महेश सिंह सिरहा लहान १७ जेष्ठ – राज्य पक्षबाट अर्थात बिद्रोही पक्षबाट संकट कालमा द्रोन्द पीडितमा परेका परिवारलाई न्यायमा पहुँचको लागी नागरिक संजाल गठन भएको छ्।संचालनको अध्यक्ष चन्द्र मोहन यादवको अध्यक्षता मा कार्यक्रम सुरु भएको छ्।
न्यायमा पहुँचका लागी द्रोन्द पीडितका तथ्यांक संकलन गर्न र स्थानीय सरकारलाई जवाफ देहिता बनाउन न्यायको लागी नागरिक संजाल गठन गरेका छन्।ईनटरनेशनल अलटको आर्थिक सहयोगमा समग्र जन उत्थान केन्द्र लहानले आयोजना गरेको कार्यक्रममा जम्मा १५ जना सदस्य समिति चयन गरेका छन्।
न्यायमा पहुँच सवलीकरणका कार्यक्रम संयोजक राम कृपाल साह,समाजिक परिचालिका प्रीयंका सिंह द्रोन्द पीडित परिवारका सुधा यादव,रिकमा बिश्वकर्मा,नन्दी लाल सार्की निबर्तमान अध्यक्ष सुदि लाल साह,जुरी ठाकुर,अमित्रा पासमान भुटी देवी यादव,सुदिप महतो लगायतका ब्यक्तीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममाअघिल्लो बैठकको समिक्षा गर्ने,तालिमको विषयबस्तुको जानकारी,सामुदायिक अंक पत्र सुदिप महतोले प्रस्तुत गरेका थिए भने मनोबिमर्शका कुरा चन्द्र मोहन यादव, रिङ्गकु साह प्रस्तुत गरेका हुन्।मनोबिमर्श पहिचान गरी कार्यक्रम संचालन गर्ने गरिन्छ।
सुचक निर्माण गरी दोन्द पीडितलाई सेवा कस्ले सेवा दिने विषयमा छलफल गरेका थिए। सेवा प्रदायक सरोकारवाला संग छलफल गरी सेवा प्रदायक र सेवा ग्राही संग अन्तर सम्बाद गरेका छन्।२०५२ देखी २०६२ साल सम्मको अनतरालमा परेका सम्पुर्ण नेपाली जनता प्रभावित रहेका छन्।
लहान २४ खेसराहाका नन्दी लाल सार्की सैनाले बन्दी जिबन बिताएर २८ दिन कारागार बसेका हुन्। ४ छोरी २ छोरा छन।
सुकुम्बासी रहेका कुरा पत्रकार महेश सिंहलाई सुनाएका थिए ।ज्यालादारी गरेर जिबिको पार्जन गर्ने गरेका छन्।दोन्द पीडितहरु संस्था गत नहुँदा न्याय नपाएको अवस्था रहेका छन। बिचमै छिन भिन भएको अवस्था रहेको देखिन्छ।
२०१६ देखि २०४६ सम्म को लागी सूचनाको हक माग्ने हरेक नागरिकको अधिकार रहेको बताए।
Discussion about this post