Nepal BBC
Wednesday, August 26, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

किड्स डान्स, र्‍याप र डेटिङ रियालिटी शो आउँदै

महेश सिंह by महेश सिंह
२०७९ पुष २, शनिबार ०२:१६
किड्स डान्स, र्‍याप र डेटिङ रियालिटी शो आउँदै

Loading

काठमाडौं । स्पेस फोर के टेलिभिजनले एकसाथ तीन वटा रियालिटी शो घोषणा गरेको छ । टेलिभिजनले बालबालिकाहरूको नृत्य शो ‘जस्ट डान्स लिटिल मास्टर्स’, युवाहरूको नृत्य शो ‘र्‍याप स्टार’ र डेटिङ गेम शो ‘फस्ट डेट’ घोषणा गरेको हो ।sharethis sharing button

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै स्पेस फोर–केले एकसाथ तीनवटा रियालिटी शोको टिजर र त्यसको अवधारणा सार्वजनिक गर्नुका साथै सबै शोका निर्णायक, निर्देशक र टिम समेत सार्वजनिक गरेको छ ।  पत्रकार सम्मेलनमा तीन वटै रियालिटि शोका निर्णायक तथा निर्देशकहरूले आ–आफ्नो शोका बारेमा जानकारी गराएका थिए । र्‍याप स्टारको निर्णायकमा चर्चित र्‍यापर गिरिश खतिवडा, मिस्टर डी सन्दिप बिस्ट र अभिजित भण्डारी रहेका छन् ।

त्यसैगरी जस्ट डान्स लिटिल मास्टर्समा चर्चित नायिका सञ्चिता लुईटेल, चर्चित कोरियोग्राफर प्रदिप लामा, वलिउडमा काम गरेर चर्चा कमाएका हिपहप डान्सर प्रकाश बिके रहेका छन भने फस्ट डेटका क्रियटर तथा प्रोजेक्ट हेड चर्चित नायक तथा प्रस्तोता रेमन्ड दास श्रेष्ठ, क्रियटिभ हेड सन्जीप रत्न शाक्य र निर्देशक नेपालकै कान्छा रियालिटी शो निर्देशक आश्वीन न्यौपाने रहेका छन् ।

कार्यक्रममा स्पेस फोर के टेलिभिजनका अध्यक्ष डा. दिनेश कुमार शाहीले नेपाली समाजमा लुकेर रहेका प्रतिभा क्षमताहरूलाई अन्वेषण गर्ने र त्यस्ता क्षमताहरूलाई स्थापित गरेर देशमा सकारात्मक सन्देश फैलाउन रियालिटी शोहरू ल्याइएको बताए । तीन वटै रियालिटी शोका बारेमा पक्कै पनि विभिन्न कोणबाट चर्चा हुनसक्ने उल्लेख गर्दै उनले यी शो मनोरन्जन र सन्देशमूलक दुबै हुने बताए । आजको विकसित समाज धेरै खुल्ला र अगाडि बढिसकेको उदाहरण दिँदै उनले नेपाली समाज भने अझै संकीर्ण र रुढीगत रहेको टिप्पणी गरे ।

कार्यक्रममा जस्ट डान्स लिटिल मास्टरर्सका निर्णायक तथा नायिका सञ्चिता लुइँटेलले बच्चाहरूको बालमनोविज्ञानमा आधारित भएर बालबालिकाहरूमा रहेको क्षमतालाई प्रष्फुटन गर्न यो शोले महत्वपूर्ण योगदान गर्ने बताइन् । उनले बालबालिकाहरू काँचो माटो भएको र उनीहरूमा भरपूर सिर्जनात्मकता हुने बताउँदै त्यो क्षमतालाई यो शोले राम्रो एक्सपोजर दिने बताइन् ।

त्यसैगरी र्‍याप स्टारका निर्णायक तथा चर्चित र्‍यापर गिरिश खतिवडाले नेपाली समाजमा र्‍यापलाई हेर्ने दृष्टिकोण फरक भए पनि र्‍याप विधाले समाजको चित्रण गर्ने बताए । प्रेमील जोडीहरूमा आधारित भएर निर्माण गरिएको डेटिङ रियालिटि शो फस्ट डेटले दर्शकहरूलाई मनोरञ्जन दिनाका साथै सपरिवार हेर्न मिल्ने गरी सभ्य तरिकाले निर्माण गरिने सर्जक रेमन्ड दास श्रेष्ठले बताए । डेटिङ रियालिटी सो फस्ट डेट फागुन महिनामा, त्यसैगरी डान्स रियालिटी सो जस्ट डान्स लीटिल मास्टर्स आउँदो बैशाख र सिङ्गिङ रियालिटि शो र्‍याप स्टार पुस महिनादेखि स्पेस फोर के टेलिभिजनबाट प्रसारण हुने बताइएको छ ।

महेश सिंह

महेश सिंह

Related Posts

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ पुष २, शनिबार ०२:१६
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ पुष २, शनिबार ०२:१६
बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

२०७९ पुष २, शनिबार ०२:१६
अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

२०७९ पुष २, शनिबार ०२:१६
सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

२०७९ पुष २, शनिबार ०२:१६
राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०७९ पुष २, शनिबार ०२:१६
Next Post
आजको मौसमः तराईमा हुस्सु, पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

आजको मौसमः तराईमा हुस्सु, पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

सिरहामा वास्तविक किसानको पहुँचमा पुग्दैन रासायनिक मल

सिरहामा वास्तविक किसानको पहुँचमा पुग्दैन रासायनिक मल

नवनिर्वाचित प्रतिनिधिहरुलाई लहानमा सम्मान

नवनिर्वाचित प्रतिनिधिहरुलाई लहानमा सम्मान

Discussion about this post

ताजा समाचार

विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

२०७९ पुष २, शनिबार ०२:१६
नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

२०७९ पुष २, शनिबार ०२:१६
विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०७९ पुष २, शनिबार ०२:१६
विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

२०७९ पुष २, शनिबार ०२:१६
नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण,जय कृष्ण यादवको अभियानमा १२ सयभन्दा बढी परिवार लाभान्वित

नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण,जय कृष्ण यादवको अभियानमा १२ सयभन्दा बढी परिवार लाभान्वित

२०७९ पुष २, शनिबार ०२:१६
विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै प्यारागनको ‘आइकन’

विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै प्यारागनको ‘आइकन’

२०७९ पुष २, शनिबार ०२:१६
विश्व युवा दिवसमा जेसिज र लहान फुटबल क्लबबीच मैत्रीपूर्ण खेल

विश्व युवा दिवसमा जेसिज र लहान फुटबल क्लबबीच मैत्रीपूर्ण खेल

२०७९ पुष २, शनिबार ०२:१६
युवालाई विदेशिन बाध्य पार्ने अवस्था अन्त्य गर्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड

युवालाई विदेशिन बाध्य पार्ने अवस्था अन्त्य गर्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड

२०७९ पुष २, शनिबार ०२:१६
पेरागन पब्लिक स्कुलमा योग शिक्षा : पढाइसँगै विद्यार्थीको स्वास्थ्य र मानसिक विकासमा जोड

पेरागन पब्लिक स्कुलमा योग शिक्षा : पढाइसँगै विद्यार्थीको स्वास्थ्य र मानसिक विकासमा जोड

२०७९ पुष २, शनिबार ०२:१६

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.