Nepal BBC
Sunday, December 7, 2025
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

डा. राम नाथ यादवको हृदयघातका कारण निधन सिरहाले गुमायो शिक्षा क्षेत्रको एउटा स्तम्भ

महेश सिंह by महेश सिंह
२०८१ मंसिर २३, आईतवार ०६:०३
डा. राम नाथ यादवको हृदयघातका कारण निधन सिरहाले गुमायो शिक्षा क्षेत्रको एउटा स्तम्भ

Loading

शिक्षा क्षेत्रले एक कुशल प्राध्यापक गुमायो: डा. राम नाथ यादवको हृदयघातका कारण निधन

  महेश सिंह, लहान सिरहा- नवराजपुर गाउँपालिका–३, मझौराका डा. राम नाथ यादवको ५५ वर्षको उमेरमा आइतबार बिहान हृदयघातका कारण निधन भएको छ। उनको आफ्नै निवास लहान नगरपालिका–१, कृष्णटोलमा बिहान करिब ५ बजे निधन भएको परिवारजनले बताएका छन्।
डा. यादव लहानस्थित जेएस मुरारका बहुमुखी क्याम्पसका प्राध्यापक तथा प्लस टु संयोजक थिए। उनले विद्यावारिधी  (Ph.D.पीएचडी) सम्म अध्ययन गरेका थिए। २५ वर्षभन्दा बढी समयदेखि शिक्षण पेशामा सक्रिय यादव अङ्ग्रेजी विषयका अब्बल प्राध्यापकका रूपमा चिनिन्थे।
तत्कालीन मझौरा गाबिस–४ मा जन्मिएका यादव स्वर्गीय रामप्रसाद यादवका जेठा छोरा हुन्। गरिबीको रेखामुनि हुर्किए पनि उनले शिक्षामा लगनशीलता देखाउँदै उच्च अध्ययन पुरा गरेका थिए। तीन भाइमध्ये जेठा यादव बाल्यकालदेखि नै पढाइमा अब्बल र परिश्रमी थिए।
प्राध्यापक यादव शिक्षामा आफ्नो योगदानका कारण सिरहा जिल्लाभर ख्यातिप्राप्त थिए। शिक्षा क्षेत्रमा उहाँको इमानदारी, अनुशासन र समर्पणलाई विद्यार्थी र सहकर्मीहरूले प्रेरणाको स्रोतका रूपमा लिएका थिए। उहाँ दार्शनिक सोच र इमानदारीको उदाहरणीय प्रतीकका रूपमा स्मरण गरिन्छ।
डा. यादवको निधनले शैक्षिक क्षेत्रमा अपूरणीय क्षति पुगेको बताइएको छ। सिरहाका अधिकांश शैक्षिक संस्थाले आइतबार शोकमा बिदा दिएका छन्। जेएस कलेजका प्राध्यापक संजय कुमार चौधरीले निधनको खबर लगत्तै यादवको निवास पुगेको र यो घटना शिक्षाका लागि ठूलो क्षति भएको बताए।
डा. यादवले श्रीमती, एक छोरा र एक छोरीलाई पछाडि छोडेका छन्। उनका दुई भाइ शिवनाथ यादव र सूर्यनाथ यादव छन्। उनको आमालाई गाउँमा कटैया बाली भनेर चिन्थ्यो र चर्चित धार्मिक महिला थिए। डा. यादवप्रति सिरहाका शिक्षण संस्था, सहकर्मी र विद्यार्थीहरूले गहिरो शोक व्यक्त गरेका छन्। शिक्षा क्षेत्रमा गरेको उनको योगदान सदैव स्मरणीय रहनेछ।

महेश सिंह

महेश सिंह

Related Posts

मधेशभर नेतृत्व विकास लक्ष्यसहित जसपाको प्रदेशस्तरीय प्रशिक्षण उद्घाटन

मधेशभर नेतृत्व विकास लक्ष्यसहित जसपाको प्रदेशस्तरीय प्रशिक्षण उद्घाटन

२०८१ मंसिर २३, आईतवार ०६:०३
चन्द्रा शत्रुघ्न क्याम्पसमा नयाँ ४ कोठे भवनको शिलान्यास

चन्द्रा शत्रुघ्न क्याम्पसमा नयाँ ४ कोठे भवनको शिलान्यास

२०८१ मंसिर २३, आईतवार ०६:०३
भगवानपुरमा पाँचौं अन्तरवडा क्रिकेट प्रतियोगिता : खेलप्रेमीहरूलाई उपस्थितिका लागि आग्रह

भगवानपुरमा पाँचौं अन्तरवडा क्रिकेट प्रतियोगिता : खेलप्रेमीहरूलाई उपस्थितिका लागि आग्रह

