Nepal BBC
Sunday, March 8, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

केटाकेटीको मोटोपनमा कति चिन्तित हुने?

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ चैत्र ११, शनिबार ०८:२६
केटाकेटीको मोटोपनमा कति चिन्तित हुने?

Loading

शरीरले काम गर्न शक्ति आवश्यक हुन्छ। खानामा शक्ति धेरै भयो भने शरीरले सञ्चय गरेर राख्ने गर्छ। हामीले अन्नबाली ढुकुटी वा बोरामा सञ्चय गरेजस्तै शरीरले पनि आपतकालीन अवस्थाका लागि शक्ति सञ्चय गर्छ।

यसरी सञ्चित शक्तिका कारण मानिस अन्न वा अन्य खानेकुरा नखाएरै पनि झन्डै एक महिना बाँच्न सम्भव हुन्छ। यसकारण शरीरले सकेसम्म शक्ति सञ्चय गरूँ, भोलि काम लाग्छ भन्ने ठान्छ। यस्तो शक्ति बोसोका रूपमा शरीरका विभिन्न भागमा सञ्चित हुन्छ। विशेष गरी पेटको वरिपरि बढी सञ्चित हुन्छ।

उदाहरणका लागि, एक दिन म्याराथन दौडिनुपर्‍यो भने त्यही सञ्चित बोसो प्रयोगबाट शक्ति उत्पादन हुन्छ। खाना नखाई पानी र नुनको मात्र सेवन गरेर पनि एकपटक म्याराथन दौडन सकिन्छ। शक्ति सञ्चय गर्ने र आवश्यक परेका बखत प्रयोग गर्ने प्रक्रिया मानिस र अन्य जीवजन्तुका लागि एउटै हो।

बालबालिकाहरूमा पनि त्यही प्रक्रियाले काम गर्छ। उनीहरूलाई दैनिक धेरै शक्तियुक्त खाना दिँदा शक्ति सञ्चय हुँदा मोटोपन देखा पर्छ। धेरै जसोमा पेटकै वरपर बोसोको रूपमा शक्ति सञ्चय हुन्छ।

शारीरिक क्रियाकलापमा बढी सक्रिय हुने केटाकेटीमा त्यस्तो सञ्चित शक्ति सजिलै खपत हुन्छ। शक्ति सञ्चय र खपतको प्रक्रिया चलिरहने हुनाले शारीरिकरूपमा सक्रिय बालबालिकामा मोटोपनको सम्भावना कम हुन्छ।

शरीरमा शक्ति सञ्चयसँगै प्रयोग पनि भइरहेको छ भने सामान्यतया बालबालिकाको शरीरका सबै अंग कसिला बन्छन्। उनीहरू हृष्टपुष्ट देखिन्छन्। शारीरिक सक्रियता र स्फूर्ति भएका केटाकेटीमा शरीरको सबै भाग सन्तुलित रूपमा वृद्धि हुन्छ।

अनावश्यक रूपमा तौल वृद्धि हुनु शारीरिक र मानसिक दुबै पक्षमा हानिकारक हुन्छ।

तौल धेरै बढ्नु ‘अबेसिटी’ हुनु हो। यसो भएमा केटाकेटीमा अनेक किसिमको अस्वस्थता देखा पर्छ र दीर्घकालीन पनि हुन सक्छ। अलिअलि अर्थात केही मोटोपनले नै रोग लाग्ने होइन, धेरै मोटो हुनु चाहिँ खतरा हो।

मोटोपनको बेफाइदा

धेरै मोटो शरीर भएका बालबालिकाहरू शारीरिक क्रियाकलाप तुलनात्मक रूपमा कम सक्रिय हुन्छन्। हिँडडुल गर्न रूचाउँदैनन्। आलस्य हुने, छिटै थकान महसुस गर्ने र बढी निदाउने हुन्छन्। तौल अझै बढ्दै जाने हुन्छ।

मोटो भएपछि र शारीरिक सक्रियता कम हुने भएपछि सानै उमेरमा मधुमेह अर्थात डाइबेटिज देखा पर्न सक्छ। धेरै तौल भएका र शारीरिक सक्रियता कम भएका केटाकेटी र वयस्क दुबैमा डाइबेटिज–२ देखा पर्छ।

सानै उमेरमा मधुमेह हुनाले ठूलो हुँदै गर्दा मुटुसम्बन्धी समस्या हुन सक्छ। उच्च रक्तचापको जोखिम बढ्छ। बिस्तारै मधुमेहको खराब असरले अन्य रोग लाग्ने सम्भावना हुन्छ। जोर्नीमा समस्या हुन सक्छ।

उमेर बढ्दै जाँदा मोटोपनकै कारण साथीहरूमाझ उपहासको पात्र पनि हुन सक्छ। यसो भएमा मनोबल कमजोर हुने सम्भावना पनि हुन्छ। यसकारण बालबालिकाको सन्तुलित भोजनको महत्व आमाबाबु र अभिभावकले थाहा पाउनु जरूरी हुन्छ।

