Nepal BBC
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
Thursday, May 15, 2025
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

किड्स डान्स, र्‍याप र डेटिङ रियालिटी शो आउँदै

महेश सिंह by महेश सिंह
२०७९ पुष २, शनिबार ०२:१६
किड्स डान्स, र्‍याप र डेटिङ रियालिटी शो आउँदै

Loading

काठमाडौं । स्पेस फोर के टेलिभिजनले एकसाथ तीन वटा रियालिटी शो घोषणा गरेको छ । टेलिभिजनले बालबालिकाहरूको नृत्य शो ‘जस्ट डान्स लिटिल मास्टर्स’, युवाहरूको नृत्य शो ‘र्‍याप स्टार’ र डेटिङ गेम शो ‘फस्ट डेट’ घोषणा गरेको हो ।sharethis sharing button

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै स्पेस फोर–केले एकसाथ तीनवटा रियालिटी शोको टिजर र त्यसको अवधारणा सार्वजनिक गर्नुका साथै सबै शोका निर्णायक, निर्देशक र टिम समेत सार्वजनिक गरेको छ ।  पत्रकार सम्मेलनमा तीन वटै रियालिटि शोका निर्णायक तथा निर्देशकहरूले आ–आफ्नो शोका बारेमा जानकारी गराएका थिए । र्‍याप स्टारको निर्णायकमा चर्चित र्‍यापर गिरिश खतिवडा, मिस्टर डी सन्दिप बिस्ट र अभिजित भण्डारी रहेका छन् ।

त्यसैगरी जस्ट डान्स लिटिल मास्टर्समा चर्चित नायिका सञ्चिता लुईटेल, चर्चित कोरियोग्राफर प्रदिप लामा, वलिउडमा काम गरेर चर्चा कमाएका हिपहप डान्सर प्रकाश बिके रहेका छन भने फस्ट डेटका क्रियटर तथा प्रोजेक्ट हेड चर्चित नायक तथा प्रस्तोता रेमन्ड दास श्रेष्ठ, क्रियटिभ हेड सन्जीप रत्न शाक्य र निर्देशक नेपालकै कान्छा रियालिटी शो निर्देशक आश्वीन न्यौपाने रहेका छन् ।

कार्यक्रममा स्पेस फोर के टेलिभिजनका अध्यक्ष डा. दिनेश कुमार शाहीले नेपाली समाजमा लुकेर रहेका प्रतिभा क्षमताहरूलाई अन्वेषण गर्ने र त्यस्ता क्षमताहरूलाई स्थापित गरेर देशमा सकारात्मक सन्देश फैलाउन रियालिटी शोहरू ल्याइएको बताए । तीन वटै रियालिटी शोका बारेमा पक्कै पनि विभिन्न कोणबाट चर्चा हुनसक्ने उल्लेख गर्दै उनले यी शो मनोरन्जन र सन्देशमूलक दुबै हुने बताए । आजको विकसित समाज धेरै खुल्ला र अगाडि बढिसकेको उदाहरण दिँदै उनले नेपाली समाज भने अझै संकीर्ण र रुढीगत रहेको टिप्पणी गरे ।

कार्यक्रममा जस्ट डान्स लिटिल मास्टरर्सका निर्णायक तथा नायिका सञ्चिता लुइँटेलले बच्चाहरूको बालमनोविज्ञानमा आधारित भएर बालबालिकाहरूमा रहेको क्षमतालाई प्रष्फुटन गर्न यो शोले महत्वपूर्ण योगदान गर्ने बताइन् । उनले बालबालिकाहरू काँचो माटो भएको र उनीहरूमा भरपूर सिर्जनात्मकता हुने बताउँदै त्यो क्षमतालाई यो शोले राम्रो एक्सपोजर दिने बताइन् ।

त्यसैगरी र्‍याप स्टारका निर्णायक तथा चर्चित र्‍यापर गिरिश खतिवडाले नेपाली समाजमा र्‍यापलाई हेर्ने दृष्टिकोण फरक भए पनि र्‍याप विधाले समाजको चित्रण गर्ने बताए । प्रेमील जोडीहरूमा आधारित भएर निर्माण गरिएको डेटिङ रियालिटि शो फस्ट डेटले दर्शकहरूलाई मनोरञ्जन दिनाका साथै सपरिवार हेर्न मिल्ने गरी सभ्य तरिकाले निर्माण गरिने सर्जक रेमन्ड दास श्रेष्ठले बताए । डेटिङ रियालिटी सो फस्ट डेट फागुन महिनामा, त्यसैगरी डान्स रियालिटी सो जस्ट डान्स लीटिल मास्टर्स आउँदो बैशाख र सिङ्गिङ रियालिटि शो र्‍याप स्टार पुस महिनादेखि स्पेस फोर के टेलिभिजनबाट प्रसारण हुने बताइएको छ ।

