![]()
महेश सिंह लहान – सिरहाको भगवानपुर गाउँपालिका वडा नं. २ स्थित नहरा रिगौलमा अवस्थित लक्ष्मी नारायण मन्दिरको प्राङ्गणमा प्रत्येक वर्ष मनाइने जुडशीतल (सिरुवा) पर्वलाई लक्षित गर्दै यस वर्ष पनि विशेष कार्यक्रमको तयारी सुरु गरिएको छ।
श्री लक्ष्मी नारायण कौशल जनता माध्यमिक विद्यालय, नहरा रिगौलका पूर्व विद्यार्थीहरूको मञ्चद्वारा सञ्चालन गरिने कार्यक्रमहरूको प्रभावकारी व्यवस्थापन तथा योजना निर्माणका लागि बृहत् छलफल कार्यक्रम आयोजना गर्न लागिएको जनाइएको छ।
मञ्चका अनुसार उक्त छलफल कार्यक्रममार्फत जुडशीतल पर्वका अवसरमा गरिने विभिन्न धार्मिक, सांस्कृतिक तथा सामाजिक गतिविधिहरूलाई व्यवस्थित, आकर्षक र प्रभावकारी बनाउने उद्देश्य राखिएको छ। यसका लागि कार्यक्रमको मिति, दिन र समय निर्धारण गर्न सदस्य तथा सरोकारवालाहरूको सुझाव संकलन गरिनेछ।
मञ्चले सम्पूर्ण सदस्य, पूर्व विद्यार्थी तथा सरोकारवाला व्यक्तिहरूलाई कमेन्टमार्फत आवश्यक सल्लाह तथा सुझाव प्रदान गर्न हार्दिक अनुरोध गरेको छ। सुझावका आधारमा अन्तिम निर्णय लिइने र कार्यक्रमलाई सफल बनाउन सामूहिक सहकार्यलाई प्राथमिकता दिइने मञ्चले जनाएको छ।
जुडशीतल (सिरुवा) पर्व तराई क्षेत्रमा विशेष महत्वका साथ मनाइने परम्परागत पर्व हो, जसले आपसी सद्भाव, मेलमिलाप र सांस्कृतिक पहिचानलाई मजबुत बनाउने विश्वास गरिएको छ।














Discussion about this post