![]()
महेश सिंह लहान सिरहा- सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१, भौर टोलमा ‘हाम्रो भोर, हाम्रो अभियान’ नाराका साथ सरसफाइ अभियान सञ्चालन गरिएको छ।
स्थानीय युवाहरूको पहलमा सुरु गरिएको उक्त अभियान २०८२ साल कात्तिक ७ गते शुक्रबार सम्पन्न भएको हो। लामो समयदेखि सरसफाइ अभावमा रहेको भौर टोललाई सफा र स्वस्थ राख्ने उद्देश्यले गाउँका युवा समाजहरूले संयुक्त रूपमा कार्यक्रम सञ्चालन गरेका हुन्।
युवाहरूले विकास समिति ऐन, २०१३ को दफा ३ मा रहेको अधिकारको प्रयोग गर्दै गाउँमा सरसफाइ कार्यक्रम अघि बढाएको जनाएका छन्। अभियान अन्तर्गत सडक, चौर, विद्यालय परिसर र नालाको फोहर सफा गरिएको थियो।
अभियानका संयोजकसन्तोष कुमार यादवका अनुसार, यो कार्य ‘सफा गाउँ, स्वस्थ गाउँ’ निर्माणतर्फको सुरुवात हो र यसलाई निरन्तरता दिँदै हरेक हप्ता सरसफाइ र जनचेतनामूलक क्रियाकलाप सञ्चालन गरिनेछ।स्थानीय बासिन्दाहरूले युवाहरूको पहलको प्रशंसा गर्दै गाउँलाई उज्यालो र स्वच्छ बनाउन सबैको सहकार्य आवश्यक रहेको स्थानीय सन्तोष यादवले बताए।














Discussion about this post