लहान २३ बैशाख – बिगत ४६ बर्ष देखि सिरहाको लहान नगरपालिका वडा नम्बर ११ पडरीया स्थित संचालनमा रहेको सृजना सामुदायिक पुस्तकालयको नयाँ कार्यसमिति चयन भएको छ। मधेस प्रदेशकै नमूना सामुदायिक पुस्तकालयको रूपमा स्थापित पुस्तकालयले हाल सम्म प्रगति उन्मुख रहेको छ्।
पुस्तकालयले समाजिक रुपान्तरण र समाजलाई शिक्षित गर्न अहम् भुमिका खेलेका छन्।सृजना पुस्तकालय संगै मधेस प्रदेश र सिरहाको विभिन्न ठाँउमा पुस्तकालय संचालन भएको थियो तर हाल कुनै पुस्तकालय संचालनमा नरहेको देखिएका छन्।
पुस्तकालयले समाजिक उतरदायीत्व निर्वाह गर्दै स्कुल बालबालिका र समाजमा निकै कार्य गरेको हो। शनिबारको बैठकले निबर्तमान अध्यक्ष खडग नारायण चौधरी नेतृत्वको कार्यकाल समापन पछि नयाँ कार्यसमिति चयन गरेका छन्।
अध्यक्षमा अरबिन्द चौधरी,उपाध्यक्ष सतौती देवी चौधरी,सचिव धर्मराज चौधरी स-सूचिव वेद प्रसाद साह,कोषाध्यक्षमा ज्ञानेन्द्र चौधरी सदस्यहरू :- अनिद्र चौधरी,कलुवा पासमान,प्रसान्त चौकटी, मनोज चौधरी,भगवती चौध,देव कुमारी चौधरी लगायत ११ सदस्य समिति चयन गरेका आशा चौधरीले जानकारी दिनु भयो।
Discussion about this post