Nepal BBC
Tuesday, June 2, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

महेश सिंह by महेश सिंह
२०८३ जेष्ठ १८, सोमबार १६:५८
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

Loading

महेश सिंह लहान, सिरहा – जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा देखिँदै गएका चुनौतीहरूको सामना गर्न स्थानीय स्तरमा सक्षम नेतृत्व विकास गर्ने उद्देश्यले लहानमा दुई दिने ‘जलवायु च्याम्पियन क्षमता विकास अभिमुखीकरण तालिम’ सम्पन्न भएको छ।

जलवायु मैत्री गाउँ परियोजना (CSUN) अन्तर्गत राष्ट्रिय कृषक समूह महासंघ नेपालको आयोजनामा तथा केयर नेपालको सहयोगमा जेठ ६ र ७ गते सञ्चालन गरिएको तालिममा सिरहा र सप्तरीका महिला किसानहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा सिरहाको सखुवानान्कारकट्टी गाउँपालिका, लक्ष्मीपुर पतारी गाउँपालिका, धनगढीमाई नगरपालिका र भगवानपुर गाउँपालिकाका साथै सप्तरीको रुपनी गाउँपालिकाका महिला किसानहरू सहभागी भएका थिए। जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव कृषि र ग्रामीण समुदायमा पर्ने भएकाले महिला किसानहरूलाई जलवायु अनुकूलनका अभ्यास तथा नेतृत्व विकाससँग जोड्ने उद्देश्यले तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ।

दुई दिनसम्म सञ्चालन भएको तालिममा सहभागीहरूलाई जलवायु परिवर्तनले कृषि उत्पादनमा पारेको प्रभाव, जोखिम न्यूनीकरणका उपाय, जलवायु अनुकूल कृषि प्रविधि तथा वातावरणमैत्री खेती प्रणालीबारे जानकारी गराइएको थियो। साथै समुदायस्तरमा जलवायु सचेतना विस्तार गर्न आवश्यक नेतृत्व क्षमता, समन्वय र पैरवीका विषयमा समेत प्रशिक्षण प्रदान गरिएको थियो।

कार्यक्रमका प्रशिक्षक तथा सरोकारवालाहरूले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि स्थानीय समुदायको सक्रिय भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै महिला किसानहरूलाई ‘जलवायु च्याम्पियन’को रूपमा स्थापित गर्ने प्रयासले दीर्घकालीन सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।

तालिममा सहभागी महिला किसानहरूले प्राप्त ज्ञान र सीपलाई आफ्ना गाउँ तथा कृषक समूहमा विस्तार गर्दै जलवायु अनुकूल कृषि अभ्यासलाई प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएका छन्।

आयोजकका अनुसार जलवायु परिवर्तनका चुनौतीबीच कृषि उत्पादनलाई दिगो, सुरक्षित र वातावरणमैत्री बनाउन यस्ता कार्यक्रमहरूले स्थानीय समुदायको क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८३ जेष्ठ १८, सोमबार १६:५८
बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

बालमैत्री विद्यालय, सुदृढ स्वास्थ्य सेवा र उद्यमशीलता विकासमा समुन्नति कार्यक्रम सफल

नरहा गाउँपालिकामा कृषि तथा पोषण मेला भव्य रूपमा सम्पन्न, उत्कृष्ट १० कृषक समूह सम्मानित

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

Discussion about this post

ताजा समाचार

अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.