महेश सिंह

महेश सिंह

Related Posts

समाजवादी महिला संघको ऐतिहासिक राष्ट्रिय महाधिवेशन सुरु हुँदै

समाजवादी महिला संघको ऐतिहासिक राष्ट्रिय महाधिवेशन सुरु हुँदै

२०७९ पुष २, शनिबार ०२:१६
सिरहाको सखुवानान्कारकट्टीमा भर्ना अभियान सुरु

सिरहाको सखुवानान्कारकट्टीमा भर्ना अभियान सुरु

२०७९ पुष २, शनिबार ०२:१६
जसपा नेपालको बैठकले संगठन विस्तारका निर्णय

जसपा नेपालको बैठकले संगठन विस्तारका निर्णय

२०७९ पुष २, शनिबार ०२:१६
लहान-१९ मा कांग्रेसको प्रभाव बढ्दै, सयौं नेता कार्यकर्ता पार्टी प्रवेश

लहान-१९ मा कांग्रेसको प्रभाव बढ्दै, सयौं नेता कार्यकर्ता पार्टी प्रवेश

२०७९ पुष २, शनिबार ०२:१६
धनगढीमाईमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

धनगढीमाईमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

२०७९ पुष २, शनिबार ०२:१६
पाठ्यपुस्तक एकरूपतामै खेल: अदालतको आदेश बेवास्ता, शिक्षा संकटतर्फ

पाठ्यपुस्तक एकरूपतामै खेल: अदालतको आदेश बेवास्ता, शिक्षा संकटतर्फ

२०७९ पुष २, शनिबार ०२:१६
Next Post
आजको मौसमः तराईमा हुस्सु, पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

आजको मौसमः तराईमा हुस्सु, पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

सिरहामा वास्तविक किसानको पहुँचमा पुग्दैन रासायनिक मल

सिरहामा वास्तविक किसानको पहुँचमा पुग्दैन रासायनिक मल

नवनिर्वाचित प्रतिनिधिहरुलाई लहानमा सम्मान

नवनिर्वाचित प्रतिनिधिहरुलाई लहानमा सम्मान

Discussion about this post

ताजा समाचार

समृद्धि, सुशासन र समानताको लागि महिलाको अग्रसरता, महाधिवेशन भव्य हुदै

समृद्धि, सुशासन र समानताको लागि महिलाको अग्रसरता, महाधिवेशन भव्य हुदै

२०७९ पुष २, शनिबार ०२:१६
समाजवादी महिला संघको ऐतिहासिक राष्ट्रिय महाधिवेशन सुरु हुँदै

समाजवादी महिला संघको ऐतिहासिक राष्ट्रिय महाधिवेशन सुरु हुँदै

२०७९ पुष २, शनिबार ०२:१६
सिरहाको धनगढीमाई ३ मा भव्य राजदेवी माता महोत्सव हुदै, ठुलो संख्यामा श्रद्धालु भित्रीयाउने जनअपेक्षा

सिरहाको धनगढीमाई ३ मा भव्य राजदेवी माता महोत्सव हुदै, ठुलो संख्यामा श्रद्धालु भित्रीयाउने जनअपेक्षा

२०७९ पुष २, शनिबार ०२:१६
सिरहाको सखुवानान्कारकट्टीमा भर्ना अभियान सुरु

सिरहाको सखुवानान्कारकट्टीमा भर्ना अभियान सुरु

२०७९ पुष २, शनिबार ०२:१६
जसपा नेपालको बैठकले संगठन विस्तारका निर्णय

जसपा नेपालको बैठकले संगठन विस्तारका निर्णय

२०७९ पुष २, शनिबार ०२:१६
लहान-१९ मा कांग्रेसको प्रभाव बढ्दै, सयौं नेता कार्यकर्ता पार्टी प्रवेश

लहान-१९ मा कांग्रेसको प्रभाव बढ्दै, सयौं नेता कार्यकर्ता पार्टी प्रवेश

२०७९ पुष २, शनिबार ०२:१६
धनगढीमाईमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

धनगढीमाईमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

२०७९ पुष २, शनिबार ०२:१६
लहानमा सूचना प्रविधि दिवसको अवसरमा प्रभातफेरी

लहानमा सूचना प्रविधि दिवसको अवसरमा प्रभातफेरी

२०७९ पुष २, शनिबार ०२:१६
धनगढीमाई–८ मा वडाकार्यालय भवन उद्घाटन

धनगढीमाई–८ मा वडाकार्यालय भवन उद्घाटन

२०७९ पुष २, शनिबार ०२:१६

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.