Nepal BBC
Sunday, September 20, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

अर्को वर्ष पनि राम्रै लाभांश बाँड्न सक्ने जीवन विकास लघुवित्तको सेयर भाउ किन घट्दैछ?

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ चैत्र १०, शुक्रबार १५:१७
अर्को वर्ष पनि राम्रै लाभांश बाँड्न सक्ने जीवन विकास लघुवित्तको सेयर भाउ किन घट्दैछ?

Loading

विजयराज खनाल काठमाडौं १० चैत ।
२०७८ साल असार २५ बाट कारोबारमा आएको जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर त्यसको केही महिनामै सर्वाधिक उच्च मूल्य ५ हजार ५१६ रूपैयाँसम्म पुग्यो।

पहिलो वर्ष नै उच्च लाभांश बाँड्ने क्षमता देखिएको कारण कम्पनीको सेयर उच्च मूल्यमा कारोबार भइरहेको थियो।

कम्पनीले सेयर सूचीकरणपछिको पहिलो वर्ष नै ७३.६८ प्रतिशत लाभांश दिएको थियो। सो लाभांश समायोजनको कारण कम्पनीको मूल्य एकैपटक तीन हजारको मूल्य रेञ्जमा रह्यो।

कम्पनीले त्यस पछिको वर्ष पनि आकर्षक लाभांश बाँड्न सक्ने देखिएको कारण केही घटबढ भए पनि मूल्य २५ सय बिन्दुको आसपास टिक्न सकेको थियो।

कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ मा पनि ३७.३६ प्रतिशत लाभांश घोषणा गरेको थियो। राष्ट्र बैंकले उच्च लाभांशमा रोक लगाएपछि पुनः ३३.१५ प्रतिशत लाभांश प्रस्ताव गर्‍यो।

अहिले पुनः यो दर संशोधन गर्न राष्ट्र बैंकले दबाब दिएको छ। सोही कारण कम्पनीले अब १४.२८ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७१४ प्रतिशत नगद लाभांश दिने भएको छ।

लाभांशमा तारम्तार संशोधन भएसँगै कम्पनीको मूल्य मूल्यमा पनि गिरावट आएको छ।

अहिले कम्पनी सेयर मूल्य १७ सय छ। कम्पनीले गरेको पछिल्लो लाभांश घोषणाको कारण लगभग २३ करोड रूपैयाँ अर्को पटक बाड्न सक्ने अवस्था बन्न सक्छ।

कम्पनीले सुरूमा ३७.३६ प्रतिशत लाभांश प्रस्ताव गर्दा ३८ करोड रूपैयाँ बराबरको प्रतिफल वितरण गर्न लागेको थियो। अहिले मात्रै १५ करोड ४४ लाख रूपैयाँ लाभांश बापत बाँड्नेछ।

सरसर्ती हेर्दा बचेको २३ करोड रकमबाट अर्को पटक नै कम्पनीले १९ प्रतिशत लाभांश बाँड्न सक्छ।

यही अर्को पटक पनि कम्पनीबाट लगानीकर्ताहरूले राम्रै लाभांश प्राप्त गर्न सक्ने अवस्था छ। त्यसो भए किन कम्पनीको सेयर भाउ घट्दो क्रममा छ?

पछिल्लो समय लुघवित्त कम्पनीका ऋणीहरू समेत विभिन्न आन्दोलनमा छन्। यो क्षेत्रमै नकारात्मक प्रभाव परेहकोले पनि लघुवित्त कम्पनीहरूको मूल्य बढ्न सकेको छैन।

कम्पनीको वित्तीय विवरण केलाउने हो भने कार्य सम्पादन तुलनात्मक रूपमा घटेको छ। कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नाफा ३७ प्रतिशतले घटेको छ। गत वर्षको साउनदेखि पुससम्ममा ४२ करोड आम्दानी गरेको कम्पनीको यसपटक सोही अवधिमा नाफा २६ करोडमा सीमित भएको छ।

कम्पनीको खराब कर्जामा उच्च दरले वृद्धि भएको छ। गत वर्षको यही समयमा ०.७५ प्रतिशत रहेको खराब कर्जा बढेर २.८३ प्रतिशत छ।

कम्पनीले जोखिमवापत राखेको प्रावधान रकम दोब्बरभन्दा धेरैले बढेको छ। चार करोड ३७ लाख रहेको यस्तो प्रावधान रकम बढेर १० करोड रूपैयाँ पुगेको छ।

कम्पनीको आम्दानीको मुख्य स्रोत ब्याज आम्दानी बढे पनि अन्य स्रोत घटेको छ। कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी एक सय ३८ रूपैयाँमा रहेकामा ५१ रूपैयाँमा सीमित भएको छ।

कम्पनीको सेयरको प्राविधिक विश्लेषणले भने अहिले मूल्य घट्दो प्रवृत्तिमा नै रहेको र यसले केही समय निरन्तरता पाउने देखिन्छ।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

Next Post
उपाध्यक्ष मशहूद र अल्कूफीले दिए रमजानको शुभकामना

लहान २ मा सडक सुधार पक्की नाला निर्माणको सिलान्यास

बालबालिकालाई मौसमी फ्लूबाट कसरी जोगाउने? (भिडिओ)

Discussion about this post

ताजा समाचार

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०७९ चैत्र १०, शुक्रबार १५:१७
लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०७९ चैत्र १०, शुक्रबार १५:१७
लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०७९ चैत्र १०, शुक्रबार १५:१७
२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०७९ चैत्र १०, शुक्रबार १५:१७
भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०७९ चैत्र १०, शुक्रबार १५:१७
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०७९ चैत्र १०, शुक्रबार १५:१७
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.