह by महेश सिंह
२०८२ जेष्ठ ६, मंगलवार ०७:१०
विद्यालयको मुद्दा टुङ्गिएको दाबीबीच सञ्चारमा ‘चरित्र हत्या’को आरोप

Loading

नेपाल थारु सङ्घको चेतावनी : तथ्यविना समाचार प्रकाशनले लोकतन्त्रमै प्रश्न
महेश सिंह लहान- लहान नगरपालिका–१ स्थित पशुपति आदर्श माविमा नौ वर्षअघिको पसल भाडा रकमसम्बन्धी विवादमा अदालतबाट फैसला आइसकेको अवस्थामा पुनः सञ्चारमाध्यममा व्यक्तिको नाम जोडेर समाचार प्रकाशन भएकोप्रति नेपाल थारु सङ्घले आपत्ति जनाएको छ।
नेपाल थारु सङ्घका अध्यक्ष अजय कुमार चौधरीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै अदालतको फैसलालाई उपेक्षा गर्दै नियोजित रुपमा ‘चरित्र हत्या’ गर्ने प्रयास भएको गम्भीर आरोप लगाएका हुन्। उनले फैसलापछि समेत पूर्वमन्त्रीसमेत रहेका विद्यालय दाता परिवारमाथि सार्वजनिक रूपमा बदनाम गराउने उद्देश्यले समाचार सम्प्रेषण गरिएको दाबी गरेका छन्।
“अदालतले उजुरीको आधारमा मुद्दा हेरी फैसला गरिसकेको छ,” विज्ञप्तिमा भनिएको छ, “तर अझै पनि केही सञ्चारमाध्यमले व्यक्तिगत आस्था र प्रतिष्ठामाथि आघात पुग्ने गरी समाचार सम्प्रेषण गरिरहेका छन्।”
विद्यालयले लहान नगरपालिकामा पेश गरेको दस्तावेजअनुसार सो मुद्दा जिल्ला अदालत सिरहामा विचाराधीन रही वैशाख १५ गते वादीको दावी नपुगेको ठहरसहित खारेज भइसकेको छ। त्यसपछि पनि पुनः सञ्चारमाध्यममा उठाइएको विषयले कानुनी प्रक्रिया र पत्रकारिता आचरणमाथि प्रश्न उठाएको थारु सङ्घको ठहर छ।
चौधरीले भने, “संविधानमा प्रेस स्वतन्त्रता ग्यारेन्टी गरिए पनि त्यो जिम्मेवारीबिनाको स्वतन्त्रता हुन सक्दैन। अदालतको फैसलापछि पुनः यस्ता समाचार आउनु प्रेस आचारसंहिताविपरीत हो।”
उनले यस्ता घटनाले संवैधानिक निकाय, सञ्चार क्षेत्र र नागरिक अधिकारप्रतिको भरोसामै आँच पुग्ने बताए। थारु सङ्घले यस्ता समाचार कसरी सार्वजनिक भए, कसले सूचनाको चुहावट गर्‍यो भन्नेबारे गम्भीर छानबिन हुनुपर्नेमा जोड दिएको छ।
“यदि नगरपालिका वा अन्य सरकारी संयन्त्रबाट जानकारी चुहिएको हो भने, त्यो आफैमा आपराधिक नियत हो,” विज्ञप्तिमा भनिएको छ, “दोषी जो–कोही होस्, कानुनी कठघरामा ल्याइनुपर्छ।”
चौधरीले निष्पक्ष र तथ्यमा आधारित पत्रकारिता गर्न आग्रह गर्दै सञ्चारमाध्यमलाई ‘प्रचार’ र ‘विचार’ बीचको सन्तुलन कायम राख्न चेतावनी दिएका छन्।
नेपाल थारु सङ्घको विज्ञप्तिसँगै सो विवादमा पुनः बहस चर्किने सम्भावना देखिएको छ। स्थानीय तह, सञ्चारकर्मी र सरोकारवाला निकायबीच पारदर्शिता र जवाफदेहिताको सवालमा नयाँ बहस शुरु भएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

चन्द्रा शत्रुघ्न क्याम्पसमा नयाँ ४ कोठे भवनको शिलान्यास

चन्द्रा शत्रुघ्न क्याम्पसमा नयाँ ४ कोठे भवनको शिलान्यास

२०८२ जेष्ठ ६, मंगलवार ०७:१०
भगवानपुरमा पाँचौं अन्तरवडा क्रिकेट प्रतियोगिता : खेलप्रेमीहरूलाई उपस्थितिका लागि आग्रह

भगवानपुरमा पाँचौं अन्तरवडा क्रिकेट प्रतियोगिता : खेलप्रेमीहरूलाई उपस्थितिका लागि आग्रह

२०८२ जेष्ठ ६, मंगलवार ०७:१०
प्रहरीकै संलग्नतामा धनुषामा किशोरी बलात्कार

प्रहरीकै संलग्नतामा धनुषामा किशोरी बलात्कार

२०८२ जेष्ठ ६, मंगलवार ०७:१०
लहान नगरपालिकाद्वारा सहिद बिजय चौधरी परिवारलाई राहत, रोजगारी र शिक्षा सुविधा दिने

