लहान -सिरहाको लहानमा गर्मी बढीए संगै बल्ड बैंक लहानमा रक्तको अभाव भएको छ्।अत्यधिक गर्मीको कारण मानिसहरु बिरामी पर्ने गरेकोले सिरहाको निजि अस्पताल,किल्निक,स्वास्थ चौकी,प्रादेशिक अस्पताल लहानमा बिरामीको चाप निकै बढीएको छ्।
पछिल्लो लामो समय देखि सिरहाको लहान गोलबजार मिर्चैया लगायतका ठाँउमा सिटी जेसिजले समाजिक उतरदायित्व निर्वाह गर्दै आएका छन्।बर्तमान अध्यक्ष उमेश कुमार यादवले १६ औं गणतन्त्र दिवसको उपलक्ष्यमा रक्तदान जिबनदान भने मुल नाराको साथ खुल्ला रक्तदान कार्यक्रम राखिएका सन्तोष कुमार यादवले जानकारी दिनु भयो।
अध्यक्ष उमेश कुमार यादवको अध्यक्षतामा सुरु भएको रक्तदान कार्यक्रमको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी बासुदेब दाहाल रहनु भएको थियोे भने बिशिस्ट अतिथिमा ईलाका प्रशासन कार्यालय लहानका प्रमुख लिलाकान्त पौडेल जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख रमेश पंडित शस्त्र प्रहरी सिमाबलका प्रमुख शिव गैरे,राष्ट्रिय अनुसन्धान का सिरहा प्रमुख टिका प्रसाद पोखरेल रहनु भएको थियोे
भने अतिथिहरुमा जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानका प्रमुख प्रहरी निरीक्षक डम्बर बहादुर पुरी ईलाका प्रहरी कार्यालय लहानका प्रहरी इन्चार्ज प्रहरी नायव निरीक्षक बिष्णु प्रसाद सोती शस्त्र प्रहरीका लहान प्रमुख बालकृष्ण श्रेष्ठ रहनु भएको थियो भने अतिथिहरुमा पुर्व अध्यक्ष तथा जिल्ला उधोग बाणिज्य संघका बर्तमान अध्यक्ष बिकास सारडा,शंकर गुप्ता,उमेश चौधरी अजय जयसवाल, रेडक्रसका कार्यालय प्रमुख मनिष यादव अध्यक्ष फुलेश्वर महतो,लहानका शिक्षा शाखा प्रमुख अमिरी यादव श्रोत ब्यक्ती मनोज कुमार यादव लगायतका अतिथिहरुको उल्लेखनीय उपस्थिति रहेको उपाध्यक्ष नित्यानन्द साहले जानकारी दिनु भयो।
प्रमुख अतिथि दहालका अनुसार सिरहामा विभिन्न कार्यक्रम गरी १६”औं गणतन्त्र दिवस मनाएको हो। सबै बर्ग समुदाय उघोग ब्यापारी लगायत आम समुदाय नागरिक समाज सम्पुर्णमा गणतन्त्र दिवसको उपलक्ष्यमा शुभकामना दिएका थिए।
सिरहामा बृक्षा रोपन दीप प्रज्वलन नेपाली झणडा फहराउदै १६ औं गणतन्त्र दिवस मनाएको बताए यता लहान सिटी जेसिजका अध्यक्ष उमेश कुमार यादवका अनुसार रगत दान जिबनदान भन्दै जेसिजले सामाजिक रुपान्तरणका लागी समाजका हित हुने गरी सयौं कार्यक्रमहरु सम्पन्न गरेका छन।अगामी दिनमा जेसिजले अझै कार्यक्रमहरु गर्ने अध्यक्ष उमेश यादवले प्रतिबद्धता व्यक्त गरेका चन्द्र कला बछारले जानकारी दिनु भयो। खुल्ला रक्तदान कार्यक्रममा करिब ५० जनाले रक्तदान गरेको आयोजक संस्थाले जनाए।
Discussion about this post