ती चार पर्खालमा गुम्सिएकी छौ
सुन्दर रचिएको संसरलाई अरुको दृष्टिकोणले हेरिरहेकी छौ ।
अझ पनि तिमि झूठो बन्धनहरुमा बाँधिएकी छौं
वल्ल वल्ल पाएको यो अनमोल जीवनको रस चाख्न काहाँ पाएकी छौ ?
भन्नेले त, ए केटी मान्छे पो हो त काहाँ सक्छिन र ? उनी भन्छन तर
हरेक महिना शरीरबाट रगत बगे पनि घरका सवै धन्दा नबिराई भ्याउने भएकी छौ ।
छोरी भएर समाजले दिएको पिडा र आमा बन्दा प्रकृतिले दिएको असहनीय पिडा सहन सक्ने केवल तिमि नै हौ ।
आमाको कोखबाट जन्मिदाँ दुःख एउटै भए पनि पुरुष र नारी वीचमा जीवनशैली फरक भएको देखी देखी बाँचि रहेका छौ ।
सतिमा जिउँदै जल्ने आँट बोकी यस धर्तीमा जन्म लिएकी छौ ।
आप्mनो मरण समेत अरुको हातमा दिई कसरी बाँच्न सकेकी छौं ?
नारीको रुपमा जन्म लिएका भगवानलाई समेत बफादारीको प्रश्न उठाईयो ।
सँधै सीतामाता झै सही भएको प्रमाण बोकी बोकी हिँडकी छौ,
धर्तीले सारा बोझ उठाए जस्तै कोमल मन भित्र अनेकौ भार उचालेर हिँडेकी छौ ।
उफ ! कति गाह्रो यो नारीको जिन्दगी पनि, आफू भन्दा पहिले अरुको निम्ति सोच्दै बसेकी छौ ।
भगवानले नै रोजेर बनाएको सृष्टि हुनु पर्छ नभए, समाजका अनेक दुरव्यवहार सहेर यति मिठो मुस्कान दिन कसरी जानेकी छौ ?
हे ! संसार चलाउने नारी, तिमि पनि ती समाजिक बन्धनहरुबाट बाहिरिनु पर्दछ ।
छोरा जस्तो होईन, छोरी भएर नै निडर र आत्म निर्भर बन्नु पर्छ
यो महासागर झै संसारमा पौडिनु पर्छ ।
अवला होइन अब्वल हुनु पर्दछ ।
बावा आमाको लागी बुढेसकालको श्रोत हुनु पर्दछ ।
अरुको लागी धेरै भयो, अब आफ्नो लागी बाँच्नु पर्दछ ।
रचनाकार
सदीक्षा साह
वि.एन.एस प्रथम वर्ष
नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान, सानो भ-याङ, काठमाण्डौं
स्थायी ठेगाना : लहान न.पा. वडा नं.— २४ टोल रनहाँ
Discussion about this post