तौलसम्बन्धी चेतना

पौष्टिक खानाको मात्रा पूरा भएमा अधिकांश केटाकेटीमा जन्मको पहिलो महिनामै तौल बढ्न थाल्छ। तीन वर्ष हाराहारीसम्म केही मोटो देखिनु सामान्य नै हो।

कुपोषणमा नपरेका र प्रशस्त पौष्टिक आहार पाएका बालबालिकामा सामान्य मोटोपन स्वाभाविक नै मान्नु पर्छ। तीन वर्ष उमेर पूरा भएपछि मोटोपन आफैं घट्दै जान्छ।

मोटोपन वंशानुगत पनि हुन सक्छ। आमाबाबु मोटो शरीरका छन् भने छोराछोरी पनि त्यस्तै हुन सक्छन्। यो सामान्य अवस्था हो।

तीन वर्ष उमेर पूरा भएपछि पनि मोटोपन बढ्दै गयो भने सतर्क रहन र तौल घटाउने उपाय गर्न आवश्यक हुन्छ। स्वास्थ्य केन्द्रमा गई उमेर, तौल, उचाइको सन्तुलन हेरेर बच्चाको मोटोपन के कस्तो अवस्थामा छ भनेर थाहा पाउन सकिन्छ।

मोटोपन बढ्नुको कारण

सामान्यतया तीन वर्ष उमेर पूरा भएपछि केटाकेटीमा शारीरिक सक्रियता ह्वात्तै बढ्छ। शरीरमा सञ्चित शक्ति पनि प्रयोग हुन्छ। पाँच वर्ष उमेरसम्ममा पनि मोटोपन कम नहुने वा झन् बढ्ने भएमा ‘ओबेसिटास’ मुख्य कारण हुनसक्छ।

कतिपय अभिभावकहरू बच्चालाई धेरै खाना खुवाउनुपर्छ भन्ने ठान्छन्। खानेकुरामा नियन्त्रण गर्दैनन्। बच्चालाई आवश्यकताभन्दा बढी खाना दिनु र अनावश्यक खानेकुरा नियन्त्रण नगर्नु गलत हो। यस्तो हुनु त मन्द विषसरह हुन जान्छ।

बच्चाले गुलियो खाना बढी सेवन गर्दा बोसोसहितको शक्ति शरीरले सञ्चय गर्न सुरू गर्छ। खास गरी चकलेट, बिस्कुट, मिठाइ र यस्तै अन्य गुलिया परिकार, फास्टफुड, धेरै बोसोयुक्त र चिल्लो खानाले तौल छिटो बढ्ने हुन्छ। यस्तो अवस्थाले अस्वस्थता निम्त्याउँछ।

गुलिया परिकारहरू धेरै खाँदा मोटोपन त बढ्छ नै दन्त स्वास्थ्यमा पनि नराम्रो असर पर्छ। धेरै गुलिया पदार्थ र चिनी मिसाइएका पेय पदार्थले दाँत बिगार्छन्। युवा अवस्थामै दाँतमा संक्रमण हुने र झर्ने हुन सक्छ।

समाधानका उपायहरू

बच्चालाई आवश्यक मात्रामा सन्तुलित अर्थात पोषणयुक्त खाना दिनु, मोटोपन बढाउने खानेकुरा नियन्त्रण गर्नु र शारीरिक सक्रियता बढाउनु नै अनुचित मोटोपन रोक्ने मुख्य उपायहरू हुन्। बच्चामा गुलियो स्वाद थाहा पाउने र मिठो मान्ने गुण जन्मँदा नै विकास भएको हुन्छ। यसै कारण बालबालिकाहरू शैशवावस्थादेखि नै गुलियोलाई मीठो मान्ने हुन्छन्।

मनपर्ने खानेकुरा नपाउँदा रिसाउने बानी पनि हुन्छ। यसो हुनु स्वाभाविक नै हो। यसै कारणले आमाबाबु–अभिभावक सचेत रहनुपर्छ। सकेसम्म सम्झाएरै बच्चालाई खुसी बनाउन जान्नुपर्छ। सुरूदेखि नै खानामा असल बानी बसाउनुपर्छ। ठूलो हुँदै जाँदा रोजेर खानेकुरा माग्ने हुन्छन्। यस्तो बेलामा आमाबाबु–अभिभावकले बुद्धि पुर्‍याउनुपर्छ।

बानीमा सुधार ल्याउनुपर्ने अवस्थामा एकै पटक नभई क्रमशः घटाउने वा बढाउने गर्नुपर्छ। आफूले भनेको र रोजेको अनुसार मात्रै पाइँदैन भन्ने पनि बालबालिकाले थाहा पाउँदै जान्छन्।

कतिपय परिकारमा केटाकेटीको लत बस्छ। त्यसको बासनाले नै आकर्षण गर्ने हुन्छ। यस्तो परिकार खान जोड गर्छ। नपाउने अवस्थामा झगडा पनि गर्छन्। केटाकेटीमा राम्रो र नराम्रो वा असल र खराब थाहा पाउने गरी मानसिक विकास हुन निकै लामो समय लाग्छ। गाली गरेर, डर देखाएर वा कुटपिट गरेर मात्रै खराब आदत छुटाउन सकिँदैन। यसो गर्नु गलत त हो नै, अपराध पनि हो।

