Nepal BBC
Thursday, August 13, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

ओरेकको ३४औं वार्षिक उत्सव : महिला हिंसाविरुद्धको यात्रा र बजेटको गुनासो

महेश सिंह by महेश सिंह
२०८१ चैत्र २५, सोमबार ०७:२२
ओरेकको ३४औं वार्षिक उत्सव : महिला हिंसाविरुद्धको यात्रा र बजेटको गुनासो

Loading

महेश सिंह लहान – मधेसमा महिला हिंसा प्रभावितहरूको न्यायको लागि तीन दशकभन्दा बढी समयदेखि सक्रिय ओरेकले आफ्नो ३४औं वार्षिक उत्सव सोमबार मनाएको छ। तर, उत्सवको रंगमञ्चमा संस्थाको योगदानभन्दा बढी सरकारी बजेट अभावको प्रसंग घुमिरह्यो।

ओरेक मधेस प्रदेश कार्यालयद्वारा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश सांसद रूपा यादवले “महिला अधिकारका क्षेत्रमा ओरेकले गरिरहेको काम नेपाल सरकारले गर्नुपर्ने हो,” भन्दै संस्थालाई बजेट नदिनु सरकारको ‘दुर्भाग्य’ भएको टिप्पणी गरिन्। उनले आफ्नो कार्यकालसम्म ओरेकको लागि बजेट सुनिश्चित गर्न प्रतिबद्धता जनाइन्।

कार्यक्रममा धनुषाका जिल्ला समन्वय समिति प्रमुख राजनन्दन मण्डल, उपप्रमुख संगीता ठाकुर, जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी शाह लगायतका विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो। सबैको एउटै स्वर थियो — “ओरेकले थोरै स्रोतसाधनमा उल्लेखनीय काम गरेको छ, तर बजेट अभावले चुनौती थपिएको छ।”

संस्थाले कार्यक्रमका क्रममा आफ्नो ३४ वर्षको यात्रा, महिला हिंसा विरुद्धको अभियान र सुरक्षावास सञ्चालनसम्बन्धी प्रयासहरूको भिडियो र प्रतिवेदन प्रस्तुत गरेको थियो। ओरेकको संयोजक बिना सिंहले अतीतका उपलब्धिहरू प्रस्तुत गर्दै आगामी दिनमा अझ प्रभावकारी सहयोगको अपेक्षा व्यक्त गरिन्।

मधेस प्रदेश सरकारको खेलकुद तथा समाजकल्याण महाशाखा प्रमुख देवकुमारी खत्रीले “हामीले सुरक्षावास अनुगमन गर्दा देख्यौं, ओरेकले जटिल अवस्थामा समेत सेवा पुर्याइरहेको छ,” भन्दै आगामी दिनमा बजेटको लागि मन्त्रालयले पहल गर्ने बताइन्।

डाक्टर रूपी सिंह (OCMC प्रमुख), राष्ट्रिय मानव अधिकार आयोगका अधिकारी, र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले पनि ओरेकको कामप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा सँगै काम गर्ने प्रतिबद्धता जनाए।

तर, यति वर्षपछि पनि राज्य तहबाट बजेट सुनिश्चित नहुनु — यो बारम्बार दोहोरिएको विषय कार्यक्रमभरि गुञ्जिरह्यो। एकातिर महिलाका अधिकार र न्यायको सवालमा ओरेकको योगदान रहेको छ भने अर्कातिर स्रोत अभावको चपेटामा संस्थाले दिनरात हिंसा प्रभावितहरूका लागि काम गरिरहनुपरेको यथार्थले उत्सवमा मिश्रित अनुभूति थपेको देखिन्थ्यो।

महेश सिंह

महेश सिंह

Related Posts

लहानमा ६ लायन्स क्लबको संयुक्त इन्डक्सन तथा इन्स्टलेसन कार्यक्रम

लहानमा ६ लायन्स क्लबको संयुक्त इन्डक्सन तथा इन्स्टलेसन कार्यक्रम

२०८१ चैत्र २५, सोमबार ०७:२२
लामखुट्टेको प्रकोप बढेपछि गरिब–दलित बस्तीमा जयकृष्ण यादवले बाँडे झुल

