![]()
महेश सिंह लहान – निर्वाचन क्षेत्र नम्बर–१ मा जनमत पार्टी का उम्मेदवार रामस्वरुप चौधरीले लहान नगरपालिका–२४ मा घरदैलो कार्यक्रम सम्पन्न गरी स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गरेका छन्।
कार्यक्रममा वृद्धवृद्धासँग आशीर्वाद ग्रहण गर्दै चौधरीले सामाजिक न्याय र समानतामा आफ्नो दृढ प्रतिबद्धता दोहोर्याए। उनले भने, “म अधिवक्ता भएको नाताले हिंसा प्रभावित, दलित र सीमान्तकृत समुदायको आवाज कानुनसम्म पुर्याउन सक्षम छु। न्याय सबैका लागि हुनुपर्छ।”
घरदैलो कार्यक्रममा समर्थक तथा स्थानीय नागरिकको उल्लेखनीय उपस्थिति रहेको थियो। चौधरीले नागरिकसँग भेटघाटका क्रममा रोजगारी, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षासम्बन्धी मुद्दा पनि उठाएका थिए। उनले भने, “समाजका सबै वर्गका मानिसले न्याय र सेवा पाउनुपर्छ। यदि जनता ममाथि विश्वास गर्छन् भने म कानुनी र प्रशासनिक माध्यमबाट सीमान्तकृत समुदायको अधिकार सुनिश्चित गर्नेछु।”
उक्त कार्यक्रममा स्थानीय नेताहरू, महिला समूह, विद्यार्थी तथा युवा वर्गले पनि सहभागिता जनाएका थिए। चौधरीले आफ्नो अभियानलाई विशेषगरी दलित, पिछडिएका र हिंसा प्रभावित समुदायको सशक्तीकरणमा केन्द्रित गरिरहेको बताए।
निर्वाचन नजिकिँदै जाँदा सिरहा–१ का उम्मेदवारहरूले घरदैलो, सभा र प्रत्यक्ष भेटघाटमार्फत मतदातासँग सम्पर्क बढाइरहेका छन्। रामस्वरुप चौधरीले न्याय, समानता र विकासमुखी एजेन्डामा आधारित आफ्नो अभियानलाई तीव्र बनाउने बताएका छन्।














Discussion about this post