![]()
महेश सिंह, लहान –सिरहाको लहान नगरपालिकामा विभिन्न राजनीतिक दल परित्याग गरी दर्जनौं महिला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
रास्वपा लहान नगर उपसभापति सुशमा चौधरीको विशेष पहलमा आयोजित कार्यक्रममा अधिवक्ता प्रभा नायक, लगायत दर्जनौं महिलाले पार्टी प्रवेश गरेको जनाइएको छ।
पार्टी प्रवेश गर्ने महिलाहरूले रास्वपाको नीति, कार्यक्रम तथा राजनीतिक गतिविधिप्रति आकर्षित भएर आफूहरू पार्टीमा आबद्ध भएको बताएका छन्। कार्यक्रममा विभिन्न दलमा आबद्ध रहेका तथा स्वतन्त्र रूपमा राजनीतिक गतिविधिमा संलग्न महिलाहरू पनि रास्वपामा जोडिएको बताइएको छ।
लहान नगर क्षेत्रमा पछिल्लो समय विभिन्न राजनीतिक दलबाट रास्वपामा प्रवेश गर्ने क्रम बढेको पार्टीका स्थानीय नेताहरूको भनाइ छ। उनीहरूले महिला सहभागिता विस्तारसँगै संगठन निर्माणका गतिविधिलाई समेत तीव्रता दिइरहेका छन्।
पार्टी प्रवेश कार्यक्रममा रास्वपाका स्थानीय नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो। कार्यक्रममा नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै आगामी दिनमा संगठनलाई थप सुदृढ बनाउने विषयमा छलफलसमेत गरिएको जनाइएको छ।











Discussion about this post