Nepal BBC
Monday, June 15, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

चोलेन्द्रको बहिर्गमन आजसम्मकै सबभन्दा खराब उदाहरणको रूपमा रहनेछ – जय प्रकाश

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ भाद्र १७, शुक्रबार १३:१९
चोलेन्द्रको बहिर्गमन आजसम्मकै सबभन्दा खराब उदाहरणको रूपमा रहनेछ – जय प्रकाश

Loading

बि.स. २०४७ यता चोलेन्द्र शम्सेर २२औं प्रधान न्यायाधिश हुन्। यस अवधिका हरेक प्रधान न्यायाधिश विवादमा परी बहिर्गमन हुनु परेको क्रममा यिनी पनि अपवादमा रहेनन्। तुलनात्मक रूपमा यिनी त झन् महाविवादमा परे। यस श्रृँखलाका कतिपय चर्चित न्यायाधिशहरूको जस्तै यिनको अवकाश पश्चातको सार्वजनिक जीवन पनि सहज रहने छैन।

चोलेन्द्र शम्सेरका उपर संसदमा महाअभियोग दर्ता गरिएपछि यिनी सार्वजिक रूपमा कुनै प्रतिकृया दिएनन्। चुपचाप नै रहे। संसदको राजनीतिक समिकरण र मुख्य प्रतिपक्ष एमालेका प्रति आशावादी रहेकाले आफु पुनः अदालतमा फर्किने यिनको आश थियो होला। यिनले एमालेलाई कुनै ठूलो गुण त लाउन पाएनन्। यद्यपि पछि बनेको एमाले बिरोधी सत्ता गठबन्धनको कारणले एमाले थोरै सहानुभूति राखेको देखिन्छ। अबको स्थितिमा संसद भित्र प्रायसः मंचन हुने तिकडमी खेलका कारणले यिनको अदालतमा फर्किने संभावना रहेन। साथै, यिनी बिरूद्धको महाअभियोग पारित हुने संभावना पनि देखिदैन। शायद यस कारणले पनि होला चोलेन्द्र शम्सेर अत्यन्त मुखर तथा उग्र रूपमा संसदीय समितिका समक्ष प्रस्तुत हुदैछन्। उनको प्रस्तुतीले नेपाली राजनीतिमा कायम रहेको संभवतः आजसम्मका सबैभन्दा बिकराल पक्षलाई छताछुल्ल पारेको छ। यस बिषयमा प्रवेश गर्नु मेरो मनशाय होईन। मैले यहाँ, पच्छिल्लो समयमा नेपालको अदालतले भोग्नु परिरहेको परिस्थितिको बारेमा लेख्न चाहेको हुँ।

मुलुकमा संसदीय प्रजातन्त्रको पुनर्स्थापना पछि प्रधान न्यायधिश मध्ये बिश्वनाथ उपाध्याय सर्वाधिक चर्चामा रहे। बि.स. २०४७ सालका बहुदलीय संविधानका उनि मुख्य निर्माता थिए। दरबारका शहमा सेनाका जर्नेलहरू बुट बजार्दै संविधान मस्यौदा समितिको अफिसमा पुग्दा पनि उनि अप्रभावित तथा अटल रहेका थिए। नयाँ संविधानका लागि नवोदित एमालेको अनेकन् कठिन सुझावहरू थियो जो संविधानवादसंग मेल खादैन्थ्यो-यस्तो कठिन समयमा बिश्वनाथ उपाध्यायले संविधानको मस्यौदा तयार पारेका थिए। तर केही बर्ष नबित्दै उनि एमाले पार्टीको नजरमा अपराधी ठहरिए। प्रम गिरिजा प्रसाद कोईरालाले सिफारिश गरेको संसदको पहिलो बिघटनलाई सदर गरेर र पछि प्रम मनमोहन अधिकारीले सिफारिश गरेको संसदको बिघटनलाई बदर गरेर उनि नेपाली काँग्रेसका गिरिजा बिरोधी खेमा तथा एमाले पार्टीको कोपभाजनमा परे। यसका अतिरिक्त आफ्ना सहोदर भाई केदारनाथ उपाध्यायलाई सर्वोच्च अदालतमा प्रवेश गराए साथै उनि भन्दा बरिष्ठ न्यायाधिश कृष्णजंग रायमाझीलाई पंछाएर न्यायपरिषदको सिफारिशमा प्रधान न्यायाधिश हुनु बिवादजन्य कारण मानिन्छ। यहीबाट एमालेले सर्वोच्च अदालतलाई स्वार्थको सर्वोच्च स्थानमा राख्यो, काँग्रेसले पनि सोही कुराको अनुशरण गर्दै गयो।