लामखुट्टेको प्रकोप बढेपछि गरिब–दलित बस्तीमा जयकृष्ण यादवले बाँडे झुल

२०८१ चैत्र २५, सोमबार ०७:२२
गोलबजार आन्दोलनमा मृत्यु भएका गणेशको परिवारलाई १ लाख, घाइते सुभाषलाई ११ हजार सहयोग

गोलबजार आन्दोलनमा मृत्यु भएका गणेशको परिवारलाई १ लाख, घाइते सुभाषलाई ११ हजार सहयोग

२०८१ चैत्र २५, सोमबार ०७:२२
गोल्डेन फ्युचर एकेडेमीमा शैक्षिक उपलब्धिसँगै विद्यार्थीको प्रतिभा प्रदर्शन

गोल्डेन फ्युचर एकेडेमीमा शैक्षिक उपलब्धिसँगै विद्यार्थीको प्रतिभा प्रदर्शन

२०८१ चैत्र २५, सोमबार ०७:२२
धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

२०८१ चैत्र २५, सोमबार ०७:२२
जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

२०८१ चैत्र २५, सोमबार ०७:२२
Next Post
मानव अधिकार रक्षकहरूको पहिचान र सुरक्षाका लागि विशेष अभियान सुरु

मानव अधिकार रक्षकहरूको पहिचान र सुरक्षाका लागि विशेष अभियान सुरु

लहानमा २४ कुण्डीय गायत्री महायज्ञ हुँदै

लहानमा २४ कुण्डीय गायत्री महायज्ञ हुँदै

लहान नगर अधिवेशनमा सहिदहरूको अपमान: जसपाको कार्यक्रमप्रति तीव्र आलोचना

लहान नगर अधिवेशनमा सहिदहरूको अपमान: जसपाको कार्यक्रमप्रति तीव्र आलोचना

Discussion about this post

ताजा समाचार

लहानमा ६ लायन्स क्लबको संयुक्त इन्डक्सन तथा इन्स्टलेसन कार्यक्रम

लहानमा ६ लायन्स क्लबको संयुक्त इन्डक्सन तथा इन्स्टलेसन कार्यक्रम

२०८१ चैत्र २५, सोमबार ०७:२२
लामखुट्टेको प्रकोप बढेपछि गरिब–दलित बस्तीमा जयकृष्ण यादवले बाँडे झुल

लामखुट्टेको प्रकोप बढेपछि गरिब–दलित बस्तीमा जयकृष्ण यादवले बाँडे झुल

२०८१ चैत्र २५, सोमबार ०७:२२
गोलबजार आन्दोलनमा मृत्यु भएका गणेशको परिवारलाई १ लाख, घाइते सुभाषलाई ११ हजार सहयोग

गोलबजार आन्दोलनमा मृत्यु भएका गणेशको परिवारलाई १ लाख, घाइते सुभाषलाई ११ हजार सहयोग

२०८१ चैत्र २५, सोमबार ०७:२२
गोल्डेन फ्युचर एकेडेमीमा शैक्षिक उपलब्धिसँगै विद्यार्थीको प्रतिभा प्रदर्शन

गोल्डेन फ्युचर एकेडेमीमा शैक्षिक उपलब्धिसँगै विद्यार्थीको प्रतिभा प्रदर्शन

२०८१ चैत्र २५, सोमबार ०७:२२
धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

२०८१ चैत्र २५, सोमबार ०७:२२
जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

२०८१ चैत्र २५, सोमबार ०७:२२
सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०८१ चैत्र २५, सोमबार ०७:२२
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०८१ चैत्र २५, सोमबार ०७:२२
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०८१ चैत्र २५, सोमबार ०७:२२

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.