Nepal BBC
Friday, September 11, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

जनकपुरधाममा निजी स्वास्थ्यकर्मीका लागि आठदिने इम्प्लान्ट तालिम सुरु

महेश सिंह by महेश सिंह
२०८१ पुष ९, मंगलवार ०२:४६
जनकपुरधाममा निजी स्वास्थ्यकर्मीका लागि आठदिने इम्प्लान्ट तालिम सुरु

Loading

जागेश्वर अधिकारी जनकपुरधाम, पुस ८- मधेश प्रदेशको जनकपुरधाममा निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीलाई लक्षित गरी आठदिने इम्प्लान्ट तालिम सोमबारदेखि सुरु भएको छ। प्रदेश स्वास्थ्य तालिम केन्द्रको समन्वयमा युएसएआइडीको ‘एडोलेसेन्ट रिप्रडक्टिभ हेल्थ’ परियोजनाअन्तर्गत यो तालिम सञ्चालन गरिएको हो।
बारा, सर्लाही र रौतहटका निजी स्वास्थ्य संस्थामा कार्यरत २५ जना स्वास्थ्यकर्मी सहभागी तालिमको सहजीकरण नेपाल परिवार नियोजन संघ, धनुषा शाखाका प्रशिक्षक गीता यादव र पूर्णमाया क्षेत्रीले गरिरहेका छन्।
तालिमको उद्घाटन गर्दै परियोजनाका मधेश प्रदेश संयोजक विजयकुमार झाले किशोर किशोरीको प्रजनन स्वास्थ्य सुधारका लागि सरकारी संस्थामात्रै नभई निजी स्वास्थ्य संस्थाहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताए। “वालविवाह, किशोरावस्थाको गर्भावस्था र परम्परागत हानिकारक अभ्यासका कारण प्रजनन स्वास्थ्यमा समस्या देखिएको छ। यसलाई समाधान गर्न दक्ष जनशक्ति आवश्यक भएकाले तालिम सञ्चालन गरिएको हो,” उनले भने।
मधेश प्रदेशका धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका ४१ स्थानीय तहमा परियोजना सञ्चालन भइरहेको छ। पञ्चवर्षीय योजनाअन्तर्गत किशोर किशोरीको प्रजनन स्वास्थ्य सुधारका लागि नीतिगत सुधारदेखि व्यवहार परिवर्तनका गतिविधि अघि बढाइएको छ।
परियोजनाले सरकारी तथा निजी स्वास्थ्य संस्थामा उपलब्ध सेवाको गुणस्तर मापन गर्दै सुधारमा सहयोग गरिरहेको संयोजक झाले जानकारी दिए। “किशोर किशोरीमैत्री सेवा प्रवाहका लागि दक्ष जनशक्ति तयार गर्नुका साथै हानिकारक सामाजिक परम्परा र व्यवहारलाई न्यूनिकरण गर्न अभियान चलाइरहेका छौँ,” उनले थपे।
परियोजनाले समुदायमा रहेका समस्याको पहिचान गरी समाधानका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ। किशोर किशोरीको प्रजनन स्वास्थ्य सुधारका लागि क्षमता अभिवृद्धि, परामर्श सेवा र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा निजी स्वास्थ्य संस्थाहरूलाई समेत सहभागी गराउने उद्देश्य राखिएको छ।
तालिमको सहजीकरण गरिरहेका निजी क्षेत्र संलग्न अधिकृत अमरदीप साहका अनुसार यो तालिमले किशोर किशोरीलाई लक्षित सेवा प्रवाहलाई प्रभावकारी बनाउनेछ। सहभागी स्वास्थ्यकर्मीले इम्प्लान्ट सेवा र परामर्श क्षेत्रमा दक्षता हासिल गर्ने अपेक्षा गरिएको छ।
यो तालिमले मधेश प्रदेशका किशोर किशोरीको स्वास्थ्य सुधारमा सकारात्मक योगदान पुग्ने विश्वास परियोजनाले लिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८१ पुष ९, मंगलवार ०२:४६
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८१ पुष ९, मंगलवार ०२:४६
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८१ पुष ९, मंगलवार ०२:४६
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८१ पुष ९, मंगलवार ०२:४६
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८१ पुष ९, मंगलवार ०२:४६
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८१ पुष ९, मंगलवार ०२:४६
Next Post
सिरहाको महादेवा पोर्ताहा विद्यालयमा शिक्षक भर्ना प्रक्रियामा विवाद

सिरहाको महादेवा पोर्ताहा विद्यालयमा शिक्षक भर्ना प्रक्रियामा विवाद

अर्किड कलेजद्वारा धनगढीमाई नगरपालीकामा २२ लाखको छात्रवृत्ति

अर्किड कलेजद्वारा धनगढीमाई नगरपालीकामा २२ लाखको छात्रवृत्ति

प्यापसन लहान नगर अध्यक्षमा लक्ष्मण चौधरी पुनः चयन

प्यापसन लहान नगर अध्यक्षमा लक्ष्मण चौधरी पुनः चयन

Discussion about this post

ताजा समाचार

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

२०८१ पुष ९, मंगलवार ०२:४६
नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०८१ पुष ९, मंगलवार ०२:४६
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०८१ पुष ९, मंगलवार ०२:४६
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०८१ पुष ९, मंगलवार ०२:४६
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०८१ पुष ९, मंगलवार ०२:४६
लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

२०८१ पुष ९, मंगलवार ०२:४६
विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

२०८१ पुष ९, मंगलवार ०२:४६
नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

२०८१ पुष ९, मंगलवार ०२:४६
विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०८१ पुष ९, मंगलवार ०२:४६

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.