Nepal BBC
Tuesday, June 16, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

विद्यालयको मुद्दा टुङ्गिएको दाबीबीच सञ्चारमा ‘चरित्र हत्या’को आरोप

महेश सिंह by महेश सिंह
२०८२ जेष्ठ ६, मंगलवार ०७:१०
विद्यालयको मुद्दा टुङ्गिएको दाबीबीच सञ्चारमा ‘चरित्र हत्या’को आरोप

Loading

नेपाल थारु सङ्घको चेतावनी : तथ्यविना समाचार प्रकाशनले लोकतन्त्रमै प्रश्न
महेश सिंह लहान- लहान नगरपालिका–१ स्थित पशुपति आदर्श माविमा नौ वर्षअघिको पसल भाडा रकमसम्बन्धी विवादमा अदालतबाट फैसला आइसकेको अवस्थामा पुनः सञ्चारमाध्यममा व्यक्तिको नाम जोडेर समाचार प्रकाशन भएकोप्रति नेपाल थारु सङ्घले आपत्ति जनाएको छ।
नेपाल थारु सङ्घका अध्यक्ष अजय कुमार चौधरीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै अदालतको फैसलालाई उपेक्षा गर्दै नियोजित रुपमा ‘चरित्र हत्या’ गर्ने प्रयास भएको गम्भीर आरोप लगाएका हुन्। उनले फैसलापछि समेत पूर्वमन्त्रीसमेत रहेका विद्यालय दाता परिवारमाथि सार्वजनिक रूपमा बदनाम गराउने उद्देश्यले समाचार सम्प्रेषण गरिएको दाबी गरेका छन्।
“अदालतले उजुरीको आधारमा मुद्दा हेरी फैसला गरिसकेको छ,” विज्ञप्तिमा भनिएको छ, “तर अझै पनि केही सञ्चारमाध्यमले व्यक्तिगत आस्था र प्रतिष्ठामाथि आघात पुग्ने गरी समाचार सम्प्रेषण गरिरहेका छन्।”
विद्यालयले लहान नगरपालिकामा पेश गरेको दस्तावेजअनुसार सो मुद्दा जिल्ला अदालत सिरहामा विचाराधीन रही वैशाख १५ गते वादीको दावी नपुगेको ठहरसहित खारेज भइसकेको छ। त्यसपछि पनि पुनः सञ्चारमाध्यममा उठाइएको विषयले कानुनी प्रक्रिया र पत्रकारिता आचरणमाथि प्रश्न उठाएको थारु सङ्घको ठहर छ।
चौधरीले भने, “संविधानमा प्रेस स्वतन्त्रता ग्यारेन्टी गरिए पनि त्यो जिम्मेवारीबिनाको स्वतन्त्रता हुन सक्दैन। अदालतको फैसलापछि पुनः यस्ता समाचार आउनु प्रेस आचारसंहिताविपरीत हो।”
उनले यस्ता घटनाले संवैधानिक निकाय, सञ्चार क्षेत्र र नागरिक अधिकारप्रतिको भरोसामै आँच पुग्ने बताए। थारु सङ्घले यस्ता समाचार कसरी सार्वजनिक भए, कसले सूचनाको चुहावट गर्‍यो भन्नेबारे गम्भीर छानबिन हुनुपर्नेमा जोड दिएको छ।
“यदि नगरपालिका वा अन्य सरकारी संयन्त्रबाट जानकारी चुहिएको हो भने, त्यो आफैमा आपराधिक नियत हो,” विज्ञप्तिमा भनिएको छ, “दोषी जो–कोही होस्, कानुनी कठघरामा ल्याइनुपर्छ।”
चौधरीले निष्पक्ष र तथ्यमा आधारित पत्रकारिता गर्न आग्रह गर्दै सञ्चारमाध्यमलाई ‘प्रचार’ र ‘विचार’ बीचको सन्तुलन कायम राख्न चेतावनी दिएका छन्।
नेपाल थारु सङ्घको विज्ञप्तिसँगै सो विवादमा पुनः बहस चर्किने सम्भावना देखिएको छ। स्थानीय तह, सञ्चारकर्मी र सरोकारवाला निकायबीच पारदर्शिता र जवाफदेहिताको सवालमा नयाँ बहस शुरु भएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

२०८२ जेष्ठ ६, मंगलवार ०७:१०
योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

२०८२ जेष्ठ ६, मंगलवार ०७:१०
लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०८२ जेष्ठ ६, मंगलवार ०७:१०
सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

२०८२ जेष्ठ ६, मंगलवार ०७:१०
बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

२०८२ जेष्ठ ६, मंगलवार ०७:१०
वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

२०८२ जेष्ठ ६, मंगलवार ०७:१०
Next Post
लक्ष्मण ललिता मा.वि.मा पहिलो चरणको पाठ्यपुस्तक वितरण सयौं विद्यार्थीले पाए पुस्तक

लक्ष्मण ललिता मा.वि.मा पहिलो चरणको पाठ्यपुस्तक वितरण सयौं विद्यार्थीले पाए पुस्तक

लक्ष्मीपुरतारीमा आगलागी:अज्ञात समूहद्वारा पेट्रोल छर्किएर आगजनी,१४ लाखबराबरको क्षति

लक्ष्मीपुरतारीमा आगलागी:अज्ञात समूहद्वारा पेट्रोल छर्किएर आगजनी,१४ लाखबराबरको क्षति

लक्ष्मीपुरतारीमा आगलागी:अज्ञात समूहद्वारा पेट्रोल छर्किएर आगजनी,१४ लाखबराबरको क्षति

लक्ष्मीपुरपतारीमा आगलागी:अज्ञात समूहद्वारा पेट्रोल छर्किएर आगजनी,१४ लाखबराबरको क्षति

Discussion about this post

ताजा समाचार

जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

२०८२ जेष्ठ ६, मंगलवार ०७:१०
योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

२०८२ जेष्ठ ६, मंगलवार ०७:१०
लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०८२ जेष्ठ ६, मंगलवार ०७:१०
सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

२०८२ जेष्ठ ६, मंगलवार ०७:१०
बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

२०८२ जेष्ठ ६, मंगलवार ०७:१०
वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

२०८२ जेष्ठ ६, मंगलवार ०७:१०
औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

२०८२ जेष्ठ ६, मंगलवार ०७:१०
भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

२०८२ जेष्ठ ६, मंगलवार ०७:१०
दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

२०८२ जेष्ठ ६, मंगलवार ०७:१०

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.