त्यसैले उनीहरूलाई फकाई–फुल्याई मनाउनुपर्छ। स्नेहपूर्वक भनेको कुरा अवश्य मान्छन्।

गुलियो परिकार खाने दिन भनेर हप्ताको एक दिन परिवारका सदस्यहरू बसेर हाँसीखुसी खाने गर्दा त्यसै अनुसारको बानी पर्छ। बिदाको दिन अर्थात परिवारजन सबै जम्मा हुन सक्ने दिन यसो गर्न सकिन्छ। यसबाट आहारको असल बानी विकास गर्न सकिन्छ।

शारीरिक व्यायाम र अतिरिक्त क्रियाकलापमा बच्चाको झुकाव र सक्रियता बढाउनु अर्को उपाय हो। विद्यालयले यस्तो गराउन सक्छ। बालबालिकामा विद्यालयमा गराएको अभ्यासको सकारात्मक प्रभाव पर्छ।

घरमा पनि फुर्सदको समयमा शारीरिक सक्रियताको गतिविधिमा प्रेरित गर्नुपर्छ। तीन वर्ष पूरा भएका बालबालिकामा दिनहुँ तीन घन्टा हाराहारीको शारीरिक सक्रियता आवश्यक पर्छ। दौडिने प्रकृतिका खेल उपयुक्त हुन्छन्।

यस्ता गतिविधिले बालबालिकामा स्फूर्ति बढ्छ। शारीरिक र मानसिक विकासमा सकारात्मक प्रभाव पर्छ। स्मरण शक्ति बलियो हुन्छ।

दस वर्ष उमेरसम्मका बालबालिकालाई विद्यालयले लेख्ने–पढ्ने गृहकार्य धेरै दिनु उचित हुँदैन। धेरै गृहकार्यले उनीहरूलाई शारीरिक सक्रियताबाट रोक्छ।

घरभित्र पनि स्कुलको गृहकार्यमा व्यस्त रहनुपर्ने बाध्यताले बाहिर निस्कने र साथीहरूसँग खेल्ने समय कम हुन्छ। यसको परिणाम शारीरिक निष्क्रियता नै हुन जान्छ। यसर्थ आमाबाबु–अभिभावक आफ्ना बालबालिकाको आहार–विहारमा सचेत रहन आवश्यक हुन्।

(डाक्टर दिपराज थापाले स्विडेनमा बालबालिकाको प्राथमिक उपचार र स्वास्थ्य प्रवर्द्धन सम्बन्धी विशेष नर्सका रूपमा विद्यावारिधि गरेका छन्। उनी त्यहीँको एक विश्वविद्यालयमा प्राध्यापक पनि हुन्)

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

२०७९ चैत्र ११, शनिबार ०८:२६
सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

२०७९ चैत्र ११, शनिबार ०८:२६
अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

२०७९ चैत्र ११, शनिबार ०८:२६
सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

२०७९ चैत्र ११, शनिबार ०८:२६
सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

२०७९ चैत्र ११, शनिबार ०८:२६
निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

२०७९ चैत्र ११, शनिबार ०८:२६
Next Post
पैदलै काठमाडौंतिर मिटरब्याज पीडित

पैदलै काठमाडौंतिर मिटरब्याज पीडित

सल्टिएन करमा दोहोरोपन

सल्टिएन करमा दोहोरोपन

हेटौँडा सिमेन्ट उद्योगले आजदेखि उत्पादन बन्द

हेटौँडा सिमेन्ट उद्योगले आजदेखि उत्पादन बन्द

Discussion about this post

ताजा समाचार

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

२०७९ चैत्र ११, शनिबार ०८:२६
सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

२०७९ चैत्र ११, शनिबार ०८:२६
अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

२०७९ चैत्र ११, शनिबार ०८:२६
सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

२०७९ चैत्र ११, शनिबार ०८:२६
सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

२०७९ चैत्र ११, शनिबार ०८:२६
निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

२०७९ चैत्र ११, शनिबार ०८:२६
शंख’ चिन्हलाई जागरण र परिवर्तनको प्रतीकका रूपमा व्याख्या : राम कुमार साह

शंख’ चिन्हलाई जागरण र परिवर्तनको प्रतीकका रूपमा व्याख्या : राम कुमार साह

२०७९ चैत्र ११, शनिबार ०८:२६
जनमत पार्टी का रामस्वरुप चौधरीको फरक चुनावी शैली, भीडभन्दा संवादमा जोड

जनमत पार्टी का रामस्वरुप चौधरीको फरक चुनावी शैली, भीडभन्दा संवादमा जोड

२०७९ चैत्र ११, शनिबार ०८:२६
सिरहा २ मतदाता भन्छन राम चन्द्र यादव जस्तो दु:ख सुखमा साथ दिने उमेदवार जस्तो कुनै उमेदवार छैन

सिरहा २ मतदाता भन्छन राम चन्द्र यादव जस्तो दु:ख सुखमा साथ दिने उमेदवार जस्तो कुनै उमेदवार छैन

२०७९ चैत्र ११, शनिबार ०८:२६

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.