२०८१ मंसिर २३, आईतवार ०६:०३
प्रहरीकै संलग्नतामा धनुषामा किशोरी बलात्कार

प्रहरीकै संलग्नतामा धनुषामा किशोरी बलात्कार

२०८१ मंसिर २३, आईतवार ०६:०३
लहान नगरपालिकाद्वारा सहिद बिजय चौधरी परिवारलाई राहत, रोजगारी र शिक्षा सुविधा दिने

लहान नगरपालिकाद्वारा सहिद बिजय चौधरी परिवारलाई राहत, रोजगारी र शिक्षा सुविधा दिने

२०८१ मंसिर २३, आईतवार ०६:०३
माओवादी नेता महतोको घरमा भव्य बिश्वकर्मा पूजा

माओवादी नेता महतोको घरमा भव्य बिश्वकर्मा पूजा

२०८१ मंसिर २३, आईतवार ०६:०३
Next Post
गाउँ सुधार समितिद्वारा सिरहा लक्ष्मीपुर पतारीमा पालिका स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

गाउँ सुधार समितिद्वारा सिरहा लक्ष्मीपुर पतारीमा पालिका स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

लहान सिटी जेसिज सप्ताह कार्यक्रमको समापन समारोह सम्पन्न

लहान सिटी जेसिज सप्ताह कार्यक्रमको समापन समारोह सम्पन्न

मिर्चैयामा अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, शिक्षा सुधारमा जोड

मिर्चैयामा अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, शिक्षा सुधारमा जोड

Discussion about this post

ताजा समाचार

लहानमा ‘फुड एन्ड कल्चरल कार्यक्रम’ : विद्यार्थीमार्फत संस्कृति जगेर्नाको अभियान

लहानमा ‘फुड एन्ड कल्चरल कार्यक्रम’ : विद्यार्थीमार्फत संस्कृति जगेर्नाको अभियान

२०८१ मंसिर २३, आईतवार ०६:०३
छोरीको खोजीमा आमाको गुहार : कडरबोना प्रहरीले अपराधीलाई संरक्षण गरेको परिवारको दाबी

छोरीको खोजीमा आमाको गुहार : कडरबोना प्रहरीले अपराधीलाई संरक्षण गरेको परिवारको दाबी

२०८१ मंसिर २३, आईतवार ०६:०३
जनमत पार्टी सिरहाले पवन कुमार यादवलाई जिल्ला सूचना प्रमुख नियुक्त

जनमत पार्टी सिरहाले पवन कुमार यादवलाई जिल्ला सूचना प्रमुख नियुक्त

२०८१ मंसिर २३, आईतवार ०६:०३
पूर्वमन्त्री चौधरीको सहयोगमा खडक–३ बनरझुलामा अपाङ्ग, दलित–असहायलाई ब्लाङ्केट वितरण

पूर्वमन्त्री चौधरीको सहयोगमा खडक–३ बनरझुलामा अपाङ्ग, दलित–असहायलाई ब्लाङ्केट वितरण

२०८१ मंसिर २३, आईतवार ०६:०३
लहानमा निजी विद्यालय स्तरिय क्रिकेट प्रतियोगितामा २८ विद्यालयको सहभागिता

लहानमा निजी विद्यालय स्तरिय क्रिकेट प्रतियोगितामा २८ विद्यालयको सहभागिता

२०८१ मंसिर २३, आईतवार ०६:०३
लहान-१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत लहान नगरपालिका–१५ मा र्‍याली र कोण सभा

लहान-१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत लहान नगरपालिका–१५ मा र्‍याली र कोण सभा

२०८१ मंसिर २३, आईतवार ०६:०३
गोलबजार नगरपालिकामा सुरक्षित खानेपानीका लागि पानी परीक्षण ल्याब सामग्री हस्तान्तरण

गोलबजार नगरपालिकामा सुरक्षित खानेपानीका लागि पानी परीक्षण ल्याब सामग्री हस्तान्तरण

२०८१ मंसिर २३, आईतवार ०६:०३
कल्याणपुरमा जनमत पार्टीको बैठक : संगठन सुदृढीकरण र निर्वाचन तयारीमा छलफल

कल्याणपुरमा जनमत पार्टीको बैठक : संगठन सुदृढीकरण र निर्वाचन तयारीमा छलफल

२०८१ मंसिर २३, आईतवार ०६:०३
औषधि ऐन संशोधनको मागमा लहानमा जोरदार र्याली

औषधि ऐन संशोधनको मागमा लहानमा जोरदार र्याली

२०८१ मंसिर २३, आईतवार ०६:०३

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.