Nepal BBC
Monday, May 25, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

पढाइसँगै खेलकुदमा जोड : सलहेश फुलवारीमा वार्षिक खेलकुद सुभारम्भ

महेश सिंह by महेश सिंह
२०८२ माघ २६, सोमबार ०८:४१
पढाइसँगै खेलकुदमा जोड : सलहेश फुलवारीमा वार्षिक खेलकुद सुभारम्भ

Loading

महेश सिंह सिरहा – विद्यार्थीहरूको शारीरिक, मानसिक तथा बौद्धिक विकासलाई केन्द्रमा राख्दै सिरहाको लहान नगरपालिका–१२ भोटियाटोलस्थित सलहेश फुलवारी बोर्डिङ स्कुलमा वार्षिक खेलकुद दिवस २५ गते आइतबार देखि सुरु भएको छ उक्त प्रतियोगिता २९ गते सम्पन्न हुने भएको छ।
पछिल्लो लामो समयदेखि शैक्षिक क्षेत्रमा सक्रिय रहँदै आएको उक्त विद्यालयले हरेक वर्ष दुई दर्जनभन्दा बढी खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आएको छ। यस वर्षको खेलकुद दिवसमा क्रिकेट, फुटबल, कबड्डी, दौड प्रतियोगिता, जम्पिङ, स्लो साइकल रेस, म्युजिकल चेयर, मार्बल स्पून, स्किपिङ, जुत्ता दौड, इनपुट–आउटपुट खेल, बुक ब्यालेन्सिङ, चेस, चकलेट रेस, कप बिल्डिङ, बिस्कुट ब्यालेन्सिङलगायतका रोचक तथा सृजनात्मक खेलहरू समावेश गरिएका थिए।
खेलहरू विद्यार्थीहरूको उमेर समूहअनुसार विभाजन गरी सञ्चालन गरिएकाले सबै तहका विद्यार्थीहरूको सक्रिय सहभागिता देखिएको थियो। खेलकुद मैदानभरि विद्यार्थीहरूको उत्साह, प्रतिस्पर्धात्मक भावना र अनुशासन झल्किन्थ्यो। कार्यक्रममा उपस्थित अभिभावक तथा शिक्षकहरूले विद्यालयको शैक्षिक दृष्टिकोणसँगै खेलकुदलाई समान महत्व दिएकोमा प्रशंसा गरेका छन्।
विद्यालयका प्रिन्सिपल शिवकान्त चौधरीका अनुसार खेलकुदले विद्यार्थीहरूमा अनुशासन, सहकार्य, आत्मविश्वास, नेतृत्व क्षमता र सकारात्मक सोचको विकास गराउँछ। “पढाइसँगै खेलकुदलाई अनिवार्य अंगका रूपमा लिँदै आएका छौं, यस्ता कार्यक्रमलाई निरन्तरता दिइन्छ,” उनले बताए।
त्यस्तै विद्यालयकी संस्थापक (फाउन्डर) बबिता कुमारी चौधरीले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने जानकारी दिँदै बालबालिकाको सर्वाङ्गीण विकास नै विद्यालयको मूल लक्ष्य रहेको बताइन्।
उक्त क्षेत्रमै गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा परिचित सलहेश फुलवारी बोर्डिङ स्कुलले हालसम्म हजारौं विद्यार्थीलाई सीप, अनुशासन र व्यवहारिक शिक्षासहित तयार पार्दै आएको छ। विद्यालयले आगामी दिनमा शैक्षिक गुणस्तरसँगै खेलकुद, सृजनात्मक र अतिरिक्त क्रियाकलापलाई अझ विस्तार गर्ने जनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

२०८२ माघ २६, सोमबार ०८:४१
राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०८२ माघ २६, सोमबार ०८:४१
मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

२०८२ माघ २६, सोमबार ०८:४१
मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

२०८२ माघ २६, सोमबार ०८:४१
संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८२ माघ २६, सोमबार ०८:४१
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

२०८२ माघ २६, सोमबार ०८:४१
Next Post
लहानमा ११ स्थित विभिन्न पार्टी परित्याग गर्दै सयौँ युवा रास्वपामा प्रवेश

लहानमा ११ स्थित विभिन्न पार्टी परित्याग गर्दै सयौँ युवा रास्वपामा प्रवेश

प्रदीप गिरीका छोरा सन्तोष सिल्वाल गिरी सिरहा–१ बाट स्वतन्त्र उम्मेदवार

Discussion about this post

ताजा समाचार

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

२०८२ माघ २६, सोमबार ०८:४१
राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०८२ माघ २६, सोमबार ०८:४१
मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

२०८२ माघ २६, सोमबार ०८:४१
मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

२०८२ माघ २६, सोमबार ०८:४१
संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८२ माघ २६, सोमबार ०८:४१
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

२०८२ माघ २६, सोमबार ०८:४१
प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

२०८२ माघ २६, सोमबार ०८:४१
छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८२ माघ २६, सोमबार ०८:४१
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०८२ माघ २६, सोमबार ०८:४१

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.