लहान नगरपालिकाद्वारा सहिद बिजय चौधरी परिवारलाई राहत, रोजगारी र शिक्षा सुविधा दिने

२०८२ जेष्ठ ६, मंगलवार ०७:१०
माओवादी नेता महतोको घरमा भव्य बिश्वकर्मा पूजा

माओवादी नेता महतोको घरमा भव्य बिश्वकर्मा पूजा

२०८२ जेष्ठ ६, मंगलवार ०७:१०
मुक्ति नेपालद्वारा ६१औं राष्ट्रिय बाल दिवस, हाजिरी जवाफ प्रतियोगिता मनायो

मुक्ति नेपालद्वारा ६१औं राष्ट्रिय बाल दिवस, हाजिरी जवाफ प्रतियोगिता मनायो

२०८२ जेष्ठ ६, मंगलवार ०७:१०
Next Post
लक्ष्मण ललिता मा.वि.मा पहिलो चरणको पाठ्यपुस्तक वितरण सयौं विद्यार्थीले पाए पुस्तक

लक्ष्मण ललिता मा.वि.मा पहिलो चरणको पाठ्यपुस्तक वितरण सयौं विद्यार्थीले पाए पुस्तक

लक्ष्मीपुरतारीमा आगलागी:अज्ञात समूहद्वारा पेट्रोल छर्किएर आगजनी,१४ लाखबराबरको क्षति

लक्ष्मीपुरतारीमा आगलागी:अज्ञात समूहद्वारा पेट्रोल छर्किएर आगजनी,१४ लाखबराबरको क्षति

लक्ष्मीपुरतारीमा आगलागी:अज्ञात समूहद्वारा पेट्रोल छर्किएर आगजनी,१४ लाखबराबरको क्षति

लक्ष्मीपुरपतारीमा आगलागी:अज्ञात समूहद्वारा पेट्रोल छर्किएर आगजनी,१४ लाखबराबरको क्षति

Discussion about this post

ताजा समाचार

बिष्णुपुरमा अध्ययन–संस्कृति विकासका लागि जेनजी पुस्ताको पुस्तकालय अभियान

बिष्णुपुरमा अध्ययन–संस्कृति विकासका लागि जेनजी पुस्ताको पुस्तकालय अभियान

२०८२ जेष्ठ ६, मंगलवार ०७:१०
ऋण लिएर विदेश गएका ठाकुर रोगसँगै घर फर्किए, समुदायको पहलमा आर्थिक सहारा

ऋण लिएर विदेश गएका ठाकुर रोगसँगै घर फर्किए, समुदायको पहलमा आर्थिक सहारा

२०८२ जेष्ठ ६, मंगलवार ०७:१०
विद्यालयमै आत्मरक्षा प्रशिक्षण : अर्नमाका किशोरीहरू व्यवहारिक सीपमा सुदृढ

विद्यालयमै आत्मरक्षा प्रशिक्षण : अर्नमाका किशोरीहरू व्यवहारिक सीपमा सुदृढ

२०८२ जेष्ठ ६, मंगलवार ०७:१०
राजर्षि विश्वविद्यालय सम्बन्धन सहित BBA–BCA सञ्चालन,विद्यार्थी–अभिभावकको उत्साहजनक उपस्थिति

राजर्षि विश्वविद्यालय सम्बन्धन सहित BBA–BCA सञ्चालन,विद्यार्थी–अभिभावकको उत्साहजनक उपस्थिति

२०८२ जेष्ठ ६, मंगलवार ०७:१०
मधेसमा स्वास्थ्य रूपान्तरण : लहानमा ‘सम्पूर्ण कान स्वास्थ्य केन्द्र’ सञ्चालन

मधेसमा स्वास्थ्य रूपान्तरण : लहानमा ‘सम्पूर्ण कान स्वास्थ्य केन्द्र’ सञ्चालन

२०८२ जेष्ठ ६, मंगलवार ०७:१०
समस्या नघटे व्यापारी पलायन हुनुपर्छ’—अध्यक्ष सारडाको चेतावनी

समस्या नघटे व्यापारी पलायन हुनुपर्छ’—अध्यक्ष सारडाको चेतावनी

२०८२ जेष्ठ ६, मंगलवार ०७:१०
मधेस प्रदेशमा जनमत पार्टीको विरोध प्रदर्शन: पूर्ण स्वायत्तता र अधिकारको माग

मधेस प्रदेशमा जनमत पार्टीको विरोध प्रदर्शन: पूर्ण स्वायत्तता र अधिकारको माग

२०८२ जेष्ठ ६, मंगलवार ०७:१०
सिरहामा एमालेको विशाल मोटरसाइकल र्याली: हजारौं कार्यकर्ताको सहभागिता

सिरहामा एमालेको विशाल मोटरसाइकल र्याली: हजारौं कार्यकर्ताको सहभागिता

२०८२ जेष्ठ ६, मंगलवार ०७:१०
सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

२०८२ जेष्ठ ६, मंगलवार ०७:१०

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.