एमालेले अर्का प्रधान न्यायाधिश सुरेन्द्र प्रसाद सिंहलाई पासोमा पार्यो। उनि बिरूद्ध संसदमा महाअभियोगको प्रस्ताव लिई आयो। तत्कालिन सभामुख रामचन्द्र पौडेलले सभामुखको बिशेषाधिकारको आधारमा सो प्रस्ताव उपर छलफल गर्न अस्वीकार गरेपछि सभामुख पौडेल माथी शारिरिक प्रहार भयो। मध्यरातमा एमालेका सांसदहरूले सभामुखको कार्यकक्ष फुटाले। शायद एमालेको यस प्रकरणले पहिलो पटक स्थापित गर्यो कि न्यायाधिशको आसनमा निर्विघ्न बस्न राजनीतिक शक्तिको पक्षपोषण गर्नु जरूरी छ। सुरेन्द्र प्रसाद सिंह आफ्नो आँखाको आँशु आँखा मै सुकाएर अवकाश पाई बिदा भए। आफुले भोगेको अपमान बारे यिनी पछिसम्म सुनाई रहन्थे।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ भाद्र १७, शुक्रबार १३:१९
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ भाद्र १७, शुक्रबार १३:१९
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ भाद्र १७, शुक्रबार १३:१९
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ भाद्र १७, शुक्रबार १३:१९
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ भाद्र १७, शुक्रबार १३:१९
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ भाद्र १७, शुक्रबार १३:१९
Next Post
तालिवानका पूर्व प्रवक्ताकी श्रीमती भन्छिन्, ‘विवाहपछि पनि म हरेक रात बलात्कृत हुन्छु ;

तालिवानका पूर्व प्रवक्ताकी श्रीमती भन्छिन्, ‘विवाहपछि पनि म हरेक रात बलात्कृत हुन्छु ;

अफगानिस्तानको एउटा मस्जिदमा पुनः बम बिस्फोट , प्रमुख मौलबि सहित १८ को मृत्यु

अफगानिस्तानको एउटा मस्जिदमा पुनः बम बिस्फोट , प्रमुख मौलबि सहित १८ को मृत्यु

कहाँ छ्न मुस्लिम रास्ट्र ? चीनमा चरम मानवअधिकार उल्लंघन

कहाँ छ्न मुस्लिम रास्ट्र ? चीनमा चरम मानवअधिकार उल्लंघन

Discussion about this post

ताजा समाचार

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०७९ भाद्र १७, शुक्रबार १३:१९
सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

२०७९ भाद्र १७, शुक्रबार १३:१९
बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

२०७९ भाद्र १७, शुक्रबार १३:१९
वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

२०७९ भाद्र १७, शुक्रबार १३:१९
औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

२०७९ भाद्र १७, शुक्रबार १३:१९
भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

२०७९ भाद्र १७, शुक्रबार १३:१९
दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

२०७९ भाद्र १७, शुक्रबार १३:१९
भगवानपुरमा १५ दिने मुढा बनाउने सीपमूलक तालिम सम्पन्न, १६ महिला लाभान्वित

भगवानपुरमा १५ दिने मुढा बनाउने सीपमूलक तालिम सम्पन्न, १६ महिला लाभान्वित

२०७९ भाद्र १७, शुक्रबार १३:१९
सखुवानान्कारकट्टीमा जलवायुमैत्री कृषि अभ्यासबारे अन्तरक्रिया, किसानहरूलाई सचेत बनाउने प्रयास

सखुवानान्कारकट्टीमा जलवायुमैत्री कृषि अभ्यासबारे अन्तरक्रिया, किसानहरूलाई सचेत बनाउने प्रयास

२०७९ भाद्र १७, शुक्रबार १३:१९

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.